चण्डी पूर्णीमा सांस्कृतिक साँझ २०६४ सम्पन्न
यू.ए इ किरात र्राई यायोख्खा यूएइको आयोजनामा यही ०८ जुन २००७ का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा चण्डी पूर्णीमा सांस्कृतिक साँझ सम्पन्न भयो ।
बेलुकी करिब आठ बजे सुरु भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता यूएइका लागि का.वा. राजदूत श्री मोहनकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।
साथै अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
किरात र्राईहरुको आफ्नै भेषभुषा तथा सस्कृतिको जगर्ेना गर्दै परम्परागत नृत्य चण्डी नाचबाट कार्यक्रम सुरु भएको थियो । प्रवासमा रहदै आएका र विभिन्न स्टेज सोहरुमा आफ्नो प्रस्तुती र आकर्ष नृत्य देखाई सकेका सरस्वती तामाङ्ग, दिपा गुरुङ्ग देबी तामाङ्ग, योगेन गुरुङ्ग, सुनिता तामाङ्ग, सागर रेग्मी आदि कलाकारहरुको नृत्यले कार्यक्रमलाई अति आकर्ष बनाएको थियो ।
यू.र्एर्.इमा आफ्नो छुट्टै पहिचान गराउन सफल र यू.र्एर्.इमा पहिलो पटक स्थापना भएको एडी ब्याण्ड अर्थात अबुधावी ब्याण्डले यू.र्एर्.इमा हुने विभिन्न कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाएर बेग्लैखालको मनोरञ्जन दिदै आएको र्सवविदितै छ ।
उक्त ब्याण्डका जोशिला युवा कलाकारहरु आशिश राइको “वैशालु जोवनममा होस कहाँ हुन्छ र, मायाँलुको अंगालोनै सबैथोक बन्छ”, सरोज भट्टर्राईको “छुदैन त्रि्रो मायाँले”, र “वारीपारी गाउभरी हल्ला छ”, राजन श्रेष्ठको आँखाभरी गितको बोल तथा रोशन लामा, सुमन सिलुवाल, शुनिल श्रेष्ठ, लाकछिरिङ्ग सर्ेपाको वाध्यवादन प्रस्तुतिले दर्शकहरुलाई भरपर्ूण्ा मनोरञ्जन दिनुका साथै छमछम्ती नचाउन बाध्य बनाएको थियो ।
स्वदेशमा तथा विदेशमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका ज्ञान लामाको दर्ुइवटा आफ्नै एल्वमको गितले दर्शकहरुलाई बंगलामुखीको याद दिलाईदिएको थियो र सबै दर्शकहरु १,२, ३ गर्दै गितको तालमा ताल मिलाउदै नाचिरहेका देखिन्थे भने गायक निर्वाचन र्राई र रमेश र्राईको गितले दर्शकहरुलाई भावुक वनाएको थियो ।
हलमा खचाखच दर्शकहरु स्वदेश तथा विदेशका नेपालीहरुका मुटुको ढुकढुकी बन्न सफल भएका कलाकारहरुको आगमनको प्रतिक्षामा थिए । उक्त कार्यक्रमको लागि भनेर नेपालबाट आउनु भएका आभा मुकारुङ्गले “कता हिडेको”, “कालीपारे दार्इ”, तथा तामाङ्ग सेलोका गितहरु प्रस्तु गर्दा दर्शकहरुको ताली र सिठीले हललाई गुञ्जयमान बनाएको थियो र वान्स मोरका झटाराहरु आईरहेका थिए ।
दर्शकहरु अझै अरु कसैलाई प्रतिक्षा गरिहेको जस्तो देखिन्थ्यो । दर्शकहरुको मासबाट राजेशपायल र्राई भन्दै चिच्चाएका आवाजले राजेशपायल र्राईलाई स्टेजमा आउन बाध्य बनाएको थियो । राजेशपायल र्राईले पहिलो प्रस्तुतिमै दर्शकहरुलाई जोक सुनाएर मनोरञ्जन दिलाएका थिए र दर्शकहरु सधै सुरिलो गितको मात्र आनन्द लिईरहेका तर आज आफ्नै अगाडी ति सुरिला स्वरका धनी कलाकारलाई नियाल्न पाउँदा सबै झम्टीनै जाउँ जस्तै देखिन्थे । दर्शकहरुको भिडलाई थाम्न त्यहाँ कार्यरत सुरक्षा गार्डहरुपनि हम्मे हम्मे परेका थिए ।
राजेशपायल र्राईको अति लोकप्रिय गित “बैगुनी रैछौ मायाँलु” गित प्रस्तुत गर्दा प्रवासमा रहेका नेपालीहरु आफ्नो मायाँलाई सम्झेर साच्चैनै बैगुनीनै रैछौ क्ायरे भन्ने मनमा चिसो परेको आभास भएको थियो । गित प्रस्तुत हुँदा दर्शकहरु कोहि गितको तालमा थिए भने कोहि हात हल्लाउदै राजेशपायल र्राईलाई जोस बर्ढाईरहेका थिए । पछाडीबाट हर्ेदा महिला जस्तै देखिने गरी कपाल पालेका राजेशपायल र्राईको प्रस्तुतीले दर्शकहरुलाई भरपर्ूण्ा मनोरञ्जन दिलाएको थियो ।
अर्को “सोई सोईला हर्ुरा हाहा” बोलको गित गाउँदा सम्पर्ूण्ा दर्शकहरु असारे भाकामा गित गाए जस्तै राजेशपायल र्राईलाई साथ दिईरहेका थिए । दर्शकहरुको वान्समोरको चिच्याहटले राजेशपायल र्राईलाई फेरी स्टेजमा आउन करै लागेको थियो । उनले आभा मुकारुङ्गसँग दर्ुइ वटा तामाङ्ग सेलो गित पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सम्पर्ूण्ा कलाकारहरु, आयोजक तथा अन्य पाहुनाहरु स्टेजमा र्राईहरुको चण्डी नाच नाच्दै फेरी अर्को चण्डी पुणिर्मामा भेट हुने वाचाका साथ अन्त्य भएको थियो ।
उक्त कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम करिब रातको ८ बजे सुरु भएर ११ः३० बजे सकिएको थियो । उक्त कार्यक्रम वेस्टन युनियन मनि ट्रान्सफर, युनिभर्सल मनि ट्रान्सफर, द विग वक रेष्टुरेण्टले प्रायोजन गरेको थियो भने मिडिया सपोर्ट नेेपालदर्ुवई डट् कम्ले गरेको थियो ।














yesari hamro parampara ra sanskritilai jogauna yogdan garnu hune sampurna rai dajubhai tatha anny mahanubhabharuma macau basi rai pariwarbata dhanybad.
Comment by top bahadur rai — परिवर्तन नेपाल, January 29, 2008 4:29 pm @ 4:29 pm