प्रवासमा भलिवल प्रतियोगिता सम्पन्न
मार्च २१ २००८ का दिन यू ए ई को अलकुजमा लुम्बिनी वेल्फेयर सोसायटीको भलिवल प्रतियोगिता कार्यक्रम सम्पन्न भयो ।
१४ मार्च २००८ का दिन सोहि स्थानमा सुरु गरेको भलिबल प्रतियोताको पहिलो चरणको खेल भएको थियो भने क्वाटर फाइनल सेमीफाइनल र फाइनल खेल २१ मार्च २००८ का दिन भएको थियो ।
यू ए ईका विभिन्न स्थानबाट गरी १८ टिमले भाग लिएको उक्त प्रतियोगितामा खेलप्रेमीहरुको अतिनै ठुलो घुईचो लागेको थियो । प्रत्येक खेलहरु अतिनै रोचक प्रतिस्प्रधात्मक तथा रोमान्टिक तरिकाले सम्पन्न भएको थियो । सबै टिमहरुसँग प्रतिस्प्रधा गर्दै फाईनलमा ए एम एम सि र इ टि ए आस्कोन पुगेको थियो । दुवै टिमले ३ ३ टिमलाई परजित गरि फाइनलमा प्रवेश गरेका थिए ।
जसको प्रतिस्प्रधात्मक खेलमा १ गेम ए एम एम सि ले बिजया हासिल गरेको थियो भने २ गेम इ टि ए आस्कोन ले बिजया हासिल गरि उत्त म्याचको प्रथम स्थान आएको थियो । खेलका सर्वोकृष्ट खेलाडिमा इ टि ए आस्कोन टिमका पुर्ण बहादर बि। क। छानिएका थिए ।
उक्तखेलको प्रायोजन कोकाकोला जि एम जि एयरलाइन्स नेपाल यू ए इ साँस्कृतिक समन्वय मचं तथा हेलो नेपाल ले गरेको थियो भने मिडिया प्रायोजन समाचार साप्ताहिक तनहुँअनलाइन डटकम नेपाल समाचार पत्रले गरेको थियो । यू के मा बस्ने लुम्बिनीबासी तथा लुम्बिनी वयलफेयर सोसायटीका शुभ चिन्तक पदम क्षेत्रिले उक्त खेल प्रतियोगिताको लागी बिशेष सहयोग गरेका थिए । खेल मैदानमा सहयोग लाङघाली परिवारले गरेको थियो ।
उक्त खेलका रेपि्रुलाई प्रमाण पत्र तथा ट्रफि नेपाल यू ए ई समन्वय मंचका अध्यक्ष तथा लुम्बिनी वेल्फेयर सोसायटीका आजिवन सदस्य नारायण लम्साल लुम्बिनी वेल्फेयर सोसायटीका कोषध्यक्ष नारायण बि।सि तथा साँस्कृतिक बिभागका संयोजक तथा लोक गायक असिम महतले प्रदान गरेका थिए । दोश्रो टिम ए एम एम सि लाई प्रमाण पत्र ट्रफि तथा तक्मा लुम्बिनी वेल्फेयर सोसायटीका केन्द्रिय अध्यक्ष डि एल शर्मा तथा महा सचिव होम राना भाटले हस्तान्तरण गरेका थिए भने प्रथम टिमका इ टि ए आस्कोन का खेलाडीलाई प्रमाण पत्र ट्रफि तथा तक्मा खेल संयोजक नेत्र बेलबासेले हस्तान्तरण गरेका थिए । उत्त कार्यक्रम संचालन संस्थाका सचिव राधा कृष्ण पाण्डेले गरेको थिए । बिहान ११ बजे देखि सुरु भएको खेल बेलुकाको ७ बजे समापन भएको थियो ।













