:: साउदी अरबमा पनि २५५२ बुद्ध जयन्ति : : May : : 2008
Custom Search

परिवर्तन नेपाल, May 25, 2008 6:27 am

साउदी अरबमा पनि २५५२ बुद्ध जयन्ति

साउदी अरेविया
शान्तिको अग्रदुतले जन्मलिएको नेपालमा शान्तिको महशुस गर्न नसकि रहेको अबस्थामा गौतम बुद्वको २५५२ औं जन्म जयन्ति संसारभर मनाई रहेको सन्दर्भमा साउदी अरेवियामा पनि तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबियाको आयोजनामा यहि २३ में २००८ का दिन बिश्व शान्तिका अग्रदुत् श्री भगवान गौतम बुद्धको २५५२ औं जन्म जयन्ति तमू धिं प्रवास बिभागका संरक्षक श्री मोहन तमूको सभाकक्षमा बिशेष कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रममा तमूहरुको बृहत तथा उल्लेखनिय उपस्थिती रहेको थियो । उक्त कार्यक्रम तमू धिं का अध्यक्ष श्री ओम घलेको सभापतित्वमा र केन्द्रिय प्रवक्ता श्री राजपति तमूको सञ्चालनमा भएको थियो भने प्रमूख अतिथीमा तमू बयोबृद्ध साथै मानार्थ संरक्षक श्री बौद्ध बहादुर तमू ज्यू हुनुहुन्थ्यो । कार्यक्रमलाई प्रमूख अतिथी श्री बौद्ध बहादुर तमू ज्यूले पानसमा दिप प्रजवलन गरि उद्घाटन गर्दै कार्यक्रम सुरु गरिएको थियो । यसै क्रममा आमन्त्रित तथा उपस्थित सम्पूर्ण तमूहरुबाट एक शय आठ (१०८) बत्ति प्रज्वलित गरी शान्तिको कामना गरिएका थिए । उक्त कार्यक्रममा नवोदित् गायक श्री तिलक तमू र साथीहरुले सुरिलो स्वरमा स्वागत गित प्रस्तुत गर्नु भएको थियो । सो गीतले उपस्थित सबैलाई स्तब्ध सहित निकै कारुणिक बनाई दिएको थियो । यसै क्रममा तमू धिं प्रवास बिभागका संरक्षक श्री मोहन तमू ज्यूले भगवान गौतम बुद्ध र बिश्व शान्तिको शान्दर्भिकता बारे चर्चा गर्दै मुलुकमा छिट्टै शान्ति स्थापना होस र सम्पूर्ण तमूहरुबिच सुखमय, सद्भाव रहिरहोस भन्ने कामना सहित उपस्थित सबैलाई आफ्नो मिठो मन्तब्य दिनु भएको थियो । अन्तमा कार्यक्रमका सभापति ज्यूबाट सभा बिर्सजन गरी बडो रमाईलो बातावरण भित्र पुजाको पन्च अमृत (प्रसाद) साथै चियापान कार्यक्रम सहित कार्यक्रमलाई समापन गरिएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/05/25/p653/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker