:: प्रत्यक्षदर्शीको बयानमा सद्दामको फाँसी : : January : : 2007
Custom Search

परिवर्तन नेपाल, January 21, 2007 9:51 am

प्रत्यक्षदर्शीको बयानमा सद्दामको फाँसी

लन्डन, (एएफपी)। सद्दाम हुसेनलाई डिसेम्बर २० मा झुन्डयाउँदा त्यहाँ उपस्थित रहेका न्यायाधीश मुनिर हाददादले बीबीसीलाई दिएको एक अन्तरवार्तामा अन्तिम क्षणसम्म सद्दाम निर्भीक र निडर भएको बताए।

बीबीसीका जोन सिम्पसनलाई घटनाको प्रत्यक्षदर्शी भएको बताउँदै हाददादले भने- ‘एकजना सुरक्षाकर्मीले सद्दामलाई मर्न लागेकोमा डराएका छौं’ कि भनी सोधेकोमा सद्दामले यसरी जवाफ फर्काए- ‘मैले सम्पूर्ण जीवन नै नास्तिक र घुसपैठ गर्नेहरूसँग लडेर बिताएँ।’

‘तिमीले किन इराक र हामीलाई ध्वस्त पार्यौं ? तिमीले हामीलाई गरिबी दियौ र अमेरिकीहरूलाई हामीमाथि अतिक्रमण गर्न दियौं।’ अर्को गार्डले सोधेका प्रश्नको जवाफमा सद्दामले भने- ‘मैले अतिक्रमणकारी र परियनहरूलाई नष्ट गरें र मैले इराकका शत्रुहरूलाई ध्वस्त पारेँ र मैले इराकलाई गरिबीबाट समृद्ध तुल्याएँ।’

बीबीसीः सद्दामलाई लठयाउने औषधि दिइएको हो ?
हाददादः होइन। सद्दाम सामान्य अवस्था र पूर्ण नियन्त्रणमा थिए। उनी उनको भाग्यप्रति सचेत थिए र मृत्युको सामना गर्नुपर्छ भन्ने कुरा उनलाई थाहा थियो।
उनले भने- ‘यो मेरो अन्त्य हो, यो मेरो जीवनको अन्त्य हो। तर, मैले मेरो जीवन एकजना योद्धा र राजनीतिक लडाकूका रूपमा शुरू गरेको थिएँ, त्यसैले मृत्युले मलाई तर्साउन सक्दैन।’

बीबीसीः त्यसपछि के भयो,
हाददादः तिनीहरूले उनको हात खुकुलो छोडेका थिए र फेरि पछाडि लगेर बाँधे। तिनीहरूले उनको खुट्टामा सिक्री लगाइदिए र उनलाई फाँसी दिने तख्तामा पुर्याए। उनले धार्मिक श्लोक पाठ गर्दै ‘इश्वर महान् छ’ भन्दै कराइरहे र केही राजनीतिक नारा पनि लगाए।

उनले भने -’हामी स्वर्गमा गइरहेका छौं र हाम्रा शत्रुहरू नर्कमा सड्नेछन्।’ उनले इराकीसमक्ष क्षमा र प्रेमका लागि पनि आहवान गरे तर इराकीहरूले अमेरिकी र पर्सियनहरूसँग लड्नुपर्नेमा जोड दिए।

बीबीसीः त्यसपछि
हाददादः जब उनलाई फाँसीको तख्तामा पुर्याइयो, गार्डहरूले उनको टाउकोमा पासो राख्ने प्रयास गर्दा उनले राख्न दिन अस्वीकार गरे। त्यसपछि उनले कुरानका श्लोकहरू पाठ गर्न थाले।

केही गार्डहरूले उनलाई इस्लामिक शब्दहरू प्रयोग गरी व्यंग्य गर्न थाले। त्यहाँ उपस्थित एक जना धर्मगुरुले सद्दामलाई केही धार्मिक श्लोक वाचनका लागि आग्रह गरे। तिनीहरू नै उनका अन्तिम शब्दहरू थिए। त्यसपछि उनको घाँटीमा डोरी कस्सियो र मृत्युका लागि झुन्डयाइयो।

बीबीसीः त्यसबाहेक पनि अरु केही भने कि ?
हाददादः उनले भने- अल्लाहबाहेक अर्को कुनै इश्वर छैन र मोहमद इश्वरका दूत हुनुहुन्छ।
बीबीसीः के उनी तत्कालै मरे ?
हाददादः उनी क्षणभरमै मरे र उनी मरेपछि डोरीमा परेको असरको म प्रत्यक्षदर्शी थिएँ र यो डरलाग्दो दृश्य थियो।
बीबीसीः सद्दाम हुसेनको मृत्युमा के तपाईं खुशी हुनुभएको छ ?
हाददादः के तपाईं मलाई खुशी देख्नुभएको छ। म एकजना न्यायाधीश हुँ र मैले मेरो दायित्व मात्र पूरा गरेको छु।
मलाई सद्दामलाई फाँसी दिएको जाँच गर्ने जिम्मा दिइएको थियो र त्यो मैल गरेँ। म न त खुशी छु न त दुःखी।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2007/01/21/p561/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker