:: गुमेको श्रीपेच, : : May : : 2008
Custom Search

परिवर्तन नेपाल, May 29, 2008 8:19 pm

गुमेको श्रीपेच,

राजा वीरेन्द्रको बंशनाश हुनु हप्ता दिन अघि राजा ज्ञानेन्द्रले बुद्धिजिवी र पूव सरकारी कर्मचारीलाई निर्मल निवासमा बोलाएर सोधका थिए- देश कसरी अघि बढाउन सकिन्छ - त्यसका लागि के के योजना चाहिन्छ - परामर्शमा संलग्न अर्थशास्त्री बि.के.अर्यालका अनुसार उति बेला ज्ञानेन्द्रले दाई वीरेन्द्रबाट सत्ता चल्न नसकेकाले आफूले दाइलाई सहयोग गर्नका लागि सुझाव संकलन गरेको बताएका थिए ।
राजनीतिमा निकै चासो दिएका ज्ञानेन्द्र दाईको वंशनास भएपछि राजा बन्न पुगे । राजा भएको केही हप्तापछि नै उनले संचारकर्मीहरुसंग भने- ँम निष्त्रिmय र चुप लागेर बस्दिन ।’
राजा ज्ञानेन्द्र जनताको अभिमत बुझ्नका लागि देश दौडाहमा निस्के । आफू राजा भएपछि जनतालाई नयाँ पन दिन र उनीहरुको मर्म बुझ्न दौडाहा शुरु गरेको बताए पनि उनले केही उल्लेखनीय उपलब्धी हासिल गर्न सकेनन् । उनी सधैभरी भिडको पछि लागे । भिडले गरेको अभिनन्दनलाई उनले आफूलाई जनताले खुशी साथ अनुमोदन गरेको सोचे, जुन लगत कुरा थियो । उनले बुझ्न सकेनन कि त्यो त्यही भिड थियो जुन माओवादी, कांग्रेस, एमाले, राप्रपा सबैको कार्यक्रममा पुग्ने गर्छ । राजा ज्ञानेन्द्रसंग प|mान्सका शासक नेपोलियन बोनापार्टको सर्न्दर्भ जोड्नु आवश्यक हुन्छ । युरोपको सम्पर्ूण्ा जसो भाग जितिसेकपछि उनको घरमा बधाई दिनेको आईरो लाग्न थाल्यो र मानसिहरुले जय जयकार मनाउन थाले । भीड घर भित्रै पस्न थालेपछि उनले गार्डलाई भने- ँभीडलाई रोक ।’ गार्डको किन भन्ने प्रश्नमा उनको उत्तर थियो- ँकहिल्यै पनि भीडको पछि नलाग्नु । आफ्नो मनले देखेको कुरा गर्नु । भीडको कुरा सुन्नु तर सधै नपत्याउनु । मेरो जीतमा बधाई दिन आउने जुन भीड हो, मलाई मृत्युदण्ड दिइयो भने आउने भीड पनि यही हो ।’ ज्ञानेन्द्रले भीड चिन्न सकेनन् ।
सत्ता सञ्चालनको तीब्र इच्छा बोकेका ज्ञानेन्द्रले १९ जेठ २०६१ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षमको आरोपमा बर्खास्त गरी कार्यकारी अधिकार आफैले लिए । विष्णुका अवतार मानिने राजाको मखुण्डो विस्तारै उदाङ्गिदै गयो । जनतामा राजा ज्ञानेन्द्रको छवी त्यसै नराम्रो थियो त्यसमाथि पनि १९ जेठको कू ले उनलाई झनै अलोकप्रिय बनाईदियो ।
पंचायतकालमा पुरातात्विक मर्ूर्ति बेचबिखन र कमिसनको खेलमा लागेको आरोप ज्ञानेन्द्रले आफू राजा भएपछि दशैको अवसर पारेर छोरा पारसलाई उत्तराधिकारी घोषणा गरे । पारसलाई प्रविण गुरुङ हत्या अभियोगमा कार्वाही गर्न जनताले माग गरेकै बेला अरुको विरोध नआओस भनेर उनले दशै विदाको अवसर छोपे । यो उनको अर्को गल्ती थियो । अधिराजकुमार हुँदा पंचायतकालको पृष्ठभूमिले समेत राजालाई थप अलोकप्रिय बनाइसकेको थियो । तत्कालिन शाही नेपाल वायुसेवा निगम, महेन्द्र प्रकृति संरक्षण कोष लगायतका संस्थाबाट करोडौं कमिसन लिने आरोप लागेका हालका राजा ज्ञानेन्द्र पंचायतकालमा समेत सक्रिय थिए । २०३६ सालको जनमत संग्रहपछि तत्कालिन प्रम र्सर्ूयबहादुर थापासंग कमिसनको कुरा नमिल्दा राष्ट्रिय पंचायतमा अविश्वासको प्रस्ताव ल्याएर थापालाई हटाउने पनि ज्ञानेन्द्र थिए । यही भएर नै थापाले ज्ञानेन्द्रलाई भूमिगत गिरोह भन्दै आएका हुन् ।
राजा भएपछि ज्ञानेन्द्रले आफ्नो नाममा रहेको काठमाडौं स्थित होटल सोल्टी, र्सर्ूय नेपाल प्रालि आदिको सेयर छोरी प्रेरणाको नाममा सारिदिए । त्यति मात्र नभई ज्ञानेन्द्रले तत्कालिन ग्रिण्डलेज बैकं -हाल स्ट्यार्ण्र्डड चार्टड) मा रहेको राजा वीरेन्द्र र उनको नाममा रहेको डलर खाताको रकम बेलायती बैंकमा सार्ने काम गरे । झापाको हिमालयन गुडरिक र काठमाडौंको नेविको कम्पनीको शेयर पनि छोरीका नाउँमा सारियो । उनका हरेक कदमले उनलाई अलोकप्रिय बनाउँदै लग्यो । बनमा दाउरा खोज्न गएका र मेलापात गरेर र्फकर्दै गरेका व्यक्तिहरु राजाको शासनकालमा स्थानीय निकायमा प्रतिनिधि बन्न पुगे । ँकमल थापा’ प्रवृतिको चुनाव धेरैलाई हाँस्ने बाहना भयो । राजनीतिमा कमल थापा हावी भए भने आर्थिक मामिलामा राजाका ज्वाई राजबहादुर सिंह हावी भए । यी दर्ुइले राजाको बचेखुचेको इज्यतलाई झनै खाडलमा हालिदिए ।
राजा आफ्नै भुमरीमा आफै परे । राजा वीरेन्द्रको वंश नाश नभएको भए र १९ जेठमा सत्ता नहत्याएको भए नेपालमा कसैले पनि राजतन्त्र फाल्न सक्ने थिएन । ज्ञानेन्द्रलाई भातृहत्याको आरोप लाग्नु, पंचायतकालको उनको पृष्ठभूमि, राजा भएपछिका उनका कदम, १९ जेठ को कु र जनआन्दोलन-२ नै राजतन्त्र अन्त्यको कारण हुन् । एउटा कुरा के प्रष्ट भन्न सकिन्छ भने गणतन्त्रका लागि राजा आफैले बाटो खोलिदिएका हुन् । उनले ँकालिदास कदम’ नउठाएको भए पार्टर्ीी जति उप्रिmए पनि गणतन्त्र आउने थिएन् ।
ज्ञानेन्द्रले सत्ता हत्याउनु पर्ूव चीनको भ्रमण गरेका थिए र त्यस कार्यमा चीनले ग्रिन सिग्नल दिएको थियो । एक जना भारतीय कुटनीतिक भन्छन्-ँभारतलाई एक्सक्लुड गरेपछि हामीले राजा जोगाउने प्रयास नै गरेनौं । राजाको पतन यहीबाट शुरु भएको हो । भारतले चाहेको भए यसमा केही भूमिका खेल्न सक्थ्यो ।’
राजाले आफ्नो गल्ती स्वीकार्नुको साटो तिक्तता पोख्ने काम गरे । जापनिज पत्रिका असाइ सिम्बुनसंग उनले राजतन्त्र फैसला गर्ने अधिकार जनतासंग नभएको जिकिर मात्र गरेनन आफू लामो समयदेखि चुप लागेर बस्नुको धेरै रहस्य समेत भएको बताए । समय यति धर्कीसकेको थियो कि न उनले रहस्य खोल्न सके न राजतन्त्र बच्न सक्यो ।

ज्ञानेन्द्रको प्रवृतिः

१. अरुको कुरा नसुन्ने घमण्डी र हठी
२. जनताले पारसलाई कार्वाहीको माग गर्द पनि विरोध नआओस भनेर छोरालाई उत्तराधिकारी घोषणा गर्नु
३. चीनको आडमा १९ जेठमा सत्ता हत्याउनु
४. नाटकिय हिसाबको स्थानीय निर्वाचन गराउनु
५. शाही आयोगको गठन गरेर नेताहरुलाई गिरफ्तार गर्नु
६. जन आन्दोलनमा दमन गर्नु

दर्ुइ प्रसंङ्गमा ज्ञानेन्द्र
प्रसङ नं १ ः ज्ञानेन्द्रसंगै म भारतको दार्जीलिङस्थित सेण्ट जोसेफ स्कूलमा संगै पढेको हुँ । मेरो घर नै दार्जीलिङ हो । हामी सानोमा संगै खेल्ने, खाने साथी थियौं । भेट हुँदा हात मिल्ााउँथ्यौ र एक अर्कोलाई तिमी भनेर संवोधन गर्थ्याैं । वर्षौपछि ज्ञानेन्द्रसंग सोल्टी होटल, काठमाडौंमा भेट भयो । मैले हात मिलाउन खोज्दा ज्ञानेन्द्रले अंग्रेजीमा भने- ँमिस्टर…..तिमी भारतमा होइन नेपालमा छौ । धेरै वर्षपहिले नै हामीले स्कूल छाडिसक्यौं । नेपालमा आफू भन्दा ठूलोसंग हात मिलाइदैन भन्ने कुरा मैले तिमीलाई सिकाउनु पर्छ -’ -हाल काठमाडौंको एक पाँच तारे होटलमा कार्यरत एक व्यक्तिको अनुभव)

प्रसङ नं २ ः सानोमा ज्ञानेन्द्र र वीरेन्द्र निकै झगडा गर्थे । उनीहरु कुटपिट नै गरेर लड्ने हुँदा दरबारका कर्मचारी वा आमा रत्न नै छुट्ट्याउन जानु पथ्र्यो । भेटमा एक दिन रत्नले मसंग भनिन-ँयो ज्ञानेन्द्र ज्यादै जिद्दी गर्छ । झगडा नगरन बाबु हो भन्यो कि हर्ेर्नुस न मुमा दाइ पहिला राजा भएको कि म भन्छ । ज्ञानेन्द्र सधै दाइले मलाई सम्मान गर्नु पर्छ भन्छ ।’
ज्ञानेन्द्रको बानीसंग म परिचित छु । राजा भएपछि मैले भेटेर भनिदिएको थिए-ँतिमीमा महत्वकांक्षा धेरै छ । समय प्रधानं, न बलं प्रधानम् । राजाले मेरो कुरालाई उति ध्यान दिएनन् ।’
-कुटनीतिज्ञ स्व. ऋषिकेश शाहको लेखबाट)

ज्ञानेन्द्रका दर्ुइ कार्यकाल
२३ असार २००४ सालमा जन्मिएका ज्ञानेन्द्रलाई महेन्द्रले जन्मिएको केही दिनमा नै ज्योतिषीको सल्लाह अनुसार मामाघर पठाएका थिए । बाबुले नयाँ जन्मिएको बच्चालाई हेरेमा अनिष्ट हुने बताइएकोल त्यसो गरिएको थियो । यो कुरा सत्यब्रत चौधरीद्वारा लिखित ँमोनार्की इन नेपाल’ पुस्तकमा उल्लेख छ ।
राजा त्रिभुवनले भारतीय राजदूतावासमा शरण लिएपछि त्यसको भोलिपल्ट २२ कार्तिक २००७ सालमा तीन वषर्ीय ज्ञानेन्द्रलाई मोहन शम्शेरले राजा बनाए । राजा, राणा र भारतीय अधिकारी बीच दिल्ली सम्झौता भएपछि ७ फागुनमा राजा त्रिभुवन स्वदेश फर्किएपछि पुनः त्रिभुवन राजा भए । युवराज दीपेन्द्र अस्पतालमा उपचारको अवस्थामा नै बितेपछि दोस्रो पटक ज्ञानेन्द्र २०५८ सालमा राजा भएका थिए ।
प्लेटोले भनेका छन्-ँजुन राष्ट्रमा शासकहरु सत्ताको लोभ गर्दैनन, त्यो राज्यमा राम्ररी शान्तसंग शासन गरिएको हुन्छ । जहाँ शासकहरु तछाड मछाड गर्छन त्यो राष्ट्रमा अनेक संकट आउँछ ।’ ज्ञानेन्द्रले पनि यही नियती भोगेका हुन् ।

नेपालका राजाहरु
पृथ्वीनारायण शाह
प्रतापसिंह शाह
रणबहादुर शाह
गिर्वाणयुद्ध शाह
राजेन्द्र वीरविक्रम शाह
सुरेन्द्र वीर विक्रम शाह
पृथ्वी वीरविक्रम शाह
त्रिभुवन वीरविक्रम शाह
महेन्द्र वीरविक्रम शाह
वीरेन्द्र वीरविक्रम शाह
दीपेन्द्र वीरविक्रम शाह
ज्ञानेन्द्र वीरविक्रम शाह

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/05/29/p655/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker