:: के लेख्दै छु त पि्रयसीलाई इराकबाट : : April : : 2008
Custom Search

परिवर्तन नेपाल, April 6, 2008 12:19 pm

के लेख्दै छु त पि्रयसीलाई इराकबाट

यस्तै के लेख्ने कसरी शुभाम्भ गरौं भन्ने सोच्दा सोच्दौ यसरी शुरु गरे मैले यस्तै रहेछ यो जिन्दगी विछोडको पिडाले होला मेरो मन गाह्ो भईरहेको बेला पोख्ने ठाँउ नभएपछि यसैको साहारा लिए । पत्र त लेखे तर पठाउने साधनको अभावमा भैतारी रहँदा यसैलाई नै माध्यम बनाउन पुगे इमेल गरु इमेल छैन उनीको साथीलाई पठाउ जाने मान्छेलाई कसरी भनौं मेरो पि्रयसीलाई एउटा पत्र लगिदे भनेर त्यसैले होला यसैको साहाराले पुर् याउने कोशिस गरे अनि शुरु गरे लेख्न छिया-छिया छाती लिएर

पि्रय प्यारी प्रकृति

क्षितिजपारीबाट भए पनि लामो सम्´ना
मलाई भोलि केहि भए दैवले बिचैमा छोडि लगे तिमीले जिउने आधार खोज्नु ।
एकाङ्गकी यो लामो जिवन गुजार्नलाई गाह्ो होला मन मिल्ने जिवनसाथी रोज्नु ॥
सर्घर्ष गर्दा-गर्दाै उतार चडाप भोग्दा भोग्दौ बिचैमा मेरो अवशाङ्ग भए ।
तिमीले जिउने आधार खोज्नु हिड्दै जाँदा भावनालाई बु´्ने
हितकारी मान्छे भॆटे निसंकोच नाता जोड्नु ॥ मलाई भोलि केहि भए……………………


सायद गायक कर्णदासले पनि यो गित मेरै लागि गाएको हुनुपर्दछ । गितको भावनालाई हृदय देखि नै धन्यवाद दिन्छु जसले यो भावनामा डुबेर रचना गरे होलान् सायद त्यस बेला पनि रचयितालाई मलाई जस्तो नै भएको थियो होला अनि कर्णादासले गाउने क्रममा पनि रोएर नै गायका थिए होलान् । सायद तिमीले पनि यो गित सुन्ने अवसर पायौं भने मैले जस्तै हामीले बिताएका ति पलहरुको यादमा आँखाबाट आँसुका धाराहरु बगाउने छौ तर त्यति बेला तिम्रौ आँसु पुछ्ने म अगाडी हुनेछैन । सायद दैवको खेल भनै या जिन्दगीले ल्याएको परिस्थित भनौं आज तिमीबाट धेरै टाढा बम र गालीले छिया छिया भएको ठाँऊ अनि अभावै अभावबाट हिडिरहेको यो इराकमा टन्टलापुर घाम अनि पानीको अभाव सायद यस्तै लेखेको रहेछ भगवानले छौटीमा । प्रकृति तिमीलाई अनि तिम्रो शहरलाई पुष २४ गते छाडेर अर्काै विरानो अनि बेग्लै शहरमा पुगे तर मन भने तिमीमा नै थियो अनि मेरा अगाडी तिमीसँग बिताएका पलहरुको यादगार सम्´नाहरु चलचित्र सरी मेरा आँखा अगाडी आई नै रहे । तिमीसँग विताएको पलहरु एक-एक गरी मेरो आँखामा आई नै रहको थियो । तिमीले चुमेका यी मेरा हातहरु तिमीलाई समाउन अगाडी बढिरहेको हुन्थ्ो । यि मेरा आँखाहरु तिमीलाई देख्न लालायित हुन्थ्ो तर त्यो सबै सपनामा परिणत हुदा मेरा मन धरधर रुन्थे । म आफुलाई सम्हाल्न नसकेर बाथरुममा जान्थे पानी खोलेर आँखाबाट आँसुका धारा निकाल्थे तर पनि के गर्ने । जिन्दगी यो लामो यात्रा सँगै-सँगै विताउला भन्ने सोचेको मात्र के थिए सायद भागवानले पनि यो मन्जुर गरेनन् । सायद हाम्रो मायामा कतै खोट पो थियो कि । सायद हामीले माया भन्ने शब्दको परिभाषा नै थाहा पाएका थिएनौ कि पढ्न गाह्ो भईरहेको होला होईन कि तिमीले यो पत्र पाउना साथ च्यातेर त फ्याकिनै सायद सत्य सधै नै तितो हुन्छ । मलाई पनि लेख्ने बेलामा धेरै नै कष्ठ भईरहेको थियो होला कल्पना गर त । सायद आँखाबाट आँसुका धाराहरु सम्हाल्न सकिरहेको छैन त्यसैले नसकेर होला रोकिने कुरै गर्दैन । तर तिमी त आनन्दले सुत्दै हाँैली अफिसबाट घर आउदा पनि छस्किदौनौ होली । मसँग विताएका पलहरु त तिम्रोलाई कहि जस्तो पनि लागेको थिएन होला । सायद धोकाको पिडा त मलाई खान लेखेको रहेछ क्या रे । धोका भन्दा जिवनमा अरु केहि पनि नपाईएला जस्तो छ । पत्र लेख्दा सम्ममा त छिनो आराम छु भन्नु पर्ला अनि तिमी त कुशलै छै हौल्ाी होईन ।
कुरा के हो भने जब मैले आउने बेलामा आमासँग कुरा गरेको थिए तर त्यहि फोन मेरोलाई अभिसाप भयो प्रकृति मैले तिमीलाई एयारपोर्टबाट पनि फोन गरेको थिए तर तिमीले मसँग कुनै कुरा भने नगरी फोन काटिदियौ । त्यो भन्दा अगाडी मैले तिम्रो आमासँग लामो कुराकानी गरेको थिए तर यस पटक भने तिम्रो आमामा धेरै परिवर्तनहरु आएका थिए । तर पनि मैले तिमीसँग कुराकानी गरेर त्यसको समाधान निकाल्न भने नखोजेको होईन तर तिमीले कुरा नगरी फोन काटिदिए पछि सोचे विछोडको पिडाले होला बोल्न नसकेकी भन्ने लाग्यो र तिमीलाई इराकबाट असहज परिस्ििथतमा पनि फोन गरे तर तिमी उल्टै नचिनेको बाहाना गरौ अनि मेरो मुटु छिया-छिया भएर टुकि्रयो त्यत्ति बेला मैले संसार नै धुमेको अनुभव गरे मलाई त्यत्ति माया गर्ने मेरी प्रकृति आज किन परिवर्तन आखिर मैले के गल्ती गरे उनीले भयौ भन्दौमा घरमा आमासँग हामी दुईको जिन्दगीको बारेमा कुरा गरे के मैले यहि नै गल्ती गरे कि उनीले भनेका सबै कुराहरुलाई मानेर उनीलाई जिवनसाथीको रुपमा अँगाल्नु खोज्नु चाँहि मैले गल्ती गरे । प्रकृति मैले तिमीसँग गर्न खोजेको कुरा पनि आज म यसै पत्रमा गर्दैछु यसलाई पनि केहि समय निकालेर पढ ल । यति बेला भने मेरा मनहरु रुदा-रुदा थाकिसकेको छ तर पनि आँखाबाट आँसुहरुले सिरानी भने छिजेकै हुन्छ । आमाले भन्दै हुनुहुन्थ्यो कि राम तिमीसँग जति पनि प्रकृतिले दिएको चिनो छ त्यो सबै कि फ्याकिदिनु कि फिर्ता गरिदिनु अनि प्रकृतिसँग विताएका हर क्षणाहरु भुलिदिनु म पनि प्रकृतिलाई फोन गरेर तिम्रो केहि चिनो भए फ्याक्न लगाउछु । म प्रकृतिलाई अरुसंग नै विवाह गराई दिने निधोमा पुगेको छु । सायद यो बाक्यले नै मेरो जिवनमा ठूलो भुईचालॊ ल्यायो प्रकृति आमाले त्यो कुरा भन्नु भयो तब जब म कार्यलयबाट मेनपावरको अफिसमा जार्द गर्दा तर फोन भने मैले गरेको थिईन ।
प्रकृति आमा बुबा भनेको हाम्रो भगवान हुन्छन् । सायद आमाबुबाको आदेश मान्नु नै जिन्दगीमा राम्रो होला । आमाबुबाले आफ्नो छोराछोरीको लागि कहिलै पनि नराम्रो सोचेका हुदैन । तर तिम्रो त आमा भने नि बुबा भने नि त्यहि आमा हुन् । आमाका कुरालाई कहिलै पनि नकाट्नु आमाले देखाएका बाटोमा हिड्नु बाचा गर्दछु तिमीले कहिलै जिन्दगीमा दु ःख पाउने छैनौ । हेर आमा एक्लै हुनुहुन्छ मलाई थाहा छ विछोड हुनुको पिडा अनि रोदन थाहा त तिम्रो आमालाई पनि हुनुपर् यो तर तिम्रो आमाको मन त ढुंगा रहेछ अथवा आफुले भोगिसकेको भएर होला भित्रि मनहरु रुदा-रुदौ पनि बाहिरको मनलाई कडा बनाउनु भएको थियो होला । प्रकृति अन्तिममा आमालाई मेरो धेरै-धेरै सम्´ना भनि दिनु अरु कुराहरु त त्यस्तै हुन् म कम्प्यूटरमा काम गर्दछु अहिले मेरो डियूटी रातीमा छ मेरो राती नेपालको ९ बजे देखि विहान ९ बजेसम्म हुन्छ । हामीले डुयूटी भने १२ घण्टाको गर्नु पर्दछ । कामको क्रममा भुल यहाँ माफी हुदैन सिधै नेपाल पठाईदिन्छ तर मेरो भने काममा त्यत्ति मन भने लागेको छैन त्यहि पनि कोशिसमा छु । सायद कसैको याद र सम्´नालाई विर्शिन सके भने काममा मनलाग्ला कि भ्ान्ने छिनो आशाहरु रहेको छ । खानाको राम्रो व्यवस्था नभएपनि बस्नको भने राम्रो व्यवस्था छ । फोन गर्ने इच्छा हुदा-हुदौ पनि प्राविधिक समस्याहरुले गर्दा इच्छाहरु पुरा भएको छैन । म इराकको राजधानी शहरबाट नजिकैको ऋबुउ ब्लबअयलमब द्यबबिम भन्ने ठाउमा छु । यहाँ त बमहरु फ्याकेको फ्याकै हुन्छ कति बेला बम आउँछ र बङ्किरमा लुक्न जानपर्ने हो त्यो कसैलाई पनि थाहा हुदैन । सुरक्षित हुदाहुर्दाै पनि कहिले काँहि अपि्रय घटनाहरु हुन जान्छ । काम सजिलो भए पनि १२ घण्टा काम गर्नु पर्ने र विदा नमिल्ने अनि यहाँको निति नियममा बस्नु नै हामीहरुको लागि गाह्ो कुरा हो । म भएको ठाउमा धेरै नेपाली दाजुभाइहरु रहेका छन् हामी नेपालीहरु कामबाट थाकेर कोठामा छौं अनि कसैले पे्रमका कुरा गर्छन् त कोहि सुख दुःखका कुराहरु एक अर्कालाई भनेर आफ्नो थकाई मेटाउने गर्दछन् तर म भने त्यहि दिनहरुको कल्पनामा नै विलाई रहेको हुन्छु ताकि तिमी मबाट टाढा नहोसर तर तिमीले मलाई याद गर्दिनै होली आए देखि त बाढुकी पनि लागेको छौन सपनीमा पनि आउदिनै किन हो किन तिमीले त माया मारि पॊ सकै जस्तो लाग्छ पि्रय । र्लौ त आजलाई यत्ति नै भगवानले राखेछन् भने अनि कुशलै रहे भने अगाडीका दिनहरुमा प लेख्ने छिनो कोशिस गरौंला । मनमा लागेका तिता मिठा कुराहरु यिनै हुन् । तिम्रो र मेरो जिन्दगीको कुराको निर्णय त अगाडी मैले अगाडी गितका भावनाबाट पोखिसके त्यसैलाई बास्तविकता लिनु । मेरो जिवन भरी नै तिम्रो यादहरु आई नै रहनेछ । जिन्दगीको दोबाटोमा भेट हुनु अलि परसँग सँगै यात्राहरु पार गदौ जाँदा ।एक अर्काे बीच माया पिरती गाँसिनु यो त प्रकृतिक नियम नै हो यसैलाई अनुशरण गरेको थियौ होला सायद दोबाटोमा भेटभएपछि अर्काे दोबाटोमा छुटिनु नै पर्छ होला होइन र प्ा्रकृति त्यसैले होला दोबाटो आउनु भन्दा पहिले नै तिमीले मलाई छोडिदियौ बाँकी यात्राहरु काट्न अब फेरि पनि एक्लै पर्ने भयो यस धर्तीमा एक्कै आएको थिए अबका यात्रा पनि एक्लै काट्दै बाँकी यात्रा तय गर्नुपर्ला तिम्रो जिवन खुशी र सुखिदायक वितोस् कष्ट अनि बेदना कहिलै पनि नआयोस् यसै शुभकामना सहित यो विरानो अनि अभावै अभावको बातावरणमा भुल्ले कोशिसमा लाग्नेछु । तर प्रकृति धोका मानिसको लागि अति नै पिडा दायक हुन्छ । अब अरुलाई धोका नदिनु ल ।

उनै
राम प्रसाद पन्त अन्जान बनबासी

बलाद इराक

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/04/06/p641/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker