:: जन्मदिनको खुसी अपांगसँग : : June : : 2008
Custom Search

परिवर्तन नेपाल, June 17, 2008 6:40 am

जन्मदिनको खुसी अपांगसँग

आफनो बर्थडे सेल्रि्रेट गर्नका लागि मानिसहरू अनेकौं गर्छन्। तडकभडकका साथ मदिरा र स्न्याक्समा रमेर बर्थडे मनाउने कलाकार पनि थुप्रै छन्।
तर फरक स्वभाव र फरक विचारका नायक राजेश हमालले उदाहरणीय बर्थडे मनाएका छन्।

सोमबार यस वर्षो आफनो बर्थडे परेकाले नायक हमाल बिहानैदेखि प्रसन्न र रोमाञ्चित थिए नै। रातभरि सुटिङ परेकाले न्रि्राको ≈याङमा थिए उनी। तर पनि बिहानको थोरै समय मात्र आराम गर्न पाएका हमाल हरेक जन्मदिनजस्तै यसपालि पनि बर्थडे मनाउन जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र पुगे।

केन्द्रमा आश्रति अपांगहरूले पनि राजेशलाई भव्यरूपमा स्वागत गरे- माला पहिर्याएर, ताली बजाएर र माया देखाएर। भावनात्मक बहिनी र भाइ बनेका राजेशका अपांग हितैषीहरू हरेक वर्षै यसपालिको जन्मदिनमा पनि राजेश आफूहरूलाई भेट्न आउने विश्वासका साथ गिफटका प्याकेटहरू हातहातमा राखेर उनलाई पर्खिरहेका थिए।

आफना सहायक रोशन हमालका साथ पुगेका राजेश पनि आफना ती खास हितैषीका लागि विभिन्न चिसो पेय पदार्थका साथमा नाङ्लोका बेकरी आइटम बोकेर खुसी बाँड्न हतारिए अनि छरियो खगेन्द्र नवजीवन केन्द्रको अँध्यारो कोठामा उनीहरूको खुसीको उज्यालो। अँध्यारोकै बीचमा राजेशले मैनबत्ती बाले र केक काटे, सबैले ≈याप्पी बर्थडे टु यु भन्दै ताली बजाए। राजेशले केकको पहिलो टुक्रा आफनी भावनात्मक बहिनी मैनालाई खुवाए र त्यहाँ आश्रति सबैलाई आफनै हातले बेकरी आइटम तथा कोल्ड डि्रंक्स र्सभ गरे।

उनले पालैपालो सबैजसोलाई ≈विलचियर ठेल्दै र बैसाखीमा सहयोग गर्दै केही बेर चौरमा डुलाए पनि। त्यहीबीचमा राजेशका अपांग हितैषीहरूको गुनासो थियो- ँखै यसपालि सबै कुरा भए पनि नाचगान नै भएन, राजेश दाइसँग नाच्नै पाइएन।’ मंगलबार नै चलचित्र अकालको सुटिङका लागि नारायणगढ जाने तयारीका लागि हतारिएका राजेशको जवाफ थियो- ँगर्मीमा नाच्न सकिन्न। अब तिहारमा नाचौंला- झयामझयाम। जाडोमा नाच्न सकिन्छ नि⁄
(c) newsofnepal

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/06/17/p659/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker