एक हजार नेपालीहरु यूएईमा ठगिए
यूएईको राजधानी अबुधावीबाट करिब २५/३० किमी टाढा अवस्थित लेबर क्याम्प अर्थात मुसाफाहा क्षेत्रमा हजारौ नेपाली ठगिएको खबर प्राप्त भएको छ ।
नेपालको स्काई म्यानपावर बाट यूएईमा अलफारा ग्रुप अफ कम्पनीज (AL- FARA’A GROUP O” COMPANIES) -फोन नम्वर -०३-७८२५८२५, ०२-६७६७८८०, ०४-८८०३३३) मा काम गर्न आएका करिब १ हजार नेपालीहरु दुवैतिर ठगिन पुगेको थाहा हुन आएको छ । नेपालमानै प्रतिव्यक्ति ६५ हजार देखि ८० हजारसम्म स्काई म्यानपावरमा बुझाएर आएका नेपालीहरु यहाँ एक बर्षसम्म प्रति महिना प्रति व्यत्ति २ सय दिराम अर्थात नेपाली ४ हजार -एक बर्षको ४८ हजार) कम्पनीले काट्ने गरेको पीडित नेपालीले बताए । ६ सय ( खानाको लागि आफ्नै बस्न कम्पनीको) भनेर आएका नेपालीहरु बर्ष दिनसम्म आएको ऋण तिर्नमानै ठिक्क हुने पुराना नेपालीहरुले गुनासो पोखे ।
भर्खरै मात्र आएका १ सय जना नेपालीहरुले एकै स्वरमा अमिलो मुख लगाउँदै भने नेपालमा दलालहरुले केहि मात्रमा रकम काट्छ भनेका थिए तर यहाँ त महिनाको २ सय दिराम काट्दो रहेछ ।
महिनाको जम्मा ६ सय आउँछ जसमा कम्पनीले दुई सय काट्दछ खानाको १७० कटाउँदा जम्मा २ सय ३० मात्र महिनाको बच्दोरहेछ अब हामी आएको ऋण कसरी चुक्ता गर्ने ? । हेर्नु न हामी त पिजंडामा थुनिएको झै भयौ । जहिले पनि डयुटी एक दिन शुक्रबार मात्र बिदा हुन्छ त्यो दिन सरसफाई गर्दैमा समय बित्ने कतै जाने र कसैलाई गुनासो पोख्ने ठाउँ पनि पाएका छैनौ । हाम्रो गुनासो कस्लेपो सुन्छ र खै अझैसम्म कोहि पनि क्याम्पमा आएर सोधखोज गरेका छैनन् एक पीडित नेपालीले एकै सासमा माथिको कुरा बताए । हामीले समस्या कसलाई बताउने ? पीडित नेपालीहरुको भनाइ थियो । यहाँ त नेपाली संघ/संस्थाहरु धेरै छैन् उहाँहरुलाई आफ्नो समस्या बताउनु भएको छैन भन्दा हामी बाटोमा हिड्ने ब्यक्तिलाई तपाई समाजको ब्यक्ति हो भन्दै सोध्दै हिड्ने कुरा भएन यदि उहाँहरु साँच्चैनै संघ/संस्थाहरुमा लागेर नेपालीहरुको हक र हितको लागि काम गर्नुहुन्छ भने त लेवर क्याम्पहरुमा आएर सबै नेपालीहरुको समस्या बुEmनु पर्ने हो भन्दै उनीहरुले आजसम्म कोही यहाँ आएका छैनन् उनीहरुको भनाइ थियो । ।
हेर्दा सबै नेपालीहरु सोझा सिधा देखिन्थे अहिलेसम्म कहि कतै नदेखेको भिड त्यहाँ थियो यूएईबाट पत्रकार खेमनाथ पौडेल लेख्नु हुन्छ, एउटा कोचेप्रो पोटेवलको रुममा २६ जना नेपालीहरु कोच्चिएर बसेका थिए । अझसम्म कहि कतै देखिएको थिएन यति धेरै नेपालीहरु एकै रुममा बसेको । यूएईमा हजारौ कम्पनीमा करिब १ लाख २० बीस हजार भन्दा धेरै नेपालीहरु कार्यरत छन् तर ती हजारौ कम्पनीको नियममा यस्तो छैन होला यो कम्पनीमा मात्र किन ? अन्य देशका कामदारहरुको पनि पारिश्रमिक काटिएको पुराना नेपालीले बताए तर अहिले के भएको छ कुन्नी थाहा छैन ।
हेर्नुहोस् न म आएको २ बर्ष भयो एक बर्षमा यहि कम्पनीको पैसा तिर्दै ठिक भयो । यो बर्ष म आफै आएको ऋण तिरेँ अब १ बर्ष बसेर नेपाल फर्कने बिचार गरेको छु एक नेपालीले दुखेसो पोखे । यूएईमा स्थापना भएको नेपाली दूतावासले प्रयास गरेमा के यो समस्या समाधन हुन सक्दैन र ? लौन केहि गरिदिनुहोस् कतैबाट आवाज उठेमा हामीले केहि राहत पाउने थियौ कि? ती पीडित नेपालीको भनाइ थियो ।
झट्ट सुन्दा यूएई गल्फ देशहरुमा अलि भिन्दै प्रकारको जस्तो लाग्छ र धेरै नेपालीहरुले राम्रा अवसरहरु पनि पाएका छन् तर धेरै नेपालीहरु यसरीनै दुलोभित्र ठगिएर बस्न बाध्य भएका छन् । हामी प्रवासी नेपालीहरु नेपाली दूतावास यूएई, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय साथै अन्य निकायहरुसँग जोडदार माग गर्दछौ अब आउने नेपालीहरुले यस्तो समस्या भोग्न नपरोस् र नेपालको स्काई ओभरर्सिजलाई कार्वाही गरियोस् पत्रकार पौडेल लेख्नु हुन्छ, सोझा सिधा नेपालीहरुलाई ठगिने काम नगरियोस् । फेरी प्रवासी नेपालीहरु एक भएर प्रवासबाटै आन्दोलनमा उत्रिन बाध्य नबनाईयोस् ।













