बले प्रदेशबाट स्वदेश फर्कियो (प्रवासी नेपालीहरुको सत्य कथा)
बले परिवारको सबैभन्दा कान्छो सन्तान थियो र सबैको प्यारो पनि थियो । सबै परिवारको लाड्ले मायाँमा हुर्केको हुनाले सानै देखि जे विठ्याई गरेता पनि परिवारबाट कुनै टोकाई खान पर्दैनथ्यो । बुवा आमाले अरु भाइहरुलाई भन्दा पनि बढी बलेलाई मायाँ गर्दथे । घरमा विहान बेलुका तथा दिउस खाना तथा नास्ता ढिला भएमा उपर्दो गर्दथ्यो । घरको दलानमा आडेस लगाएर एफ। एम रेडियोबाट बजेका मिठा गितका धुनमा जानी नजानी कुम हल्लाउँदै आमा बुवालाई चर्को स्वरले खाजा चाहियो भन्दै सबै घरनै थर्किने स्वरले कराउदथ्यो । एकै क्षण ढिलो भएमा पनि खाजा नखाई भाउन्नेर गाउँतिर डुल्न जान्थ्यॊ ।
src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
स्कुलमा पनि म सबैको प्यारो थियो साथीहरु धेरै थिए केटा साथीहरु भन्दा पनि केटि साथीहरु धेरे थिए । गाउँ नजिकैको हाईस्कुलबाट राम्रो अंक ल्याएर एस।एल।सी पनि पास गर् र्यो । राम्म्रो पढाईको खोजीमा गाउँबाट शरह पस्यो । क्याम्पसमा भर्ना भएपछि स्कुलमा भन्दा पनि पि्रु भइयो । मन लागे क्याम्पस जान्थ्यो मन नलागे जादैनथ्यो । बलेका साथीहरु एस।एल।सी दिदासाथ कोहि लाहुरे भए त कोहि विदेश तिर लागे । बले काठमाण्डौमा २ बर्ष बिताउन नपाउँदै उनिहरुले प्रसस्त पैसा कमाएर ल्याए ।
बलेलाइ पनि पैसा कमाउने लोभ लाग्यो । तत्काल घरमा गएर पासपोर्ट बनाएर सोचे नेपालमा भनेजस्तै रोजगारी पाउन सकिदैन बरु यसो विदेश जाने चक्कर चलाउन पर् यो भनेर अलि अलि चिनजान भएको मेरै जिल्लाको १ जना दलालीलाई भेट गरेर मलाई सुहाउँदो भिषा खोजिदिनु भने । ओ हो भाइ आज भन्दा ४ दिन पहिला आएको भए सुपरमार्केटको भिषा आएको थियो । तिमीलाई हुनेथियो तर अहिले सवै प्याक भईसकेका छन् । ल ठिकै छ म कोशिस गर्ने छु चिन्ता नगर म उहाँको कुरामा विश्वश्त भएँ र पढाईमा ध्यान दिन थालिन । इन्टर त पास गरेको थिए अब वि।ए पढ्नको लागि क्याम्पस भर्ना हुनुपर्ने तर म भईन । करिब १५ दिन पछि ति दाजुले मलाई बोलाउनु भयो । ल एक अति प्रख्यात कम्पनीमा अफिस ब्वाईकोलागि भिषा छ जाने भए महिनाको १२ हजार नेपाली कमाउन सकिन्छ भने । मैले पनि ओ हो दाजु हुन्छ यति पैसा भएत भईहाल्छ नि फेरी काम पनि राम्रेा रहेछ भनें । पैसा कति लाग्छ दाजु । भाइ पैसाको चिन्ता नगर अरुलाई लिने भन्दा केहि कममा मिलाईदिनेछु । केहि महिना पछि मेरो साउदी अरबको लागि भिषा पनि आएछ । घरमा गएर परिवामा कुरा राखे म त अव विदेश जान्छु कति तपाइहरुलाई सताउने अब त म मेरो खुट्टामा उभिन चाहन्छु । छोरा किन यस्तो मन बनाएको तिमीलाइ नपुग केहि छैन हामीले जसरी तसरी तिमीले भनेको पुराईदिएका छौ आमाको लाड्ले मायालु भनाई थियो । मैले पैसा कमाउन नसकेतापनि म प्रदेश कस्तो हुँदो रहेछ अनुभव गरेर आउँदछु । मेरो जिवनमा हजुरहरुले धेरै गर्नुभयो सानै देखी मायाँ र ममताले मलाई भरिपुर्ण गराईदिनु भयो अब एक पटक मलाई मायाँ र ममताले विदेश जाने खर्च हालिदिनुहोस् सकिएछ भने म पैसा पठाउनेछु । आमाले त मलाई रोक्न हर प्रयास गर्नु भएको थियो तर बुवाले हो छोरा भएपछि एउटा न एउटा उद्देश्य लिएर हिड्नु पर्दछ तिमी एक पटक विदेश जानै पर्दछ स्वदेशमा हामी जस्ता परिवारले राम्रो जागीर पाउन सकिदैन ।
करिब १ महिनाको पर्खाई पछि म आफुलाई चाहिने सामानहरु किनी काठमाण्डौबाट साउदी अरबकोलागि प्रस्थान गरंे । पहिलो पटक लामो यात्रामा प्लेनमा यात्रा गर्दा ज्यादै रमाईलो लागेको थियो । एक क्षण त सबै कुराहरु भुले । राती भएको हुनाले प्लेनको शिसाबाट काठमाण्डौको शहर यति राम्रो देखिएको थियो कि साच्चिकै स्वर्गको एक टुक्रा हो कि जस्तो लाग्दथ्यो सधै देखिरहेको सहर आकाशबाट हेर्दा यूरोपेली देशको राजधानी जस्तो लाग्दथ्यो । मलाई थाहा नै भएन कतिबेला मैले मेरो मातृभूमिलाई छोडेछु एक पटक म मेरो जन्मभूमिको सिमा पार गर्दा मेरो हृदयमा स्पर्श भएको भान भयो । मेरो मन मश्तिस्क चिसो भयो अनि बल्ल मेरो दिमागमा नाना थरीका कुराहरु खेल्न थाले । एकै क्षण पछि स्वर्गका परि जस्ता परिचारिकाहरु आएर चिसो तातो के खाने निम्तो गर्न थाले मैले यसो बिचार गरे आकासे यात्राको क्रममा नरम डि्रक लिने निर्णय गरे । कति बेला म यू।ए।ईको अन्तराष्ट्रिय विमानस्थल अवुदुवइमा उत्रेछु पत्तै भएन । सबै यात्रुहरु बाहिर निस्कदा म पनि निस्किए अति सुविधा सम्पन्न रहेछ विमानस्थल प्लेनको ढोकाबाट सिधै भित्र अफिसमा पुगियो नेपालमा गाडिको माध्यमद्धारा भर् याङ्ग गराएर चढेको यहाँ एक्कासी अफिसमा पुग्दा म त विमान स्थल भित्रनै रहेछु कि जस्तो लाग्यो । केहि क्षणको चेकिङ्ग पछि म त्यहाँबाट सिधा साउदी अरबको हब्बा भन्ने एयरपोर्टमा आउने प्लेनको टिकट लिई यात्रु प्रतिक्षालयमा बसे । यसो घडी हेरे रातको १२ बजेको रहेछ । काठमाण्डौमा चिसो हावा खादै मुटुलाई थरथर्ति कमाउदै भित्र पसेको क्षण भर्खरै जस्तो लागेको थियो एक्कासी त्यहाँ प्लेनबाट बाहिर निस्कदा ह्वास्स आएको आगोको राप जस्तो तातो हावाको स्पर्श पाउँदा र कता कता केहि डढेको जस्तो गन्ध आउँदा कतै आगोलागि त भएन भनेर चारै तिर हेरे तर केहि देखिन । त्यहाँबाट म सिधा साउदी अरब हब्बामा उत्रिए । दलालीले भनेको थियो मालिक लिन आउँछ भनेर तर म करिब दिनको १२ बजेसम्म कुरे तर कोहि पनि मलाई लिनको लागि आएनन् । पासपोर्टको पछाडी कम्पनीको नाम र फोन नम्वर थियो म कसैको सहायताको पर्खाईमा थिए । त्यहि समयमा एक जना नेपालीलाई भेटे उहाँले फोन गरिदिनु भयो तर अफिस कहाँ हो थाहा भएन । करिब दिनको ४ बजे तिर बल्ल मलाई लिनकोलागि मालिकको छोरा आएको रहेछ । मेरो पेटमा मुसाले गुड लगाई सकेको थियो चल्लालाई आहारा दिन नपाएर मेरो मुटु कलेजो सम्म चिर्थोन मात्र बाँकि थियो । मेरो मुख देखि भित्री आत्मासम्म प्यासको आगोले पोलेझै जलेको थियो । मसँग साउदी ३० रियल बाहेक अरु पैसा थिएन । बाहिर मार्केटमा निस्केर केहि किनेर खान पनि सक्दिनथे । किनकी सबै पसलहरु बन्द थिए कता कता नेपालमा हुने गरेका नेपाल बन्द र हड्तालहरुको याद आयो । ४ बजे देखि बल्ल फाट् फुट् पसलहरु खुल्न लागे ।
मलाई त्यतिबेला त्यो दिनको याद आयो जुन दिन मैले खाना नमिठो भयो भनेर भैसीको कुडोमा रिसले खन्याईदिएको थिए । अहिले यो समयमा त्यो खाना पाएको भए कति मिठो मान्दै खान्थे होला । मलाई अनुभव भयो अब मेरो प्रदेशी जिन्दगी सुरु भएछ भनेर । मालिकको छोराले कारमा हालेर लग्न त लग्यो तर कहाँ लग्यो थाहा भएन । एउटा सुकुम्वासीको बस्ति जस्तो टिनले बारेको दुई चार वटा थोत्रा टिनका छाप्रो भएको विचमा लगेर छोड्यो मलाई आशा थियो अन्य नेपालीहरुलाई पनि भेट्दछु भन्ने तर त्यहाँ त सबै बंगाली र ईन्डियन मात्र रहेछन् । ओ हो म त सुपरमार्केटमा काम गर्न आएको किन मलाई यहाँ ल्यायो अचम्म लाग्यो तर मेरो काम गर्ने ठाँउ त यहि पो रहेछ । सुपरमार्केट त उसको दाजुको रहेछ सुपरमार्केटमा भनेर फकाएर भिषा पठाएर यहाँ ल्याएको भन्ने थाहा पाए एक जना ईन्डियन मार्फत । पानीको ज्यादै प्यास लागेको थियो कसैलाई पनि केहि सोधिन सबै काममा ब्यस्थ थिए मैले कोठामा भएको ग्यालिनको पानी सारेर दुई घुड्को खाए पानी घाँटीबाट भित्र निस्कनुको सट्टा त मेरो पेटमा भएको आन्द्रा भुडी सबै बाहिर निस्कन खोज्यो । पानी निल्ननै सकिन नुनिलो र अनौठो स्वादको पानी थियो । पछि एक जना ईन्डियनलाई सोधे खाने पानी भनेर उसले अर्को क्यानबाट सारेर दियो त्यो पानी भने केहि कम थियो तर मेरो देशको जस्तो पटक्कै थिएन जसरी भएपनि मैले मेरो आत्मालाई जगाउनु थियो बाध्यताले मेरो आत्मालाई भिजाए । मार्च महिना भएको हुनाले त्यति गर्मिको महसुस गरिन भर्खरै गर्मि चढ्न सुरु भएको रहेछ । मेरो लामो यात्राको थकाई र २४ घण्टा सम्म राम्रोसँग पेटमा चारो हाल्न नपाएको हुनाले ज्यान त्यतिकै बत्ताईरहेको थियो । कतिबेला खाना खाने बेला होला जस्तो लागेको थियो । खाना एक जना ईण्डियनले पकाउदो रहेछ सवैलाई बेलुका करिब ७ बजे खाना थाप्न गए । मैले त मेरै देशको जस्तो ठानेर खाना थपि थपि मागे र खाना खान थाले एक्कासी मेरा ज्ञानेन्द्रले थाहा पाईहाल्यो त्यो खानाको गन्ध के हो के हो पत्तै पाईन के को गन्ध भनेर भातका सिता पनि ठुला ठुला थिए तरकारी के हो के हो नरिवलको स्वाद जस्तो गन्हाएको थियो । रसमा भन्ने झोल पर्दाथ यस्तो त हाम्रो घरमा भैसीलाई कुडो दिईन्थ्यो तर म बाध्यतामा थिए मलाई भोकले ज्यादै पिरलेको थियो । भोक मिठो कि खाना भन्दा भोकै मिठो भने झै करिब ७-८ गास खाएर जुरुक्क उँठे । मेरो ज्यान थकाइले अति शिथिल भएको थियो मसँग ओड्ने ओछ्याउने कुने लुगाहरु थिएनन् । मेरो ओछ्यान कहाँ हो थाहा थिएन । एक जना ईण्डियनले आफु सुतेको बेडमाथी सुत्न भन्यो त्यहाँको हेरचाह गर्ने ब्यक्तिलाई मलाई लुगा चाहियो भने उसले एक जोर पातलो ओड्ने र ओछ्याउने दियो । बल्ल बल्ल उक्लिन नसकि माथि चढे मलाई एक फुट माथि चढ्न पनि डर लाग्दथ्यो । बल्ल बल्ल मेरो ओछ्यान बनाए र घुप्लुक्क सुते । ओ हो ! राती त म मेरो गाउँमा पुगेछु नजिकै खहरे खोलामा पौडी खेल्न लागेको झ्याङ्कीएको बर पिपलको बोटमुनि सितल ताप्दै बागचाल खेलेको बुवा आमासँग मागेर महि दहि खाएको आदि इत्यादी एक्कासी बिहान साढे ५ बजे एक जना साथीले डिउटी जानको लागि उठ भनेर झकझक्याउदा म त झस्याङ्ग भएर ब्यूझिएछु धन्न तल खसेको बल्ल बल्ल मेरो ज्यानलाई थामेर ओर्लिए । नेपालबाट मिठो बास्ना बसाउने सावुन लिएर आएको थिए नुहानको लागि बाथरुममा गए । नेपालबाट ल्याएर आएको थिए मङ्ग मङ्ग बसाउने सावुन पानीले ज्यान पखालेर साबुन लगाए कठै बिचरा सावुन त सबै टासियो पखालिएन कपाल चिप्लै भयो तौलियाले पुछे पुछिएन । मलाई के थाहा यहाँको पानी र नेपालको पानी फरक हुन्छ भनेर । कोठामा आउन पाएको छैन डिउटीमा जान अबेला भयो भनेर कराउदै थिए अरु साथीहरु बल्ल बल्ल टिफिनमा खाना थापेर आज पहिलो पटक काममा जाने क्रममा थिए । बिहानै ६ बजेनै कोठाबाट हिड्नु पर्ने यसो सम्झिए मेरो घरमा भएको कृयाकलाप यो समयमा त म निन्द्रबाट ब्युझिने थिईन् मेरो कोठामा उठ्नु भन्दा पहिला चिया आएर बस्दथ्यो । पुजा कोठामा आमाले बाल्नु भएको अगरवत्ति मङ्ग मङ्ग बसाउदथ्यो । बिचार गरे विदेशी जिन्दगी यस्तै रहेछ । बल्ल बल्ल जागर नलगाई नलगाई काममा गए मलाई के थहा पहिलो दिनमै कस्तो काम गर्नु पर्दछ भनेर अझ सम्म घरमा पनि राम्रोसँग काम गरेको थिईन । एउटा ठुलो भवन बनाउन लागेको रहेछ हामी करिब २० जना जति त्यस भवन नजिकै पुगियो म त एक पटक हेरेको हेरै भए अब म कसरी काममा लाग्ने होला भनेर गाउँ घरमा अरुले बनाउन लागेको घरमा गएर यस्तो भएन उस्तो भएन भनेर खुब जानकार बन्दथे । मेरा यि कलिला हातले अझसम्म बेल्चा गैची कोदालो चलाएको थिएन सिमेन्ट कसरी मोल्ने थाहा थिएन आज एक्कासी यस्तो काम गर्दा भित्र भित्र मेरो आत्मा जलेर आयो बुवा आमालाई थर्काउदै खाएको आज आएर त्यसको प्रतिफल भोग्नु परेको जस्तो लाग्यो । विस्तारै प्रदेशी जिवनलाई गुजार्दै लगे साउदी अरबमा अति गर्मि हुदो रहेछ । यस्तो गर्मिमा पनि सकि नसकी काम गर्नु पर्ने । घरमा अलि अलि घाम चर्केको बेलामा पनि म बाहिर टिक्न सक्दिनथे दगुर्दे घरमा आएर ठेकीमा भएको दहि महि खान्थे र चौतारीको बोटमुनी गएर शितलमा बस्दथे । मैले ति दिनहरुलाई झलझल्ती सम्झिए
दिनहरु बित्दै गए हातमा दश वोटा ठेला निस्किएछन् आज पढेर ठुलो मान्छे बन्ने सपना यो प्रदेशमा गैची र कोदालोसँग दाजिनु परेको छ । घरमा थर्काई थर्काई खाएको आज यहाँ आएर त्यसको प्रतिफल भोग्नु परेको छ । करिब ६ महिना सम्म मलाई काम गर्न अति कठिन भयो । कम्पनीबाट सेलरी पाईएला पाईएला भन्दा भन्दै ४ महिना वितिसकेपछि मात्र साउदी रियल जम्मा ५ सय पाईयो । खाना खाएको तिर्न र यता उता गर्देमा सकियो । बेलुका कोठामा आएर बुवा आमालाई चिठि लेख्दथे आज चिठी लेख्दा लेख्दै कपीनै भरिएछ तर पठाउन सकिराखेको छैन । कहाँबाट पठाउने नजिकै कुनै मार्केट हुलाक थिएन एक्लै बाहिर निस्कियो कि साउदीले के के भन्छ थाहानै पाउदीन । प्रत्यक दिन जसो म रुदै गुजारे । प्रदेशी जिवन भन्न जति सजिलो हुन्छ त्यति भोग्न गाह्रो हुदो रहेछ । मन अति बहलिएको हुँदा एउटा सानो एफ एम रेडियो किनेर कोठामा ल्याएर ब्यान बेटारे के को टिप्नु हिन्दी पनि राम्रोसँग टिप्दो रहेनछ खाली के हो भाषै नबुझिने बाध्यताले नबुझेपनि बुझेजस्तै गरी चित्त बुझाए । बेलुका सबैले टिभि हेर्दथे उनिहरुले जे हेर्दथे त्यहि म पनि हेर्न कर लाग्यो के हो के हो कहिल्यै नहेरेको फिल्म पनि हेर्न बाध्य भए । घरबाट खवर आउला भनेर प्रत्यक महिना कुर्दै फाले यहाँबाट पत्रहरु पठाएको भए पो नेपालबाट पनि पत्रहरु आउँदथ्यो मैले मेरो दुःखलाई बुवा आमा सामु सुनाउन चाहन्नथे । प्रदेशी जिन्दगीमा मैले जुन दुःख भोगे त्यो दुःख बुवा आमाले थाहा पाउनु भयो भने मलाइ माफ गर्नु हुदैनथ्यो । मलाई घरमा के नपुग थियो र सबैलाई थर्काई थर्काई खाएको थिए । राम्रो राम्रो लगाएको थिए भनेको ठाउँमा जान पाएकै थिए ।
दशै गयो तिहार गयो यहाँ त कुन चाड कहिले हो थाहा पाउन पनि मुस्किल नेपालमा भित्ते पात्रो झुन्ड्याउन पनि दिकदार लाग्दथ्यो यहाँ त नेपाली पात्रो पाए भने सजाएर राखु जस्तो भयो तर कसरी प्राप्त गर्ने नजिकै कुनै नेपालीसाथीहरु थिएनन् । मेरो अँदाजले अंग्रेजी पात्रो हेरेर यो चाड यो महिनामा पर् यो होला भन्दै मेरो शरिर यहाँ भएता पनि मेरो आत्मालाई मैले मेरै गाउँमा पुराएर सम्झन पुगे त्यो दशैको रङ्गटे पिङ्गमा फर्कि फर्कि खेलेको तिहारमा केटा केटी भएर प्रत्यक घरमा गई अति रमाइलो गरी नाचगान गर्दै देउशी भैलो खेलेको फागुमा लुकी लुकी केटिहरुलाई अविर र अन्य रङ्ग दलेको तर के गर्ने म त प्रदेशी जिवनमा आवद्ध थिए चाहेर पनि म यि चाडहरुमा उपस्थित हुन सक्दिनथे । आज मलाई त्यो दिनको सारै याद आएको छ जुन दिन मेरा अगाडी पछाडी केटि साथीहरुको लस्कर हुन्थ्यो उनिहरुसँग जिस्कदै बाटोमा हिडेको बनमा लुकामारी खेलेको यहाँ त केटि भनेपछि मुख पनि देख्न नपाईने मौकाले देखिहालियो भनेपनि बनमान्छे जस्तो कालो रुपमा देखिनु पर्ने आँखा जुधाएर हेर्दा पनि कत्ता साउदीले मार्ला भन्ने डर । मलाई प्रत्येक दिन मेरो गाँउले डाकेको थियो प्रत्यक रात सपनिमा बुवा आमाले बोलाउनु भएको थियो । मेरा साथी सँगिहरुले मलाइ सोध्दै थिए म बरबराएर मध्य रातमा पनि जुरुक्क उठ्दथे ।
समय वित्दै गयो घण्टा दिन हप्ता महिना गर्दा गर्दै १ बर्ष वितेछ मलाई त यो १ बर्ष मेरो जिवनको २० औ बर्षको बशन्त पार गरेझै लाग्यो अति गाह्रो भयो यो १ बर्ष बिताउन । यो १ बर्षको अन्तरालमा मलाई धेरै कुराको अनुभव भयो । प्रदेशी जिन्दगी कस्तो हुन्छ भनेर । एक पटक म सामान्य बिरामी परे तर कसैको सहयोग पाईन घरमा त अलि अलि टाउको दुख्दा पनि बुवा आमाले तत्काल अस्पताल पुर् याउनु हुन्थ्यो यहाँ त भनेको बेलामा औषधी पनि खान पाईन । जतिसुकै ज्यान सिथिल भएता पनि आफ्नो काममा जानु पर्ने । १ दिन मलाई अति ज्वरो आएको थियो त्यसैले काममा गईन बेलुका क्याम्वोस आएर अति नराम्रो तरिकाले गालि गर् यो र मेरो त्यस दिन नगएको सट्टा २ दिनको तलव काट्ने धम्की दियो । सायद यस्तो प्रदेशी जिवन विताउने म मात्रै छु होला जस्तो लाग्यो मैले सुन्ने गरेको थिए खाडिमुलुकमा नेपालीहरु धेरै छन् भनेर तर आज मेरो एक बर्षको प्रदेशी जिन्दगीको यात्रामा २ जना बाहेक अरु कसैलाई भेट्न सकिन ।
एक मन त जुरुक्क उठेर हिडौ कि जस्तो लाग्दथ्यो तर मसँग कुनै कागज पत्रहरु थिएनन् न त पासपोर्टनै थियो न त नेपाल सम्म पुग्नको लागि कुनै माध्ययम म त पिजँडमा थुनिएको चरी झै पो भएछु । अब बल्ल थाहा भयो मलाई प्रदेशी जिन्दगीको बास्तविक कहानी । समय वितेको थाहा नै पाईन कम्पनीको काम विशेषले गर्दा मरुभूमिको प्रत्येक कुना काप्चामा जान पर् यो मेरो देशमा एक ठाउँबाट अर्को ठाउँमा बसाई सराई गरेर गएजस्तो सबै गुण्टा पारेर लगेर जानु पर्ने । मैले जिवनमा अझसम्म नगरेको काम यस प्रदेशी जिन्गगीमा गर्न पुगें । मेरा यि कलिला हातहरु अब त बानी परेका थिए जस्तोसुकै काम गरेता पनि हातमा ठेला उठ्ने बानि हटिसकेको थियो । टाउकोमा अझसम्म नाम्लाको सिरानी गराएको थिईन यहाँ त ४-५ तलासम्म टाउकाको भरमा ५० औ किलो उठाएर लैजानु पर्ने । गैचि बेल्चा सधै हानिरहनु पर्ने । विस्तारै मैले मेरो बानीलाई एकिकृत पारेको थिए । मैले मेरो जिवनमा जति सुख र मोजमस्ति पाएको थिएँ त्यो सवै यो विदेशी जिन्दगीमा स्वाहा पारें । मैले समयलाई बुझन नसकेर यो गति भोग्नु पर् यो । आज मेरा साथीहरु कैयौ पदहरुमा पुगेका होलान् । अब त म स्वदेश फर्केर साथीहरुसँग पहिलाको साथी भनेर चिनिन पनि चाहन्नथे । मैले गाउँघरबाट जुन मायाँ ममता पाएको थिए त्यो सवै प्रदेशी जिन्दगीमा गुमाएँ । अबत मलाई स्वदेश फर्केमा पनि पहिलाको जस्तै मायाँ गर्दैनन् होला ।
२ बर्षको भनेर आएको ३ बर्षको रहेछ मलाई तिन बर्ष बित्न पनि विसौ सताब्दी पार गरेजस्तो भान भयो । अब त म यस जिन्दगीदेखि मुक्त हुने समय आएको थियो । ३ बर्ष वितेपतिछ म जसरी पनि घर फर्कन्छु भन्ने शाहस लिएको थिए । आज भोली गर्दा गर्दै मेरो ३ बर्षको अवधि पनि सकियो । मालिकलाई गएर म अब छुट्टिमा घर जान्छु भनेर विन्ती भाउ चढाए तर उसले सुने पनि नसुने झै गरेर बस्यो । मेरो १ बर्षको कन्ट्रयाक्ट छ त्यो काम सकेर मात्र जा भन्यो मलाई १ महिना बिताउन त यति मुस्किल भएको छ अब कसरी १ बर्ष विताउने । मैले जति दुख गर्नु थियो गर अब म एक दिन पनि बस्न सक्दिन ।
मसँग अलि कति पैसा त थियो तर सामानहरु केहि पनि थिएन मैले सोचे मेरो ज्यानलाई मात्र मेरो परिवारको अघिल्तिर उपस्थित गराउन पाए त्यो भन्दा ठुलो सफलता कुनै हुने थिएन । यो तिन बर्षको अन्तरालमा दुई चार जना ईन्डियनहरुलाई राम्रोसँग चिनेको थिए उनिहरुको सहायता लिएर म नेपाल फर्कन खोजे । विदेशबाट नेपाल फर्कन त्यति सजिलो थिएन कित कम्पनीले टिकट दिनु पर् यो कित साउदीको जेलमा बसेर आउनु पर् यो । अब यदि कम्पनीले मलाई छुट्टी जानबाट बिाचत गराउदछ भने भागेर जाने निर्णय गरे । साथीभाइहरुको सल्लाह अनुसार म त्यहाँबाट साउदी अरबको जेद्दा शहरबाट नेपाल फर्कने योजना मुताबिक म कम्पनीको क्यामबाट हिडे मेरो साथमा एउटा नेपालबाटै ल्याएको सानो झोला बाहेक केहि थिएन । जेद्दामा एक जना नेपाली दाजुलाई भेटे उहाँले मबाट प्रहरीलाई जिम्मा लगाउनकोलागि पैसा लिए । नेपालीले नेपालीलाई नै दलाली गर्दा रहेछन् । सायद मलाई पनि कसैले दलाली गर्दै थिए होला तर म जसरी पनि घरमा जानु थियो मलाइ पैसाको कुनै मतलव थिएन । प्रहरीको थानामा १५ दिन बसेपछि नेपाली दुतावासमा खवर गरेर नेपाल पठाउदो रहेछ । आफुसँग पासपोर्ट थिएन त्यहाँ पासपोर्ट पनि देखाउन नमिल्ने रहेछ । सिधा नेपालको टिकट कटाएर पठाउँदो रहेछ । त्यसैकारण मलाई प्रहरीको जिम्मामा लगाईदिनु भयो प्रहरीले मलाई १५ दिन सम्म चिसो भूइमा राखेर नेपाल फर्काउने भन्यो । मलाई त त्यो नर्क भन्दा त प्रहरीको खोरनै जाती लाग्यो । प्रहरीको खोरमा कम्सेकम त्यो चर्को काम गर्नु त पर्दैनथ्यो । मलाई त्यो १५ दिन १५ बर्ष जस्तो लाग्यो । बल्ल बल्ल म त्यस नर्कबाट उम्केर नेपाल आमाको काखमा पाईला टेक्न पुगे । यसरी मैले पाउनु दुःख पाएर विदेशी जिन्दगी गुजार गरी रित्तो हात फर्कन बाध्य भए । ३ बर्षको विदेशी यात्रामा मेरो देशले धेरै काचुली फेरीसकेको रहेछ । म घरमानै छदा मेरा साथीहरु सबै थिए आजकल त कोहि पनि रहेनछन् नजिकै भएको पुलिस क्याम्प पनि खरानी भईसकेको रहेछ । गाउँ त शुन्य भइसकेछ । गाउँघरमा बुढापाका बाहेक कसैलाई भेट्न सकिन । मेरो प्रदेशी जिन्दगीको यात्रामा मलाई अति मायाँ गर्ने ३ जना हजुरबुवाहरु स्वर्गवास भइसक्नु भएछ । मेरी अति मिल्ने साथी मिनुले त १ छोराको जन्म पनि दिई सकेकी रहिछन् । बुवा आमाले मेरो यस्तो हालत देखेर ज्यादै गालि गर्नु भयो । उहाँहरुले त मलाई प्रदेशमा नै हराएछ कि क्याहो भनेर चिन्ताले ब्याकुल हुनुभएको रहेछ । कस्सो भगवानको कृपाले म सकुशल मेरो आमाको काखमा आउन सफल भए । अज्ञानता अशिक्षा र शीपको कमीले गर्दा म लगायत कैयौं नेपाली साथी भाइहरुले कठोर दुःख भोग्नु परिरहेको यथार्थ थाहा पाएँ । यदि हामी बिदेश जानु नै परे पनि भरपर्दो माध्यमबाट कामको बारेमा पहिला नै थाहा पाउनु पर्देारहेछ । परदेश जानु अघि कुनै पनि कामको राम्रो तालिम लिएको भए मैले अहिले यस्तो दुःख भोग्नु पर्ने थिएन होला । यसैले हामी पैसा कमाउने लोभमा घरबारी वन्दगी राखेर परदेशमा जाने लालच गर्नु हुँदोरहेनछ । विदेशमा पनि पैसा सानो मेहनतमा कमाउन सिकंदैन । विदेशमा गर्ने जति परिश्रमको आधा मात्र परिश्रम हामीले आफ्नो मातृभूभिको लागि गरेको खण्डमा आफ्नै आमाको काखमा बसेर आफ्नै मातृभूमिको अमृत समान जल र हावाको आनन्द पनि लिन सकिदो रहेछ । यसको लागि हामीमा आत्मचेतना जाग्नु आवश्यक छ । अब त म जस्तोसुकै लोभ लालच देखाए पनि विदेशी जिन्दगी गुजार्न जाने छैन । बाँझो बारीलाई नै मल जल गरेर यहि माटोमा रमाउने बाँचा गरे । प्रदेशी जिन्दगीमा गरेको मिहिनेतले मैले यो बारीमा सुन फलाउन सक्ने आँट गरे ।













