:: आफ्नै कुरा : : May : : 2007
Custom Search

परिवर्तन नेपाल, May 13, 2007 3:59 pm

आफ्नै कुरा

आज धेरै समय भयो ब्लगमा समय दिन नसकेको अब भने निरन्तर दिने बिचार गरेको छु । समयले पनि त्यति साथ दिएन अहिले भने करिब आधा घण्टा समय यसको लागि छुट्ाउने बिचार गरेको छु । ब्लग चलाउनु आफैमा अति कठिनाई हो तर पनि निरन्तरता दिन नसक्दा अलि नमज्जा पनि लाग्दो रहेछ । यू.र्एर्.इमा हुने गरेका कार्यहरु त सामान्य अपडेट हुने गरेका छन् । यहाँ त कार्यक्रम पनि कति हुने हुन् बाफ रे बाफ । साउदी अरबमा एउटा कार्यक्रम गर्न जंगल अथवा मरुभूमिको बिचमा लुकेर गर्नु पर्ने तितो अनुभव छ । त्यहाँ त न नेपालबाट कलाकारहरु झिकाउन सकिने कस्तो खालको नियम बा । त्यहि भएका कलाकारहरुले पनि कला देखाउन कति कठिनाई । यहाँ लगभग म आएको ९ महिनामा करिब १०, १२ वटा नेपाली सास्कृतिक कार्यक्रमहरुमा भाग लिने मौका पाए । कलाकारहरु पनि कति हुन् बाफ रे बाफ एक से एक रहेछन् । नृत्य, गायक, बाध्यवाधन जे खोजे पनि पाईने यहाँ त अझै जुन बिधाका कलाकार चाहे पनि विदेशमानै उपलब्ध हुने । यति हुँदा हुदै पनि यहाँ नेपालबाट कलाकार झिकाएर गर्ने कार्यक्रमहरु एक किसिमको प्रतिस्प्रधा जस्तै हुदो रहेछ । मलाई त ज्यादै रमाईलो पनि लाग्यो नेपालमा भेट्न नपाईने कलाकारहरुलाई यहाँ प्रत्यक्ष भेट्न पाईने । फेरी यहाँ तिन वटा ठुला कार्यक्रमहरु हुँदैछन् । जुन ८ मा र्राईहरुले करिब ४ जना जति प्रख्यात कलाकारहरु ल्याएर कार्यक्रम गर्दै छन् भने जुन १४ मा अझ सम्म यू.र्एर्.इमा नआएका कलाकारहरु आएर मनोरञ्जन दिदै छन् । निखिल उप्रेती, जिवन शर्मा, हेमन्त शर्मा भगवान भण्डारी, राजु परिवार जस्ता ख्यात्रि्राप्त कलाकारहरु आउदै छन् । यो मौका पनि गुमाउन त भएन । अनि यू.र्एर्.इमा रहनुहुने तपाईहरुले पनि यो मौका नगुमाउनुहोस् है । प्रवासमा छदा कामको थकावटबाट केहि मात्रमा भए पनि मनोरञ्जन लिनु राम्रो हो । रक्सी जाँड, रण्डीमा पैसा वगाउनु भन्दा यस्तै महिनाको एक एक पकट नेपालबाट झिकाएर गरीने कार्यक्रममा गई मनोरञ्जन लिनुनै बेस होला ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2007/05/13/p612/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker