बले प्रदेशबाट स्वदेश फर्कियो (प्रवासी नेपालीहरुको सत्य कथा)
बले परिवारको सबैभन्दा कान्छो सन्तान थियो र सबैको प्यारो पनि थियो । सबै परिवारको लाड्ले मायाँमा हुर्केको हुनाले सानै देखि जे विठ्याई गरेता पनि परिवारबाट कुनै टोकाई खान पर्दैनथ्यो । बुवा आमाले अरु भाइहरुलाई भन्दा पनि बढी बलेलाई मायाँ गर्दथे । घरमा विहान बेलुका तथा दिउस खाना तथा नास्ता ढिला भएमा उपर्दो गर्दथ्यो । घरको दलानमा आडेस लगाएर एफ। एम रेडियोबाट बजेका मिठा गितका धुनमा जानी नजानी कुम हल्लाउँदै आमा बुवालाई चर्को स्वरले खाजा चाहियो भन्दै सबै घरनै थर्किने स्वरले कराउदथ्यो । एकै क्षण ढिलो भएमा पनि खाजा नखाई भाउन्नेर गाउँतिर डुल्न जान्थ्यॊ । (more…)













