प्रवासी नेपालीहरुका लागि नेपाल ऐयरलाईन्सको हेलचेक्राई
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान सेवा नेपाल एयरलाईन्स यूएईका प्रवासी नेपालीहरुका लागि टाउको दुखाईको विषय भएको छ । यूएईमा कार्यरत नेपालीहरुले छोटो समयको बिदा पाउने हुँदा र यूएईबाट सिधा नेपालको उडान भएको हुँदा नेपालीहरु आफ्नै देशको ध्वजाबाहक विमानमा जान रुचाउछन तर एयरलाईन्सको लापरबाही हो या प्राविधिक गडबढी हो तोकिएको समयमा नेपालीहरु यूएईबाट नेपाल फर्कन पाइरहेका छैनन् ।
यस्तो समस्या एक पटक मात्र नभएर पटक पटक दोहोरिएको यहाँका पीडित नेपालीहरु बताउछन् । एक हप्तासम्म विमानस्थलमा ओहोर-दोहोर गरी वाक्क भएका एक पीडित नेपालीको भनाइ अनुसार आज नेपालको मौसम खराव छ त्यसैले भोलि आउनुहोस् भोलि जाँदा आज प्लेन गडबढी छ भोलि आउनुहोस् भन्दा-भन्दै हप्तासम्म विमानस्थल आउने जाने गरेको गुनासो भुक्तभोगीहरुको छ ।
अन्तिम दिन पनि तोकिएको समयभन्दा २ घण्टा ढिलो प्लेन उडेको उनको भनाइ थियो । अब म त भुलेर पनि नेपाल एयरलाईन्सको टिकट खरिद गर्दिन कम्पनीले जम्मा १ महिनाको छुट्टी दिएको थियो यहि एक हप्ता बित्यो अब नेपाल कति दिन बस्ने ति पीडित नेपालीको भनाइ थियो । कोठाबाट विदाई भएर गएका साथीहरु रातभरिको अनिदोमा विमानस्थलमा प्लेनको पर्खाइमा बसी बिहान कोठामा नै फर्केका धेरै नेपालीहरुको गुनासो थियो ।
अर्का एक जना नेपालीलाई लगातार ५ पटकसम्म विमानस्थल छोड्ने अनि प्लेन नआएर फेरी फर्काएर लाने गरेको बताए । बितेको हप्ता पनि पहिलाकै कार्य दोहोरियो नेपाल जान भनि हिडेका नेपालीहरु ४ दिनसम्म विमानस्थलमा विचल्लीमा परेका थिए । पहिलो हप्ता आउनु पर्ने प्लेन मौसमको गडबढी देखाई नआएकाले दोस्रो हप्तामा पनि आउने हो कि होइन दोधारमा थिए नेपाल जान भनि टिकट खरिद गरेका नेपालीहरु । पूराना यात्रुहरु त विचल्ली परेका थिए तर नयाँ यात्रुहरु पनि बिचल्लीमा परिने पो हो कि भनी डराइरहेका थिए ।
दोस्रो साता नेपाल एयरलाईन्स आउन त आएछ तर यू.ए.ई.बाट निर्धारित समयभन्दा २ घण्टा ढिलो मात्र उडेको एक नेपालीले बताए । विदेशमा पसिनाको कमाई नेपालकै ऐयरलाईन्समा खर्च गरौ भन्ने भावनका नेपालीहरु धेरै छन् तर यहि कारणले गर्दा प्रायः जसो नेपालीहरु अन्य प्लेनमा जान बाध्य छन् । यूएईबाट सिधा उडान भएको एयर अरेबिया हप्ताको दुई/तीन पटक ओहोर-दोहोर गर्दछ ।
कतार ऐयरलाईन्स, गल्फ ऐयरलाईन्स यी प्लेनहरु पनि नेपालबाट सिधा उडान भर्छन् । ती प्लेनहरुलाई मौसमको गडबढी नहुने हाम्रो नेपालको ऐयरलाईन्सलाई मौसमको गडबढी हुने यस विषयमा सम्बन्धित पक्षले बेलैमा सोच्नुपर्ने यूएईवासी नेपालीको छ ।














I do agree with the problem that exist in RA.
There is not only me but many others has an awful experiancce as stated above.And no matter which government comes in Neapl ,situation still exits the same and sometime even get worsen,And I wonder why Nepalese in Nepali flag carrier are discriminated,it is unwise to expect the etiquette of europen.The day when Nepalese respect Nepalese other shall follow….
And Nepal belives in renting high cost Airlines rather then having our own….
Is there any hidden agenda???
Comment by H D Malla — परिवर्तन नेपाल, January 18, 2007 9:36 am @ 9:36 am
We have sent a copy of this news to the Managing Director of Nepal Airlines Corporation in Kathmandu drawing their attention. We also receive complaints from Nepalese nationals when they suffer due to NAC’s irregularity in flights.
Appreciate that the problem is sensitized.
Comment by Mohan K.Shrestha — परिवर्तन नेपाल, January 18, 2007 3:06 pm @ 3:06 pm