यू.ए.इमा नेपाली लोकदोहोरी साँझको नाममा बिकृति
यू.ए.इको अबुधावी स्थित इमिरेट्स प्लाजामा नेपाली लोक दोहोरी साँझ नेपालीहरुकोलागि आजकल फाईट क्लवको रुपले चिनिन्छ । विदेशमा नेपाली लोक दोहोरी साँझ भन्ने नाम सुन्दा झट्ट नेपाली लोक दोहोरीको याद दिलाउछ तर यहाँ दोहोरीको नाममा विकृति छ । खास गरेर प्रत्येक हप्ताको विहिबार बेलुका नेपालीहरुको र्घुइचो हुने गर्दछ । अन्य गल्फ देशहरुमा भन्दा यहाँ केहि खुल्ला भएको कारण पनि नेपालीहरुको यस्तो अवस्था भएको हो । विषेश गरेर अबुधावी पुलीसमा कार्यरत नेपालीहरु बढि दोहोरी साँझमा झुलेको देखिन्छ । आजकल अन्य कम्पनीका नेपालीहरुको पनि भिड लाग्ने गरेको छ । लोक दोहोरी साँझको नेपालमा र विदेशमा पनि आफ्नै बिषेशता र स्थान छ तर यू.ए.इमा केवल नामको मात्र लोक दोहोरी साँझ छ । उक्त लोक दोहोरी साँझ न त कुनै नेपालीलेनै सञ्चालन गरेका छन् न त कुनै नेपाली लोक गायक गायिकाहरुनै छन् न त कहिल्यै लोक दोहोरीका गितहरुनै बज्दछन् । सधै एउटै गितमा केहि नेपाली युवतीहरु कम्मर मर्काउने मात्र गरी नेपालीहरुको पसिनाको कमाई शोषण गर्ने स्थान भएको छ । नेपालीहरुले महिनाभरी पसिनाको खोलो बगाएर कमाएको पैसा यहाँ एकैक्षणमा स्वाहा पारेका कैयौ घटनाहरु छन् ।
विहिबारको दिन बेलुका करिब ९ बजे देखि सुरु हुन्छ नेपालीहरुको आगमन । सुरुमा केहि नरम डि्रङ्क गरेतापनि बिस्तारै नसाको तालमा सबै झुल्न पुग्छन् र अन्त्यमा सानो निहुमा झै- झगडा गरी बाहिरीन्छन् । यहाँ प्रत्येक हप्ता यस्ता कार्यहरु दोहोरिन्छ ।
प्राय गरेर मनोरञ्जनकोलागि भन्दा पनि यहाँ नेपालीहरु तलब धेरै भएका, आफ्नो धाक, रवाफ देखाउनकोलागि साथै नसामा डुब्नकोलागि आउने गरेको एक जना अनुभवी नेपालीको कथन छ ।
अबुधवी पुलीस तथा यस अर्न्तर्गत अन्य सेक्टरमा गरी करिब १ हजार देखि १५ सय सम्म नेपालीहरु राम्रो कमाई गर्नेमा पर्दछन् । अन्य नेपालीहरुको भन्दा अबुधावी पुलीसका नेपालीहरुको तलब बढि हुने गर्दछ । नेपालीहरुको बानी हो या के हो अन्य नेपालीहरुको भन्दा आफ्नो धेरै तलब भएपछि हेप्ने प्रविधि छ । यो यहाँ मात्र नभएर अन्य राष्ट्रहरुमा पनि देख्न पाईन्छ । यहाँ पनि अबुधावी पुलीसका नेपालीहरुले अन्य जो नेपालीहरु तल्लो स्तरमा कार्य गर्दछन् जसको तलव थोरै छ उनिहरुलाई हेप्ने, आफ्नो धाक, रवाफ देखाउने गरेको र दोहोरी साँझमा यिनै नेपालीहरु बढि जाने गरेको एक जना नेपालीले बताए । सबै जना एकै हुन्छन् भन्ने छैन पुलीस भित्र धेरै राम्रा ब्यक्तिहरु पनि छन् जसलाई आँखामा राख्दा पनि बिझाउदैनन् तिनीहरुलाई समेत दाग लागेको एक पुराना अवुधाबी पुलीसमा कार्यरत नेपालीले बताए । हर्ेर्नुहोस् आजकल त बाहिर निस्केर हिड्दा र परिचय गर्दा अवुधाबी पुलीसमा भन्नसाथ तपाई जस्तो ब्यक्ति पनि अबुधावी पुलीसमा भनेर भन्ने गर्दछन् । अन्य कम्पनीका नेपालीहरुले अबुधावी पुलीसका भन्नासाथ घृणा गर्दछन् कारण उनिहरुको धाक, रफाव र झगौडेपनले ।
छोरा, श्रीमान्ले विदेशबाट कहिले पैसा पठाउलान् र घर ब्यवहार मिलाउला भनेर पर्खिबसेका आफन्तहरुको वास्ता नगरी यस्ता नेपाली लोक दोहारी साँझको नाममा बिक्रृति फैलाएका दोहोरी साँझमा गई पैसाको खोलो बगाउने गरेका छन् नेपालीहरु । एक आपसमा रक्सी खाई नेपाली नेपाली बिच झै झगडा गर्न समेत पछि पर्दैनन् । प्रवासमा नेपालीहरुमा एक आपसमा आईपरेको दुःखमा साथ दिनु त कहाँ हो कहाँ एक आपसमा रिस रागले कुटाकुट गर्दछन् । बेलुका देखि बिहान ४ बजेसम्म रक्सीको तालमा त्यहि दोहोरी साँझमा रमेका हुन्छन् । लोक दोहोरी साँझमा हजारौ दिराहाम्स खर्च गर्न पछि पर्दैनन् तर आपत विपत परेका नेपालीहरुलाई दश दिराहाम्स सहयोग गर्न आनाकानी गर्दछन् नेपालीहरु । चाहे नेपाली लोक दोहोरी साँझ होस् या अन्य कुनै होटल जहाँ गए पनि नेपालीहरुले आफ्नो बानीलाई त्याग्दैनन् । नेपालीहरु र अन्य देशका नागरिकहरुमा आकाश पातलको फरक पाईन्छ । अबुधावीमा मात्र नभएर यू.र्एर्.इका अन्य क्षेत्रमा पनि नेपालीहरु जाँड रक्सी खाएर बवाल गरेका घटनाहरु ताजाँ छन् । केहि समय पहिला सारजाहको एक रेष्टुरेण्टमा केटीको निहुँमा रक्सीकै तालमा भनाभन हुँदै कुटाकुट सम्म भएको र आफै पुलीसमा रिपोर्ट गर्न जाँदा आफैलाई पुलीसले समातेको थियो । अझै ति नेपाली पुलीसको कटघारमा कालो दिन बिताईरहेका छन् । यस्ता घटनाहरु त नेपालीहरुकोलागि सामान्य भईसकेको छ । जनवरी १८, २००७ बिहिवारको दिन पनि उक्त लोक दोहोरी साँझमा नेपालीहरुको जमघट भईनै रहयो । रक्सी खानेले खाए, नाच्नेले नाचे, अन्तमा एक जना अुबधावी पुलिसमा कार्यरत नेपाली रक्सी खाँदा खादै अतेच अबस्थामा साथीको साथमा बिहान कोठामा पुगे । बिस्तारै नसाले दिमागमा असर पुर्याउन थालेको रहेछ । एकैक्षण पछि उनि बेहोस भए र अस्पताल लैजानु पर्ने भयो । पुलीस अस्पतालमा लगेपछि त्यहाँ नसकेर खालिफा अस्पतामा पर्ठाईदियो । डक्टरले साँचो कुरा भन्ने हो भने मात्र उसको अप्रेशन हुने तत्र नहुने बताएपछि अलि अलि रक्सी खाएको बताए । डाक्टरको भनाई अनुसार उक्त ब्यक्तिको दिमागमा रक्सी -अल्कोहल) को मात्रा अलि अलि होईन बढि मात्रमा भएको कारण रगत जमेको छ र अझै उ पर्ूण्ा नशामा छ उसले धेरै अल्कोहल सेवन गरेको छ । उसको अवस्था धेरै डरलाग्दो छ । बाच्न पनि सक्छ जान पनि सक्छ भन्दा सँगै गएका साथीले उसले नरम डि्रङ्क लिएको बताए । डक्टरले तुरुन्त अप्रेशन गर्नुपर्ने भनेपछि आफन्तहरु कोहि पनि नभएकोले सँगै गएका नेपालीनै साँची बसी मेजर अप्रेशन गरको र अप्रेशन सफल भएको बताए । तर आज १०-११ दिन सम्म पनि ति नेपालीको होस आएको छैन । अस्पतालमा भेटेर आउने ब्यक्तिहरुले उनको आधा शरिर चल्ने आधा नचल्ने भएको बताए । उनी अझै अचेत अवस्थामा अस्पतालको शैयामा बसेका छन् । आफ्नो घर परिवार देखि सात समुन्द्रपार हुँदा घर परिवारको यादले सताउँछ र कहिलेकाहि रङ्ग रसिलो गर्नु पनि पर्दछ तर रङ्ग रसिलो गर्ने भन्दैमा बाहिर गई अचेत अवस्था हुँदासम्म जाँड रक्सी खाने एक आपसमा झगडा गर्ने गर्नु हामी नेपालीहरुको लागि अति घिनलाग्दो कुरा हो । प्रवासमा हामी नेपालीहरु मात्र छैनौ अन्य देशका नागरिकहरु पनि छन्, उनिहरुको पनि विभिन्न बार, डान्स क्लबहरु छन् तर उनिहरु कहिल्यै यसरी खाएर एक आपसमा झै झगडा गर्दैनन् । हामी नेपालीहरुको मात्र बानी यस्तो किन - चाहे दोहोरी साँझ होस् या डान्स क्लव नेपालीहरु नशाको तालमा बबाल गर्दछन् र आफ्नो बर्ेइज्यत आफै गर्दछन् ।
रक्सी, केटी, बार, डान्सको मात्र नभएर यू.र्एर्.इमा नेपालीहरुको अर्को माध्ययमबाट पनि नेपालीहरुकोर् इज्जयत गुमाउन बाध्य छन् । ४-५ बर्षएउटा कम्पनीमा काम गर्र्यो अनि बैंक बाट जति सकिन्छ ऋण लियो ऋण तिर्दै नतिरी टाप नेपाल । अवस्य पनि यसरी अरुलाई ठगेको रकमले भविश्यमा भित्र भित्र पोल्ने छ र राम्रो काम गर्न पनि सकिने छैन । मिहिनेतले कमाएको धन प्यारो हुन्छ अरुलाई ठगेर कमाएको धन फुस्स हुन्छ । आजकल इमान्दारी नेपालीहरुले बैंकबाट लोन लिन खोज्दा पनि पहिलाका नेपालीहरुले गर्दा नपाएको गुनासो पोख्दछन् । यू.र्एर्.इ.का केहि बैंकहरुले नेपालीहरुलाई ब्ल्याक लिस्टमा पनि राखिसकेको छ । एक नेपालीले गर्दा साह्रा नेपालीको छबीमा दाग लागेको छ । नेपालीहरु अन्य देशका भन्दार् इमान्दारी, मिहिनेती र जेहेन्दारी हुन्छन् भन्नेमा विश्वस्त छन् र भविश्यमा अझै नेपालीहरु भित्राउने जमर्को गरिरहेको छ यहाँको श्रम बजारले तर यस्तै कार्यहरु गर्दै जाने हो भने के अब नेपालीहरुलाईर् इमान्दारी, मिहिनेति र जेहन्दारी कामदार भन्न सुहाउला - बेलैमा हामी सबै सचेत हुने बेला आएको छ । हामीले गर्दा अब आउने नेपालीको छबीमा दाग नलागोस् । कैयौ नेपालीहरु बैंकबाट लोन झिकेर भ्याकेशन जाने र नआउने योजनामा छन् होला । एक पटक सोच्नुहोस् धन भनेको हातको मैला हो आज छ भोली छैन तर्रर् इज्जयत भनेको एक पटक गुमेपछि फेरी फेरी पाउन गाह्रो हुन्छ । कतै तपाई हामीको योजनाले गर्दा अब आउने पिढीका नेपालीहरुको छबीमा र नेपाल राष्ट्रलाईनै दाग त लाग्दैन ! हामी सबै प्रवासी नेपालीहरुले सोच्ने बेला आएको छ । हामी आफैले आफ्नै बर्ेइज्यत नगरौ । हो केहि दिनको लागि उ सबैको प्यारो होला पैसा लिएर गए पछि तर पछि यस्तो कार्य थाहा पाएमा सबैको नजरमा गिर्न बाध्य हुनेछ । प्रवासमा बसेका नेपालीहरुको यस्तो चालले अन्य नेपालीहरुलाई पनि दाग लाग्नेमा दुइमत छैन । यि माथिका कार्यहरु नेपाली दूतावासले चाहेर पनि हस्तक्षेप बन्द गर्न सक्दैन । यहाँको कानून अनुसार स्थापना भएका नेपाली लोक दोहोरी साँझ, बारहरुलाई बन्द गर्न यहाँकै कानून अनुसार जानुपर्ने अप्ठयारो बाध्यता छ । बैंकहरुबाट लोन लिएर गएपछि नफर्केका नेपालीहरुको बारेमा दूतावासमा खवर गर्दछन् र दूतावासले बैंकको ऋण लिएर गएका ब्यक्तिहरुको नामलिस्ट निकाल्दा उल्टै दूतावासलाई हपार्ने गरेको देखिन्छन् । दूतावासले त केवल प्रकृयामात्र पुराएको जस्तो लाग्छ ।
मलाई यो माथीको घटना लेख्नलाई अति दुख लागिरहेको छ । आफैले आफैको बर्ेइज्यत गर्दै छु । मैले कसैको ब्यक्तिगत चरित्र हत्या गर्न खोजेको होईन यि माथिका घटनाहरुलाई जस्ले अध्ययन गरेर सुक्ष्म तरिकाले लिन्छ अवस्य पनि उस्ले केहि ज्ञान त पाएकै हुन्छ भन्ने मलाई लागेको छ । तर्सथ मैले कुनै ब्यक्तिको नाम उल्लेख गरेको छैन । यदि यस लेखले कुनै प्रवासी नेपालीको जिवनमाथी बाधा पुग्न गएमा म क्षमा पार्थी छु । कुनै प्रतिकृयाहरु दिन चाहनुहुन्छ भने कृपया मलाई मेल गर्नुहोला ।
kn_paudyal@yahoo.com














Thank you my friend !
thank you so much for your article. It’s very important for Nepalese who have enough money in their sence. They don’t have enough money but they have enough time to spent money in their every steps . I think it will be more effective for all of them. Thank you so much once again for it.
Comment by damodar nepal — परिवर्तन नेपाल, February 4, 2007 5:25 pm @ 5:25 pm
Khem ji, Thank You Very much for your article. I have the same experience in the so called “Nepali Bar” in one the the Star hotel in Dubai, Where Nepalese from Dubai and other emirates are visiting and wasting the hard-earned money. During the Thursdays the Bar is full of Nepalese and the Bar often plays the Nepalese Remix numbers. It is very sad to see the Nepalese Girls dancing semi-nude in the Patriotic Song ” RATO RA CHANDRA SURYA”. Hope u will be reporting on that also.
Thank U very much
Comment by Manose — परिवर्तन नेपाल, February 5, 2007 9:06 pm @ 9:06 pm
Khem ji, Thank You Very much for your article. I have the same experience in the so called “Nepali Bar” in one the the Star hotel in Dubai, Where Nepalese from Dubai and other emirates are visiting and wasting the hard-earned money. During the Thursdays the Bar is full of Nepalese and the Bar often plays the Nepalese Remix numbers. It is very sad to see the Nepalese Girls dancing semi-nude in the Patriotic Song ” RATO RA CHANDRA SURYA”. Hope u will be reporting on that also.
Thank U very much
Comment by Manose — परिवर्तन नेपाल, February 5, 2007 9:08 pm @ 9:08 pm
Khem ji, Thank You Very much for your article. I have the same experience in the so called “Nepali Bar” in one the the Star hotel in Dubai, Where Nepalese from Dubai and other emirates are visiting and wasting the hard-earned money. During the Thursdays the Bar is full of Nepalese and the Bar often plays the Nepalese Remix numbers. It is very sad to see the Nepalese Girls dancing semi-nude in the Patriotic Song ” RATO RA CHANDRA SURYA”. Hope u will be reporting on that also.
Thank U very much
Comment by Manose — परिवर्तन नेपाल, February 5, 2007 9:10 pm @ 9:10 pm