पश्चिमि शैलीको रात्रीभोजमा उपस्थित हुदाको क्षण
दि अनुवल स्टाफ डि्रङ्क एण्ड डान्स पार्टि

www.fgould.com
नोभेम्वर २३, २००६ को बेलुका हामीले काम गर्ने कम्पनीले कम्पनीमा काम गर्ने सबै कामदारहरुलाई रात्री भोजको लागि निमन्त्रणा गरेको थियो । कम्पनीको तर्फाट दिईएको यो भोजमा मेरो पहिलो उपस्थिति थियो ।
हुनत म यो कम्पनीमा जम्मा ३ महिना मात्र भयो काम गर्न थालेको । शुक्रवार र शनिवार विदा हुने भएकोले बिहिवारको बेलुकाको समयलाई छानिएको थियो । म कम्पनीको हेड अफिसभन्दा केहि टाढा काम गर्दथे । दर्ुइ हप्ता पहिला देखिनै बालचन्द्र जीले खवर गरीनै रहनु भएको थियो । रात्रीभोजमा दुवैजना जानु पर्दछ है भनेर मैले सहमति जनाएको थिए जसरी पनि उपस्थित हुने भनेर । अफिस समय सकिएपछि म अबुधावीबाट दर्ुबई जाने साधनको खोजीमा रहे । मलाई थाहा थिएन रात्रीभोज कहाँनेर हुदैछ भनेर ।













