साच्चैनै नेपालको झझल्को मेटाउँदो रहेछ फुजेराले । -यात्रा स्मरण)
हिमालको काख, पहाडको फेदी, नदिको किनारमा हुँकेका हामी प्रवासी नेपालीहरु मरुभूमिको बिचमा कतै अग्लो पहाड देखिएमा पनि अचम्म मान्दैनौ तर अनकन्टार मरुभूमी जहाँ यस्ता स्थान छन् भनेर कल्पना पनि गर्न नसकिने ठाउँमा पुग्दा भने अचम्मै लाग्दो रहेछ । जब देश छोडेर विदेश पलायन हुन्छौ त्यहाँ देखि हाम्रो प्रवसी यात्रा सुरु हुन्छ । अवस्य पनि प्रवासी यात्रा अति कष्टमय हुन्छ र अविस्मरणिय पनि । एक्लो यात्रा भन्दा पनि साथीभाइहरुसँगको यात्रा कहिल्यै भुल्न सकिदैन । अझै नयाँ साथीहरु र नयाँ ठाउँको यात्राको अनुभव बेग्लै खालको हुने गर्दछ । धेरै पटक प्रवासमा यात्रा गर्ने मौका पाएको थिए तर यस पटकको यात्राले मलाई मेरै गाउँघरको झझल्को मेर्टाई दियो । त्यो हरियाली पहाड, छम छम बग्ने झरना, ताजा फलफुल तरकारी, हरीयो फाँटमा गाई, बाख्रा चराउन जाँदाको अनुभव यस पटकको यात्राको समयमा पाए । लामो प्रवासको बर्साईपछि दुवई हप्ताको मात्र नेपाल बर्साई र फेरी प्रवासी यात्रामा निस्केर आउँदा मन त्यसै कुडिएको थियो तर यसपालीको यात्राले सबै विर्सादियो ।
धेरै समय भएको थियो यात्राको बारेमा कलम नचलाएको यस पटक त सुखै पाईन । यू.र्एर्.इमा आएको लगभग ५ महिना पुरा भयो यस अवधिमा धेरै पटक प्रवासी यात्रामा निस्किए । यस्तै फेव्रवरी महिनाको २ तारिक २००७ को बिहानीको झुल्के घामको प्रकाश पृथ्वीमा नछरिदै कोठाबाट बाहिरिए । अफिस बिदा भएको कारणले सडकमा गाडीको त्यति ताँती थिएनन् । सधै चौवाटो क्रस गर्न धौ धौ हुन्थ्यो तर आज भएन सजिलै पार गरे । ट्याक्सी रोक्ने स्थानमा गएर गाडीको प्रतिक्षामा बसे । बिहानी पख आकाशमा कालो बादल मडारीरहेको थियो । अचम्म लाग्ने गर्दथ्यो यो मरुभूमिमा यस्तो मौशम देख्दा । फाट्ट फुट्ट पानीका थोपाले बिहानीको स्वच्छ सुन्दर मौशमलाई अझै रमणिय बनाएको थियो । करिब आधा घण्टाको पट्यार लाग्दो पर्खाईपछि मात्र नेपाली समाज केन्द्रिय समितिका अध्यक्ष रामेश्वर साह र सदस्य लक्ष्मण सापकोटा आईपुग्नु भयो ।
पहिलानै अबुधावी देखि दुवई र दुवई देखि फुजेरा सम्मको हाम्रो यात्रा तय भएको थियो । अधुबावी देखि दुवईसम्म त महिनाको दुवई तिन पटक ओहोर दोहोर हुने गर्दथ्यो तर फुजेरा भन्ने स्थानमा म पुगेको थिईन । साथीहरुले केहि क्षण भएतापनि नेपालको याद दिलाउने ठाउँ फुजेरा भएको बर्ण्र्ाागर्नु भएको थियो । गाडीको गति अति त्रि्र थियो बाहिरी वातावरण सुन्दर सान्त देखिन्थ्यो बिहानीको तेजिलो घामको किरणले वातावरणलाई अझै आकार्ष बनाएको थियो । टाढा टाढा सम्म पनि हरियाली फाँटहरु देखिन्थे साच्चैनै अन्य गल्फ देशहरुमा भन्दा यू.ए.इमा कृतिम होस् या प्राकृतिक धेरै ठाउँमा घना जंगलजस्तै हरीयाली देख्न सकिन्छ । दुवई नजिकैबाट नेपाली समाजका उपाध्यक्ष राजेन्द्र देवकोटा, महासचिव यमलाल पगेनी, सदस्य सुनिल पगेनी, तर्क बहादुर कटुवालाहरु पनि सँगै भयौ । दुवईबाट हामी फुजेरा तर्फलाग्यौ बाटोमा एक आपसमा कुराकानी गर्दै अगाडी बढ्यौ । पहिलो पटक लामो यात्रामा निस्केको हुनाले बाहिरी दृश्यहरुको अवलोकन गर्न ज्यादै आनन्द आईरहेको थियो ।
दुवई, अबुधावी र सारजाह ठुला ठुला भवनहरुले छपक्कै ढाकिएको हुँदा गल्फ देशको नाम निसान पनि थिएन । जव दुवईबाट फुजेराको यात्रामा यात्रा गर्दा मात्र यू.ए.इ पनि गल्फ देशनै रहेछ है भन्ने भान हुन्थ्यो । टाढा टाढा सम्म रातो बालुवामाथी भर्खरै रोपिएका सल्ला धुपीका बोटहरुजस्तै झुप्प झुप्प हरीयाली देखिन्थ्यो । बिच बिचमा बाख्रा, उँटहरुको बासस्थान र सानो बस्तीहरु देखिन्थे । साउदी अरबको अनाकन्टर बालुवाको मरुभूमिमा लामो समय विताएको हुनाले यहाँ पनि यस्तै होला भन्ने सोचेको थिए तर यहाँ धेरै फरक रहेछ मरुभूमि भएतापनि यहाँको माटो केहि मात्रमा मलिलो भएको लाग्यो त्यसैले रातो बालुवाको अनकन्टार मरुभूमिमा पनि हरिया बोटहरु देखिन्थे । मौशमले पनि साथ दिएको थियो ।
फेव्रवरी महिना भएको हुनाले त्यति गर्मि पनि थिएन र जाडो पनि । गल्फ देशहरुमा डिसेम्वर, देखि मार्च सम्म केहिमात्रमा चिसै हुन्छ आकाशमा कालो बादल देख्न सकिन्छ । त्यो दिन पनि आकासमा कालो बादल मडारीरहेको थियो । गाडी भित्र नेपाली समाज अर्न्तर्गतका सबै पदाधिकारीहरु भएको हुनाले सामान्य छलफल चलिरहेको थियो । म मात्र त्यहाँ फाल्टु थिए मैले छलफललाई भन्दा पनि बाहिरी दृश्यलाई बढि ध्यान दिएको थिए ।
जब हामी फुजेराको क्षेत्रमा प्रवेश गर्यौ त्यसपछि नेपालमा प्रवेश गरेझै लाग्यो । टाढा टाढा सम्म चटक्क मिलेका पहाडहरु सुख्खा पहाड भएतापनि टाढाबाट हर्ेदा हरियाली जस्तो हरियो देखिन्थ्यो । एक पहाडबाट अर्को पहाडमा ठुला ठुला बिजुलीका खम्बाहरु, रोडको छेउछाउमा नेपालमा झै स-साना झुपडीहरु वरीपरि हरियो तरकारी, झुपडी देखि केहि टाढा सानो -नेपालमा गोठ) घरमा बाख्रा, उँट, घोडा आदि, आहाँ कति रमाइलो साच्चैनै मलाई त नेपालको पोखराको भ्रमणमा गए जस्तो अनुभव भयो । जति अगाडी गयो त्यति रमाइलो, एक ठाउँमा त भर्खरै चमरा र जुगाँ निकालेका मकै देख्दा त असार सावणको याद दिलायो । अहिलेको समय नेपालमा सुख्खा समय हो तर त्यहाँको वातावरणले असार सावणलाई भुलाईदिने । हामीले टाढाबाट देखिएको पहाडलाई थिचोल्दै अगाडी बढ्यौ । पहाडको बिच भागमा दुवै तिर पहाड तर बिचमा खोल्सी रहेछ त्यहि बाटो हुँदै हामी अगाड बढ्यौ त्यो ठाउँले हामीलाई मुगलिङको सम्झना गर्राईरहेको थियो । हरियाली ताजा तरकारी, फलफुल फाट्ट फुट्ट होटल, छेउ छाउमा गाडी पार्किङ्ग अलि पर गए पछि नारायणघाट र पोखरा जाने जस्तो बाटो अझै पर त्रिसुली नदी र मर्स्याङदी नदीको दोभान, पानी छङ्ग छङ्ग बगेको नै हो कि जस्तो लाग्ने खोल्सी तर खोल्सी भने सुख्खा थियो । लगातार पानी परेको बेलामा सानो नदीको आकार लिदो रहेछ यहाँ पनि । एकैक्षण गाडी रोकेर वरीपरी हेर्ने धोका थियो तर समयले हामीलाई साथ दिईराखेको थिएन । हामी बेलैमा फुजेरा पुग्नु पर्ने थियो । साथीहरुले बिहानीको चिया नास्ता पनि गर्नु भएको थिएन । हाम्रो गन्तब्य स्थान पुग्नकोलागि धेरै समय पनि थिएन । दुवै तिरका पहाडको खोचै खोच हामी अगाडी गयौ जति अगाडी गयो त्यति पहाड बल्ल नजिकैबाट पहाडको अवलोकन गर्ने अवसर पायौं । कडा चट्टानबाट बनेका ठुला ठुला पहाडहरु रहेछन् ।
पहाडको तल हरियो घाँस , बावियो, सिरु, आदि जस्तै देखिन्थ्यो, कतै कतै बाख्रा, उँटहरु चरिरहेको देखिन्थ्यो भने कतै कतै गाडी तल पार्किङ्ग गरेर रमाईलो मान्दै विदेशीहरु पहाडको आधाभागमा पुगेर फोटा खिचाउँदै गरेको देखिन्थ्यो । हामी अझै अगाडी बढ्यौ वरीपरी पहाड तर बिचमा समतल भु-भाग, नेपालको पोखरा उपत्यका छिरेझै लाग्यो, हामी फुजेरा प्रान्तमा प्रवेश गरीसकेका रहेछौ । त्यहाँ एक जना नेपालीलाई सर्म्पर्क गरी फुजेर टावरमा भेट हुने भन्यौ उहाँ फुजेर टावरमानै काम गर्नुहुदो रहेछ । आहा कति रमाइलो ठाउँ, उहाँलाई भेट्दा साथ तपाईहरु त धेरै रमाइलो ठाउँमा बस्नु भएको रहेछ । साच्चैनै नेपालकै कुनै एक उपत्यकामा बसेको जस्तो लाग्ने ।
हामी उहाँलाई भेटीसकेपछि नजिकै एक होटेलमा पुग्यौ त्यहाँ दुतावासबाट पाल्नु भएका का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठ र दुतावास परिवारसँग भेट भयो । हामी होटलको माथिल्लो तलामा गयौ । एक जना नेपाली हुनुहुदो रहेछ जेनेरल म्यानेजरको रुपमा कार्यरत । उहाँलाई भेटेपछि पोखराको लेकर्साईडको होटलमा पुगेझै लाग्यो । केहि क्षण परिचयमा ब्यस्त भईयो उहाँ भर्खरै नेपालबाट छुट्टी बिताएर आउनु भएको रहेछ । होटलमा करिब ४० जना जति नेपालीहरु हुनुहुदो रहेछन् , कुक, वेटर देखि लिएर अन्य टे्रडहरुमा पनि । खाना खाँदा नेपालकै स्वादको जस्तो लाग्यो । जे होस् कुकमा कार्यरत नेपालीले नेपालीपन पनि मिर्साईदिनु भएको रहेछ । खाना खाईसकेपछि बाहिरको दृश्य हेन हामी नजिकैको बालकोनीतिर लाग्यौ साच्चैनै पोखराकै झ-झल्को मेर्टाईदियो । केहि पर पहाडको बिचमा समुन्द्र रहेछ कता कता फेवातालको चिसो सिरेटो चलेझै लाग्यो । वरी परी पहाड बिचमा नेपालका जस्तै होचा घर । यहाँ दुवई, अबुधावी, र अन्य प्रान्तमा जस्तो गगनचुम्बी भवनहरु रहेनछन् । सवैभन्दा अग्लो फुजेरा टावर रहेछ । त्यसठाउँबाट एक पाहिला पनि चल्न मन लागेन तर साथीहरुले ढिला भयो जाउँ भनिरहनु भएको थियो ।
त्यसपछि हामी सानो कार्यक्रममा सामोल भयौ फुजेरामा अवस्थित नेपालीहरु खुल्ला वातावरणमा दूतावास समक्ष आफ्ना समस्याहरु राख्न पाउँदा ज्यादै खुशी देखिन्थे । हप्तौ दिन लाग्ने पार्सवर्ट नविकरण आज एकै क्षणमा हुँदा अझै खुशी देखिन्थे र एक आपसमा आफ्नो पार्सवर्टको म्याद कति सम्म छ भनेर कानाखुशी गरेको देखिन्थ्यो । त्यहाँ उपस्थित अधिकांश नेपालीहरले छोटकरीमा दूतावासमा समस्याहरु राखेका थिए र दूतावासबाट पनि सटिकरुपमा त्यसको प्रतिउत्तर आएको थियो । भित्री वातावरणमा रुमल्लिदै गर्दा बाहिर सिम सिम पानी परेको थियो । आहा कस्तो रमाइलो आकाशमा बादल देख्न पाको छैन जमीनमा पानी ठ्याक्कै पोखराकै जस्तै । पानी परेको दृश्य हेन म कार्यक्रम हल छोडेर बाहीर आए । केहि क्षणको बषर्ा पछि फेरी साम्य भयो । कार्यक्रमको अन्त्य पछि हामी सबै साथीहरुसँग अन्तिम परिचय गर्दै फुजेराबाट बिदाईको हात हल्लाउदै करिब दिनको ४ बजे तिर हामी हाम्रो गन्तब्य तिर लम्कियौ ।
फर्किने बेलामा फेरी फुजेरा टावरमा पुगेर हामीलाई धेरै सहयोग गर्ने दाजुलाई भेटी एक आपसमा फोटाहरु खिचाई हामी दुवई तर्फलाग्यौ । सडकमा पानी जमेको हुँदा बीच बीचमा पानीका स-साना ताल जस्ता देखिन्थे । पानी परीसकेपछिको दृश्य झन हेन लायक थियो । हामी पहिलाकै बाटो फर्कियौ । साथीहरु अब बिच बाटोमा पुगेपछि यो पहाडको मुनी बसेर फोटाहरु लिनु पर्दछ है भन्दै अगाडी गयौ । घाम बिस्तारै डाँडामाथी पुग्दै थिए । हामी सबै बिच बाटोमा ओर्लेर वरी परीको दृश्य अवलोकन गर्न थाल्यौ । कोहि साथीहरु भन्दै हुनुहुन्थ्यो जोमसोमको याद दिलायो, कोहि भन्नुहुन्थ्यो पोखरा उपत्यका, कोहि भन्नुहुन्थ्यो चितवनको चुरे पहाड सबैको आ-आफ्नै मूल्याङ्कन थियो । पहाडको मुनी बसी हामी सबैले फोटा खिच्यौ र अगाडी बढ्यौ । बिस्तारै घामले हामीलाई छोडी डाँडाबाट ओर्लदै थिए । मौशम अन्धकारमय हुँदै गयो । सडकका पहरेदारहरुले विस्तारै आँखा उघार्दै हामीलाई स्वागत गरिरहेका थिए । हामी पहिलाको ठाउँमा आईपुगेछौ जुन ठाउँ हाम्रो कल्पनामा नेपालको मुग्लिङ बनेको थियो । एक पटक ओर्लन करै लाग्यो र सडकको नजिकै गाडी पार्क गरी हामी एउटा चिया पसलमा गएर चिया खायौ र एक आपसमा आ-आफ्ना अनुभवहरु बतायौ । समयले हामीलाई पर्खेको थिएन बिस्तारै औशीको रात झैं अँधेरोले छाउन थालीसकेको थियो । प्रवासमा कहिले औशी कहिले पुणिर्मा केहि थाहा हुदैन थियो तर आज भने केहि मात्रमा थाहा भयो आकाशमा जुन थिएनन् सायद औशीको दिन सुरु भएको थियो क्यारे । अधेरै भएपनि फोटाहरु खिच्यौ र फेरी हामी हाम्रो गन्तब्य तिर लम्कियौ । जव दुवईमा प्रवेश गर्र्यौ जता हेरेपनि उज्यालो, भिड भाड, वाक्क लाग्यो । हामी करिब १० बजे दुवईको नेपाली रेष्टुरेण्टमा पुग्यौ र अन्य साथीहरुसँग बसी नास्ता खायौ । साथीहरुको आगमन रोकिएको थिएन एक दुवई जना सँग भेट्दा भेट्दै आधा रात त्यहि बितेछ । रातको १२ बजे हामी त्यहाँबाट सँगै गएका साथीहरुसँग बिदाईको हात हल्लाई तर्क बहादुर कटुवाल र म बालचन्द्र जीको कोठा तिर लाग्यौ । अरु साथीहरु आ-आफ्नो गन्तब्य तिर लाग्नु भयो । जति रमाइलो फुजेरा जाँदा भएको थियो त्यति र्फकदा भएन किनकी बाहिरी दृश्य सबै कालो रातले ढाकेको थियो ।
बन्दिपुर, तनहुँ
हाल यू.ए.इ
kn_paudyal@yahoo.com














Kati ramro story. Good.
Comment by Anuradha — परिवर्तन नेपाल, February 11, 2007 4:04 pm @ 4:04 pm
Dai sarami ramro chha yasari nai lekha haru send gardai garnu hola tapai ko pic pani kunai yak din send garnu holai hai ta bye
Comment by Bishnu Paudyal — परिवर्तन नेपाल, March 6, 2007 7:44 am @ 7:44 am
namaskar mitra malai yo website ek dammai man pariyo ho ani malai aasa chhaki i aagami
Comment by मोती राम तमाङ — परिवर्तन नेपाल, April 25, 2007 8:07 pm @ 8:07 pm