:: यू.ए.इ मा तामाङ्गहरुको ल्होछार कार्यक्रममा मेरो पहिलो उपस्थिति : : January : : 2007
Custom Search

परिवर्तन नेपाल, January 28, 2007 8:22 am

यू.ए.इ मा तामाङ्गहरुको ल्होछार कार्यक्रममा मेरो पहिलो उपस्थिति

केहि भिडियोहरु पनि छन् पछि अपडेट गर्ने छु ।

यू.र्एर्.इको बरदवईमा अवस्थित अस्टेरिया होटेल नेपालीहरुको कार्यक्रम गर्नकोलागि अति प्रख्यात मानिन्छ । यू.ए.इ आएको छोटो समयमा यहाँ धेरै कार्यक्रमहरु भए तर मेरो लागि भने तामाङ्ग समाजको ल्होछार कार्यक्रम पहिलो थियो ।
म दुवई देखि केहि टाढा भएको हुनाले पनि सबै कार्यक्रमहरुमा उपस्थित हुन असम्भव हुने गर्दथ्यो तर पनि यस पटक भने छुट्ट भएको कारण म उपस्थित भए । तामाङ्ग समाजका सभापति छत्र लामा जीले फोन गरेर निमन्त्रणा गर्नु भएको थियो । मेरो कर्तब्य निर्वाह गर्नकोलागि म जसरी भए पनि उपस्थित हुने थिए खवर नपाएको भए पनि । शुक्रवार २६, २००७ बिहान अबुधावीबाट म दुवई लागे ।

कार्यक्रम दिनको करिब ४ बजे देखि सुरु भएको थियो । कार्यक्रम हल केहि सानो भएतापनि जनमानस ठूलो थियो । पहिलो पटक हल भित्र प्रवेश गर्दा अनौठो लागिरहेको थियो । सुरुमानै लोक सुवेदीजीलाई भेटे खुशी लाग्यो उहाँसँग केहि भलाकुसारी गरी छत्र लामाजीलाई भेटेर सिधा हल भित्र छिरे हलमा म अलि नौलो लाग्दथ्यो अरुको लागि किनकी म पहिलो पटक तामाङ्गहरुको कार्यक्रममा सहभागि र यो हलमा पनि पहिलो थिए ।

फोटाहरुको लागि भित्र आउनुहोस्
पहिलानै परिचयमा रहनु भएका सुरेश बस्यालजीलाई भेट्दा आनन्द आयो त्यस पछि विस्तारै परिचित ब्यक्तिहरुसँग भेट हुँदै गयो । कार्यक्रम सुरु हुनै लागेको थियो । मोवाईलमा घण्टी आयो बासु दाजीको रहेछ बाहिर गेटमा आउनु भएको रहेछ अनि बाहिर गए र उहाँको पार्सवर्ट रिनुवल गर्नुपर्ने रहेछ पार्सवर्ट लिई गेटमा दुइ जना अपरिचित ब्यक्तिहरुलाई भेटे उहाँहरु पनि कार्यक्रममा आउनु भएको रहेछ ।

यहाँ कतिवटा समाजहरु छन् - उहाँको प्रश्न थियो हजुर यहाँ त धेरै समाजहरु छन् तपाईको केहि समस्या छ कि भन्दा हेर्नुहोस् न हाम्रो कम्पनीमा काम गर्ने एक जना नेपालीको मृत्यू भएछ । वाचम्यानको भनाई अनुसार उहाँलाई घाटीमा, पेटमा दुइ तिन ठाउँमा छुराहरु रोपिएको थियो अरे । विरामी भएको हुनाले एक दिन काममा जानु भएको रहेनछ भोलीपल्ट सबै साथीहरु काम गर्न जानु भएको बेलामा आउँदाखेरी उहाँको मृत्यू भईसकेको थियो । प्रहरीले कोठामा काम गर्ने सबैलाई लिएर गएको छ हत्या हो या आत्महत्या पत्ता लगाउन सकिराखेको छैन ।

कृपया हजुरले कतै कुरा राख्नुहोस्न भन्नु भयो भित्र गएर समाजसेवी चन्द्र प्रकाश सापकोटालाई यो कुरा राखे उहाँ यहाँ करिब २५ बर्षदेखि बस्दै आउनु भएको थियो । उहाँले यस सम्बन्धी अझै राम्रोसँग बुEmन सक्नुहुनेछ । उहाँ र म बाहिर आएर ति ब्यक्तिहरुसँग कुराकानी गर्दै थियौ दुतावासमा जानकारी पहिलानै भइसकेको रहेछ । पुलीस रिपोर्ट नआई केहि थाहा नहुने बताएपछि हामी भित्र गयौ ।

कार्यक्रम हल सानो भए पनि भित्र अति जनमानसको भिड थामिनसक्नु थियो । प्रमुख अतिथिहरुको आगमन भईसकेपछि विधिवतरुपमा कार्यक्रम उदघाटन भएको घोषणा गरियो । कार्यक्रम सञ्चालकज्यूले अतिथिहरुको आसनग्रहण गराउन थाल्नु भयो ।

कता कता के नमिलेको जस्तो लाग्यो नामहरु प्रष्ट नभएर हो या के हो अतिथिहरुको नाम दुइ तिन पटक दोहोरिएको थियो । यू.ए.इमा भएका नेपाली संघसंस्थाहरुका प्रमुखहरुलाई आसन ग्रहण गर्राई सकेपछि प्रमुख अतिथि र सभापतिले एक आपसमा तामाङ्गको भेष टोपी साटासाट गरी सुभकामना आदान प्रदान गर्नु भएको थियो ।

अन्य अतिथिहरुमा नेपाली दूतावासका द्धितिय सचिव प्रकाशमणि पौडेल, तृतिय सचिव विक्रम गिरी लगायत नेपाली समाज केन्द्रिय समितिका केन्द्रिय पदाधिकारीहरु, समाजसेबी, बुद्धिजिबी, साहित्यकार, पत्रकार तथा यू.ए.इ.का विभिन्न प्रान्तबाट आउनुभएका तामाङ्गहरु साथै प्रवासी नेपालीहरुको बृहत उपस्थिति रहेको थियो ।

सभापति तथा प्रमूख अतिथिको हातबाट मम बत्ति प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रमको पहिलो साङ्गेतिक कोशेली तामाङ्ग चेलीहरु तथा नेपालबाट पहिलो पटक आउनु भएका रोज मोक्तान साथै अन्य प्रवासी नेपाली कलाकारहरुले राष्ट्रीय गित प्रस्तुत गर्नु भएकोे थियो । तामाङ्गहरुको आफ्नै भाषा तथा संस्कृति -खास गरेर सिन्धुपाल्चोक तिर नाचीने ) च्याबु्रङ नाचको प्रस्तुतीले विदेशमा पनि नेपाली कला संस्कृति भाषाको संरक्षणको जोडन्त उदाहरण पस्केको थियो ।

प्रमूख अतिथि मोहनकृष्ण श्रेष्ठले आफ्नो छोटो मन्तब्य दिदै विदेशमा विभिन्न जातिय संघसंस्थाहरुले आफ्नो भाषा, कला, संस्कृतिको जगेना गर्दै आईरहनु भएकोमा खुशी प्रकट गर्नु हुँदै नेपाली समाज केन्द्रिय समितिको मातहतमा नेपाली वेलफेयर सोर्साईटी यसै स्टेजबाट स्थापना भएको घोषणा गर्नु भएको थियो । तामाङ्गहरुको अन्य कार्यक्रमहरुको सि.डी आफुले हेरेको र ज्यादै राम्रो लागेको बताउनु भयो ।


नेपालबाट प्रवासको भ्रमणमा पहिलो पटक निस्कनु भएका र यसै कार्यक्रमको लागि आउनु भएका भर्खरै मात्रमा चर्चाको सिखरमा पुगेको कलकत्ते काईयो केश मेरो बाङ्गो बोलको गितका गायककार रोज मोक्तानको प्रस्तुतिले उपस्थित सबै दर्शकहरुलाई छम छम्ति नचाएको थियो ।

भर्खरै मात्र बजारमा आएको कलकत्ते काईयो केश मेरो बाङ्गो गित प्रस्तुत गर्दा स्टेजमा नृत्याङ्गहरुको भिड लागेको थियो भने दर्शकहरु आफु बसेको सिटमानै ढल्की ढल्की नाचिरहेका थिए । दर्शकहरुकाट वान्स् मोरको झटारो आउने क्रम बढेपछि कार्यक्रमको अन्तिम तिर फेरी रोज मोक्तान कलकत्ते काईयो लिएर स्टेजमा उपस्थित हुनु भएको थियो ।
विभिन्न टेली सिरियलमा अभिनय गरिसकेका तथा गायककार अनिल घिसिङ्गको प्रस्तुति भिन्दै प्रकारको थियो दुइ तिन पटक स्टेज छोडेर दर्शकहरुसँग नाच्न दर्शकहरुको भिडमा उपस्थित हुदाँ हलको रौनकै भिन्दै भएको थियो । अल्छि दर्शकहरुलाई पनि नाच्न बाध्य बनाईएको थियो ।

ज्ञान लामाले पनि आफ् भिन्दै खालको प्रस्तुती पस्केका थिए । आफूद्धारा गाईएका दुइ तिन वटा गितहरु पस्केर दर्शकहरुलाई नचाउन बाध्य बनाईएको थियो । प्रवासमा रहनु भएका विभिन्न कलाकारहरु ज्ञान लामा, ग्लावो लामा, मान ब. तामाङ्ग, श्रीमती देवी लामा, अनुप महत, तुलसी तामाङ्ग, मिना तामाङ्ग, मायाँ वाईवा, बिकास, सुनिता ले आ-आफ्नो प्रस्तुति पस्कनु भएको थियो । दिपक तथा दिपिका गुरुङ्गको नृत्यले सबैलाई मोहित पारेको थियो ।

कार्यक्रमको अन्तिममा अति मार्मिक गित यो मायाँले के गर्‍र्यो भन्ने गितमा विरमान तामाङ्गको अति खतर्नाक नृत्यले एकाएक हललाई स्तब्ध पारेको थियो । उहाँको प्रस्तुतिले सबैलाई मौन बनाएको थियो ।

कार्यक्रमको अन्त्यमा बल्ल सबैसँग परिचित हुने मौका पाए रोज मोक्तानसँग सामान्य कुराकानी भयो उहाँ जनवरी २९ मा यहाँबाट यू.के जाने कुरा गर्नु भयो नेपालमा फर्केपछि अवस्य भेट्ने वाचा गर्दै हामी बिदा भयौ ।

कार्यक्रम दिनको करिब चार बजे देखि रातको नौ बजे सम्म चलेको थियो ।

कार्यक्रम सञ्चालकमा क्रमश कृष्ण तामाङ्ग, सरस्वती तामाङ्ग, र राज मोक्तान हुनुहुन्थ्यो । मुख्य प्रायोजकमा वेस्टियन यूनियन मनि ट्रान्फर तथा ऐयर अरेबिया रहेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2007/01/28/p580/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker