संयुक्त अरबर् इमिरेट्समा काम गर्न आउने नेपाली कामदारहरुले ध्यान राख्नुपर्ने केही महत्वपूण् कुराहरु:-
(1) भिजिट भिषामा तपाईंलाई ल्याउन खोज्ने दलालहरुसंग र्सतर्क रहनुहोस्। भिजिट भिषामा आउंदैमा काम पाउने ग्यारेन्टी हुंदैन। यहांको कानून अनुसार भिजिट भिषामा आएर तुरुन्तै काम गर्नु गैरकानूनी हो। त्यसरी गैरकानूनी काममा संलग्न हुने व्यक्तिको लागि राजदूतावासले कुनै प्रकारको मद्दत गर्न सक्दैन। त्यसैले काम पाउने प्रलोभनमा परि भिजिट भिषामा नआउनुहोस। काम गर्न आउंदा श्रम तथा रोजगार प्रवर्द्धन विभागको स्वीकृतिबाट आउनुपर्ने कुरा ध्यानमा राख्नुहोस्।
(2) नक्कली प्रमाणपत्र, नक्कली सहीछापको अवैध कारोवारमा संलग्न भएका अवाञ्छित व्यक्तिहरुसंग होशियार रहनुहोस्। कुनैपनि व्यक्तिले नक्कली प्रमाणपत्र पेश गरेमा वा राजद्ूतावास अथवा अन्य कुनै निकायको नक्कली छाप प्रयोग गरी कागजपत्र पेश गरेको थाहा हुनासाथ त्यस्ता व्यक्तिलाई यू.ए.इ. सरकार मार्फत तुरुन्तै यहांबाट निष्काशित गराइनेछ र पछि त्यस्ता व्यक्तिहरुले जीवनभर यहां प्रवेश गर्न पाउने छैनन। तर्सथ, आफ्नो प्रमाणपत्र वा कुनै कागजात प्रमाणित गराउनुपर्दा आफै आउने वा आफ्नो विश्वासयोग्य व्यक्तिलाई मात्र राजदूतावासमा सर्म्पर्क गर्न लगाउनुहोस्। तपाईको दृष्टिमा अथवा शंकामा यस्तो काम गर्ने कुनै दलाल छ भने राजदूतावासलाई तुरुन्त जानकारी दिनुहोस्।
(3) आफूले काम गर्ने कम्पनीसंग भएको काम गर्ने सम्झौताको एकप्रति तपाईंसंग हुन अनिवार्य हुन्छ। अन्यथा पछि कुनै विवाद श्रृजना भएको खण्डमा कानुनी कार्वाहीको निमित्त कठिनाई पर्न सक्दछ। तर्सथ, सम्झौता गरेपछि आफ्नो प्रति अनिवार्य रुपमा माग गर्नुहोस्।
(4) आफूले काम गरेको २ महिनाभित्र आफ्नो लेवरकार्ड र हेल्थकार्ड लिनुपर्छ यदि लिन सक्नुभएको छैन भने कम्पनीमा तुरुन्त सर्म्पर्क गर्नुहोस्। अन्यथा पछि तपाईंलाई समस्या पर्ने अवश्यम्भावी छ र यस्तो स्थितिमा राजदूतावासले केही मद्दत गर्न सम्भव हुंदैन।
(5) संयुक्त अरब इमिरेट्सको श्रम कानून अनुसार तोकिएको क्षेत्रमा बाहेक प्रतिदिन ८ घण्टाको दरले हप्ताको ६ दिन काम गर्नुपर्छ, यो भन्दा बढी काम लगाउनुपर्दा विशेष स्वीकृति लिनु अनिवार्य हुन्छ। तर्सथ आफूलाई उल्लेखित समयभन्दा बढी काम लगाएको खण्डमा र आफूले यस्तोको लागि लिखित सहमति नदिएको भएमा ओभरर्टाईमको माग गर्नुहोस्। नेपाल छोड्नुअघि पनि यसको विपरित हुने कुनै कागजातमा हस्ताक्षर नगर्नुहोस्।
(6) कुनैपनि कागजातमा सही गर्नुअघि त्यसमा के लेखिएको छ राम्ररी नबुझी सही नगर्नुहोस्। यदि अरबी भाषामा लेखिएको भएमा अंग्रेजीमा उल्था गरेर बुझेर मात्र सही गर्नुपर्दछ। नबुझी कुनै कागजमा सही गर्दा पछि तपाईलाई नै अप्ठेरो पर्नसक्छ। यस्ता कुरामा सदैव ध्यान दिनुहोस्।
(7) कसैले तपाईंलाई राजदूतावासको नाम लिएर कुनै प्रलोभन वा धम्की दिएमा तुरुन्त राजदूतावासमा सर्म्पर्क गर्नुहोस्। राजदूतावासको लिखित अख्तियारी नभई कसैले पनि राजदूतावासको नाम प्रयोग गरेर कुनै काम गर्न नसक्ने कुराको ख्याल गर्नुहोस्।
(8) कुनै प्रलोभनमा परी कसैको दलाली काममा संलग्न नहुनुहोस्। यस्तो काममा संलग्न भएको थाहा पाईएमा तपाईमाथि कारवाही हुनसक्ने कुराको ख्याल राख्नुहोस्।
(9) तपाईंको राहदानी शंकास्पद लागेमा राजदूतावासले सम्वन्धित निकायमा बुझेर मात्र राहदानी नविकरण गर्नेछ। तर्सथ, आफ्नो नागरिकताको प्रमाणपत्र सदैव आफूसंग सुरक्षित राख्नु बेश हुनेछ।
(10) आफ्नो राहदानी र भिषाको म्याद कहिलेसम्म छ हेक्का राख्नुहोस्। राहदानीको म्याद सकिनु अगावै नविकरण गर्नुपर्ने कुरा ध्यानमा राख्नुहोस्। राहदानीको म्याद नाघेमा वा अन्य कारणवश राजदूतावासले तपाईलाई अर्को राहदानी जारी नगर्न पनि सक्दछ।
(11) नेपाली महिलाहरुले हाउसमेडको रुपमा कामगर्न आउन नपाउने प्रावधान भएकोले कसैले तपाईलाई हाउसमेडमा काम लगाईदिन्छु भन्ने आश्वासन दिएमा स्वीकार नगर्नुहोस्। अन्य कामको निमित्त काम गर्न आउने महिलाले राजदूतावासबाट सुरक्षाको प्रत्याभूति लिनु अनिवार्य हुन्छ। महिला कामदारलाई कुनै समस्या परेमा यस प्रक्रियाद्वारा आएका नेपाली महिलाहरुको निमित्त मात्र सहयोग गर्न सजिलो हुने कुरालाई सदैव ध्यानमा राख्नुहोस्।
(12) नेपाली महिलाकामदारहरुमध्ये केही अवैध रुपमा भारतको बाटो भएर यहां पसेको जानकारीमा आएको छ। हाल महिला कामदारहरुको निमित्त हाउसमेडमा काम गर्न रोक लगाउनुको उद्देश्य अरु केहि होईन, केवल महिला कामदारहरुको अस्मिताको सुरक्षा गर्नु हो, यसरी अवैध रुपमा आउने व्यक्तिको राहदानी नविकरण गर्दा आवश्यक देखिएमा एकपटक सोधपुछ गरेर मात्र नविकरण गरिन्छ।
(13) आफ्नो आर्जन नेपाल पठाउंदा २/४ पैसाको प्रलोभन गरी हुण्डीबाट नपठाउनुहोस्। बैंक वा कुनै अधिकारप्राप्त मनी एक्स्चेञ्ज मार्फत तपाईंको दुःखले कमाएको आर्जन सुरक्षित रुपले तपाईको प्रियजन कहां छिटो पुग्नसक्ने कुराको ख्याल राख्नुहोस्।
(14) नेपालीहरु प्रति यहां विद्यमान सद्भाव, विश्वास र इज्जतको स्थितिलाई कायम राख्ने प्रयास गर्नुहोस्। यहांको सामाजिक मूल्य र संस्कृतिलाई कदर गरी र्सार्वजनिक स्थलमा मादक पदार्थ सेवन नगर्नुहोस्। तपाईहरुको सामान्य लापरवाहीले सम्पूण् नेपालीहरु र देशको प्रतिष्ठामा आंच आउन सक्दछ।
(15) हड्ताल गर्ने, धर्ना बस्ने, अवैध संगठन गर्ने काम यहांको कानून विपरित हुनेहुंदा यस्तो कार्यमा संलग्न नहुनुहोस्। आफ्नो मर्कावारे सम्वन्धित निकायको ध्यानाकर्षा गर्नुपर्दा कानूनसम्मत रुपमा मात्र गर्नुहोस्। लगातार सातदिन कामबाट गयल हुंदा तपाईंमाथि एकतर्फी कारवाही हुनसक्ने कुरालाई ध्यानमा राख्नुहोस्।
(16) संयुक्त अरब इमिरेट्सको राजमार्ग एवं अन्य मार्गहरुमा तुलनात्मक रुपमा उच्च गतिले सवारी साधनहरु गुड्ने भएकाले अत्यन्त होशियारी साथ तोकिएको स्थानबाट मात्र बाटो काट्नुहोला । सडक दुघटनाबाट ठूलो संख्यामा नेपाली नागरिकहरुको मृत्यु हुनेगरेकोले ट्राफिक संकेतलाई पालना गरी संभावित खतराबाट बच्न अनुरोध गरिएको छ ।














Thank you!your advisce is very best. okk bye!
Comment by LOK BAHADUR K C — परिवर्तन नेपाल, November 13, 2008 7:07 am @ 7:07 am
i like
Comment by raj dev — परिवर्तन नेपाल, March 14, 2009 1:20 pm @ 1:20 pm