:: अनेसास यूएई च्याप्टरद्वारा देउराली पाक्षिक खबर पत्रिका प्रकाशन : : January : : 2007
Custom Search

परिवर्तन नेपाल, January 7, 2007 9:02 am

अनेसास यूएई च्याप्टरद्वारा देउराली पाक्षिक खबर पत्रिका प्रकाशन

जनवरी १, २००७ मा नेपाली समाज क्षेत्रीय समिति मुसाफाहाले आयोजना गरेको फुटबल कार्यक्रममा प्रमुख अतिथि यूएईका लागि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले देउराली खबर पत्रिकाको पहिलो नमूना अंक विमोचन गर्नुभयो ।


अनेसास यूएई च्याप्टरका सभापति बालचन्द्र पोख्रेल प्रधान सम्पादक रहनु भएको उक्त पत्रिका यूएईबाट पहिलो पटक पाक्षिक रुपमा प्रकाशन हुन थालेको हो । यूएई.मा छरिएर रहेका नेपालीहरु जोसँग इन्टरनेट इमेलको राम्रो सुविधा छैन त्यहाँ देउराली पाक्षिक खबर पत्रिका पु-याउने र इमेल इन्टरनेटबाट विश्वका अन्य नेपालीहरुलाई यूएईमा भएका र अन्य देशका समचारहरुसहित उपलब्ध गराउने उद्देश्यले प्रकाशन भएको देउराली निकट भविश्यमानै वेभ साइटबाट पनि प्रकाशनमा ल्याउने जानकारी प्रधानसम्पादक पोखरेलले दिनु भएको थियो ।

साथै प्रधानसम्पादक पोखरेलले प्रवासमा हुने गरेका गतिविधि घटनाहरु, कथा कविता, प्रवासी जीवनको अविस्मरणिय क्षण, आदि उपलब्ध गराइदिन र नमूना अंक पढिसकेपछि प्रतिक्रिया दिनका लागि पनि अनुरोध गर्नु भएको थियो । उपस्थित सम्पूर्ण नेपालीहरुले बडो चाखका साथ पत्रिका लिनुभएको थियो र पत्रिका पढिसकेपछि प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2007/01/07/p554/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker