:: गणतन्त्र कार्यान्वयन अघि गिरिजाले गरेको संवोधनको पर्ूण्ा पाठ : : May : : 2008
Custom Search

परिवर्तन नेपाल, May 29, 2008 8:23 pm

गणतन्त्र कार्यान्वयन अघि गिरिजाले गरेको संवोधनको पर्ूण्ा पाठ

युगमा एकदिन एकपटक आउँछ र एकदिन एकपटक आजकै दिन हो । परिवर्तन जल्ले राष्ट्रले कोल्टो फर्ेछ र काँचुली फर्ेछ । त्यो आजको दिन भएको हुँदा यहाँ सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु र साथै यो म विर्सिन सक्दिनँ जल्ले एकदिन एकपटक ल्याउनको निम्ति बलिदान आफूलाई उर्त्र्सग गरे ती सहितहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र अर्को कुरा ज-जसले संविधान सभाको निर्वाचनमा मद्दत पुर्‍यायो देशका जनतालाई पनि म हार्दिक बधाई दिन चाहन्छु र अन्तर्रर्ााट्रय जगत, जल्ले सहयोग पुर्‍याएका छन् उनीहरु सबैलाई म आजको दिन हार्दिक बधाई दिन चाहन्छु र अब तपाईंहरु यहाँ उपस्थित हुनुभएको छ एउटा जिम्मेवारी अझ बढेको छ तपाईंहरुको काँधमा । पहिलेको जिम्मेवारी भन्दा अहिलेको धेरै ठूलो जिम्मेवारी छ, राष्ट्रको जिम्मेवारी, जनताको जिम्मेवारी ती टुहुरा बालक, ती सिन्दुर पुछिएका महिलाहरुको आशु पुछ्ने जिम्मेवारी । यो सम्पर्ूण्ा कुराहरुको जिम्मेवादी र सहिदहरुको सपनाको जिम्मेवारी पछि पर्ूण्ा गरिदिनर्ुपर्छ हामीहरुले । त्यसको निम्ति त्यो जिम्मेवारीलाई हामी सबैले महसुस गरौं । आजसम्म, अहिलेसम्म धेरै बाधा व्यवधान पार गर्दै आज एउटा नयाँ युगमा हामीहरु प्रवेश गरेका छौं र त्यो बाधा व्यवधान अन्त गर्नको निम्ति हामीहरुले सहकार्य, सहमति, आपसी एकता, विश्वासलाई कायम राखेर नै आज सबै बाधा व्यवधान अन्त गरेर नै आजको दिन निर्माण भएको हो । त्यसकारणले मेरो विचारमा आउँदो दिनमा पनि पहिले जस्तै आपसी विश्वास, आपसी सद्भावना र एकता, सहमति सम्पर्ूण्ा कुरालाई लिएर हामी अगाडि गयौं भनेदेखि हामी अगाडी बढ्न सक्दछौं । यो सम्पत्ति हो नेपालको, हाम्रो सम्पत्ति हो, यो सम्पत्तिलाई हामीले कहिलेपनि छोड्नु हुँदैन र यो जुन सहमति, सहकार्य, आपसी विश्वास, एकता भन्ने कुरा हो त्यो अरु अस्त्र शस्त्र भन्दा धेरै ठूलो शस्त्र होे समस्याको समाधान गर्ने । त्यसकारणले आज समस्याको समाधानको निम्ती हामी यहाँ एकजुट भएका छौं र मेरो एक किसिमले भन्ने हो भने मेरो सपना पूरा भएको दिन आज नै हो । सायद राष्ट्रको सपना पूरा भएको दिन आज नै हो । र, अब धेरै कुरा भन्नुभन्दा मलाई के लाग्छ, मैले छोटो एउटा वक्तव्य, वक्तव्य नभनौं एउटा साधारण कुराहरु तयार गरेको छु लिखितमा त्यो दर्ुइतीन मिनेटमा सकिन्छ । मन्त्री रामचन्द्र पौडेलजीले आएर भाषण गरिदिनुहुन्छ भन्ने मेरो आग्रह सभामुख महोदयलाई छ । म तपाईंहरुसँग यहाँबाट विदा लिन्छु तर सँधैको निम्ति होइन तपाईंहरुकै साथमा तपाईंहरुसँगै लगेर अन्तिम दिनसम्म पनि तपार्इंंहरुसँगै हुनेछु भन्दै म तपार्इंहरुसँग विदा लिन्छु धन्यवाद ।

अध्यक्ष महोदय, संविधान सभाको निर्वाचन सम्पन्न भई मुलुक नयाँ युगमा प्रवेश गर्न लागेको यस ऐतिहासिक क्षणमा म र्सवप्रथम जनाधिकार, लोकतन्त्र र मुलुकको शान्ति तथा अग्रगमनका लागि जीवन उर्त्र्सग गर्नुहुने सम्पर्ूण्ा ज्ञात अज्ञात सहिदहरुको स्मरण गर्दै उहाँहरु सबैमा भावपर्ूण्ा श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो संविधान आफैंले लेख्ने नेपाली जनताको करीब ६ दशक लामो चाहना यथार्थमा परिणत गर्ने माध्यमका रुपमा रहेको संविधान सभाको बैठक प्रारम्भ हुँदै छ । यो ऐतिहासिक क्षणमा गौरवपर्ूण्ा एवं गहन जिम्मेवारीका साथ यस सभामा प्रवेश गर्नुभएका सम्पर्ूण्ा माननीय सदस्यहरुलाई बधाइ दिन चाहन्छु साथै संविधान सभाको चुनाव सम्पन्न गर्न पुर्‍याउनु भएको सहयोगका लागि सम्पर्ूण्ा नेपाली दिदीबहिनी दाजुभाई हाम्रा शुभेच्छुक मित्रराष्ट्र, दातृनिकाय राष्ट्रसेवक र अन्य सहयोगी सबैलाई मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फाट हार्दिक धन्यवाद दिन चाहन्छु । मुलुकमा शुरु भएको शान्तिप्रक्रिया अव तार्किक निश्कर्षा पुग्ने चरणमा प्रवेश गरेको छ । हालै सम्पन्न संविधान सभाको निर्वाचनको माध्यमबाट मुलुकका सबै क्षेत्र, जाति, वर्ग, लिङ्ग, समुदायको प्रतिनिधित्व संविधान निर्माणको लागि सुनिश्चित गर्न हामी सक्षम बनेका छौं । हाम्रो यो सभा समावेशीकरणको निम्ति विश्वसामु उदाहरणीय भएकोमा गर्व अनुभूति गरेको छु । हामी सबैको साझा प्रयास र सहकार्यले यस ऐतिहासिक घडीसम्म आइपुगेका हौं । राजनीतिक, आर्थिक, समाजिक रुपान्तरणको अभूतपर्ूवपर्ूण्ा संघारमा उभिएको मुलुकमा यस सभाको बैठकबाट नयाँ युगको शुरुवात हुने छ । जनताको अभिमतबाट निर्मित यस सभाको यसै बैठकबाट जनचाहना बमोजिम राजतन्त्रको अन्त्य गरी मुलुकमा गणतन्त्रको स्थापना हुनेछ र हामी नेपाली जनता सम्पर्ूण्ा रुपले र्सार्वभौमसत्ता सम्पन्न हुन पुग्दैछौं । जनताको सम्प्रभूतामाथि अब कतैबाट पनि कुनै व्यवधान रहने छैन भनेर मैले विश्वास लिएको छु । हाम्रा आजका चिन्तन, निर्ण्र्ाार कार्यशैलीले मुलुकलाई सदुर भविष्यसम्म प्रभावित गर्नेछन् । तर्सथ आजको यस संवेदनशील घडीमा हामी सबै अझ बढी जबाफदेही र संयमित हुन जरुरी छ । अध्यक्ष महोदय, विगतमा अने जटिलता र अन्तरद्वन्द्वहरुलाई चिर्दै हामी सहमति र सहकार्यको संस्कृति अनुशरण गरी आज यस चरणमा आइपुगेका हौ । सहमति र सहकार्यको आधारमा नै नयाँ नेपालको क्षितिज उद्घाटित हुने कुरा मैले पटकपटक भन्दै आएको पनि छु । तर्सथ बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धाको बीचमा पनि सहमति, समझदारी र सहकार्यको संस्कृतिलाई नयाँ संविधान नबनेसम्म मात्र होइन मुलुकमा दरिलो लोकतान्त्रिक राजनीतिक पद्दति स्थापित नभएसम्म निरन्तरता दिनुपर्ने कुरालाई म यहाँहरु समक्ष पुनः एकपटक दोहोर्‍याउन चाहन्छु । देशमा विद्यमान गरीबी, अशिक्षा, पछौटेपनको अन्त्य गरी मुलुकलाई आर्थिक सम्वृद्धि एवं समन्यायको दिशामा छिटो अघि बढाउन समेत साझा दृष्टिकोण एवं राजनीतिक सहमति र कटिबद्धताको आवश्यकता छ । संविधान सभाको गठन सँगै मुलुकमा हालसम्म थाँती रहेका सम्पर्ूण्ा राजनीतिक समस्याको समाधान खोज्ने बैधनिक मार्ग प्रशस्त भएको छ । अब मुलुकमा हत्या हिंसा र आतंक पर्ूण्ातया बन्द हुनर्ुपर्छ र हामी सबैको ध्यान मुलुकमा शान्ति सुव्यवस्था कायम गरी मानवअधिकार र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित हुनर्ुपर्छ । त्यसै अनुरुप मुलुकको राष्ट्रियता, अखण्डता र र्सार्वभौम सत्तामाथि कुनै आँच नपुग्ने गरी मुलुकका सबै वर्ग, लिङ्ग, क्षेत्र, भाषाभाषी र जातजातिको उन्नति र प्रगतिलाई सुनिश्चित गर्ने गरी संविधान सभाले मुलुकमा लोकतान्त्रिक बहुलवादी राजनीति ढाँचा निर्माण गर्ने कुरामा म आशावादी छु । लोकतन्त्रको स्थापना, पर््रबर्द्धन एवं क्रियाशीलताका लागि आफ्ना अधिकांश राजनीतिक जीवन खर्चिएको मेरालागि कानूनी राज्य र लोकतान्त्रिक शासनप्रणाली बाहेकको कुनै कल्पना पनि हुन सक्दैन । विधीको शासन, मानवअधिकार, बहुदलीय प्रतिष्पर्धा एवं उदार राजनीतिक मूल्य र मान्यतामा आधारित शासनपद्धतिको विकल्प छैन । आजको विश्व परिवेश एवं हाम्रो आफ्नै अनुभवले यसलाई पुष्टि गरिसकेको छ । यिनै र्सवस्वीकृत, विश्वव्यापी मान्यताप्रति हामीले बचनबद्धता व्यक्त गर्दै आएका छौं । अब हाम्रा बचनबद्धताहरुलाई मर्ूतरुप दिने समय आएको छ । यसक्रममा विगत द्वन्द्वकालका अवशेषहरुको पर्ूण्ा समाप्तिको लागि हामी थप प्रयत्नशील रहनु जरुरी छ र हामीले विगतमा गरेका सम्झौता, सहमति एवं समझदारी कार्यान्वयन पनि हामी सबैको साझा जिम्मेवारी हो । संविधान सभाको निर्वाचन परिणामलाई ध्यानमा राखी सबभन्दा ठूलो राजनीतिक दलको रुपमा देखिएको नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीलाई संवैधानिक प्रावधान अनुरुप सहमति कायम गरी नयाँ सरकार गठन गर्न समेत मैले आव्हान गरिसकेको तर्फपनि माननीय सदस्यहरुलाई स्मरण गराउन चाहन्छु । अन्तमा यथाशीघ्र नयाँ संविधानको निर्माण गरी मुलुकलाई शान्ति, आर्थिक समुन्नति, न्याय र अग्रगमनको मार्गमा अघि बढाउन नयाँ तथा लोकतान्त्रिक र बहुलवादी शासनव्यवस्थालाई सुनिश्चित गर्न हामी सबैलाई सफलता मिलोस् भन्ने कामना साथ नयाँ संविधान निर्माणको दौरानमा यहाँहरु सबैबाट क्रियाशील सहभागिताको अपेक्षा गर्दछु । धन्यवाद, जय नेपाल ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/05/29/p657/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker