: : August : : 2006
Custom Search

परिवर्तन नेपाल, August 16, 2006 1:13 pm

बादलमाथीको यात्रा

लामो प्रवासी जिवनको बर्साईसंगै जुलाई २५, २००६ मा दमाम देखि मस्कट सम्म रातीको समयमा बादल माथीको यात्रा गरे । मस्कटबाट काठमाण्डौ सम्मको यात्रा अति लामो थियो । बिहानीको मिरमिरेमा बादलमाथीको यात्रा अति रमाइलो हुदो रहेछ । कतै कालो बादल त कतै सेतो कपास जस्तो बादल । सम्योगवस म प्लेनको Emयाल तिर परेको थिए । साथमा क्यामेरा पनि थियो । भित्रर् इलेक्टि्क सामान खोल्न मिल्दैन भन्ने सुचना दिदा दिदै पनि बाहिरी दृश्यहरु खिच्नलाई मेरो मन लोभियो । बाहिरका ति अति सुन्दर बादलबाट बनेका विभिन्न आकारका दृश्यहरु अति हर्ेन लायक थिए । जब हामी काठमाण्डौको नजिक पुग्यौ र बादललाई थिचलेर जमिन देखिन थाल्यो बाफ रे बाफ बाहिरको सिन अझै राम्रो जता हेरे पनि हरियाली । यहा मैले प्लेनबाट खिचेका केहि रमाइला फोटाहरु तपाइहरुसामु पस्केको छु । कृपया फोटाहरु हेरीसकेपछि केहि प्रतिकृया दिन नभुल्नुहोला ।

(more…)

लामो प्रवासको बसाइपछि नेपाल आमाको काखमा पहिलो पाहिला राख्दाको अनुभव

बैदेशिक रोजगारी अर्न्तर्गत साउदी अरबमा लगभग ४ बर्षपिजंडा भित्रको थुनाई पछि जुलाई २६, २००६ मा बिहानीको मिरमिरे उज्यालो सँगै नेपाल आमाको काखमा पाहिला राख्न सफल भए । परिवार र नेपाली आमाको काखबाट लामो समयको बिछोड र तड्पाईले मलाई ब्याकुल बनाएको थियो । जब म साउदी अरबबाट नेपाल प्रश्थान गरे मेरो मन भित्र पिजडाबाट उम्केको चरी झै ्रस्वतन्त्रता भएको महशुस गरे । साउदी अरबको मरुभूमिमा लामो समय सम्म बस्दाखेरी धेरै आत्मिय साथीहरुको साथ पाएको थिए । उहाँहरुलाई बाध्यतावस छोडेर स्वतन्त्र भइ नेपाल आमाको काखमा जाँदा धेरै दिन सम्म उहि साथीहरुको याद आइरहयो साच्चैनै विदेशमा बस्दा गासेको साथित्वको मायाँ अति गहिरो हुदो रहेछ । हामी नेपालीहरु विदेशमा पचहत्तर जिल्ल्ाा १४ अञ्चलका भएतापनि आप्ःनै दाजुभाइ सरहनै मिलीजुली बस्ने गर्दथ्यौ । साच्चैनै नेपाल आमाको धर्तिमा टेकीसकेपछि साउदी अरबमा भएका साथीहरुको याद झन गाढा हुन थाल्यो । लामो समय पछिको प्राकृतिक सौर्न्दर्य मेरा आँखा अगाडी घुमीरहेका थिए । रातभरीको बादलमाथीको यात्राको थकावटलाई वास्तानै नगरी जुलाई २६ तारिकका दिनमा काठमाण्डौका बिभिन्न रमणिय स्थानमा पुग्यौ । असार सावणको महिना भएको हुनाले पानी परिनै रहन्थ्यो । नभन्दै त्यो दिन पनि साउने झरी परेरै छाड्यो आहा कति रमाइलो बातावरण पानीका तरर तरर गरेर जमिनमा बज्रिएर निक्नेको गुञ्जनमय आवाजले नौलो सगितको उत्पादन गरेको जस्तो भान भयो । दुइ दिनको काठमाण्डौ बर्साई पछि म मेरो बासस्थान तनहु जिल्लाको बन्दिपुर तर्फलागे । साथमा मेरो परिवार पनि थिए ।
(more…)















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker