:: केही दिनको बर्षाले खाडीमा चिसो बढ्यो : : January : : 2008
Custom Search

परिवर्तन नेपाल, January 17, 2008 8:09 am

केही दिनको बर्षाले खाडीमा चिसो बढ्यो

नेपालको लागि आकाशे पानी पर्नु भनेको नौलो कुरा होईन तर खाडी देशमा बर्षको १ पटक मात्र पानी पर्नाले नौलो लाग्छ अफिसबाट बाहिर आई पानी परेको दृश्य अवलोकन गर्न मन लाग्छ ।

यस्तै भयो वितेको हप्ता करिव ३ दिन सम्म लगातार सिम सिमे पानी पर्यो यूएईको अबुधावीमा । के तपाईहरु पत्याउनुहुन्छ यसरी लगातार ३ दिन सम्म खाडीमा सिम सिमे पानी परेको भन्दा ।
हो जनवरीको दोश्रो साता देखी यूएईका विभिन्न क्षेत्रमा पानी पर्न सुरु गरेको थियो जसको कारणले बाहिरी वातावरणमा केही परिवर्तन गरिदिएको छ ।

यूएईमा मात्र नभएर साउदी अरब लगायत अन्य गल्फ देशहरुमा पनि मानी परिरहेको छ यो समयमा । मुश्किलले बर्षको १ पटक मात्र पानी पर्ने गल्फ देशहरुमा जनवरी देखी मार्च सम्म फाट् फुट् पानी परिरहन्छ । पहिलाको तुलनामा हरेक बर्ष पानी केही बढतानै परेको यहाँ रहेका पुराना विदेशीहरुले बताउछन् । कारण यहाँ बन्दै गएका कृतिम हरियालीहरुले गर्दा ।

केही दिनको भारी बर्षाको कारण अति प्रचण्ड गर्मि भईरहेने ठाउँम हल्का चिसोको महसुस गरिएको छ । बिहान बेलुका सडकका पेटीमा ओहोर दोहोर गर्दा नेपालको झ झल्को मेटाईदिएको छ भने सडकका पेटीहरुमा जमेको पानीले हल्का नेपालको याद दिलाईदिएको छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/01/17/p631/trackback/

  1. khanks

    Comment by KHIMLAL — परिवर्तन नेपाल, January 28, 2008 4:42 pm @ 4:42 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker