:: ‘’एउटा घर को बिछोड'’ : : June : : 2008
Custom Search

परिवर्तन नेपाल, June 18, 2008 4:30 am

‘’एउटा घर को बिछोड'’

इराक को सितल मुरुभुमी बाट….
कृष्ण पोखरेल (बिवस )
साउथिन ईराक नासेरिया

म सिन्धु अनी मेरो हेरेक जिबन मा साथ दिने मेरो हसबेण्ड कृष्ण र उ मेरो छोरा हो सेरेन! अनी उनी हुन मेरी बुहारी सुलोचना एती मेरो लागि कुनै पनि मान्छे हुरु धेरै भये को थिएन! र म आजै अर्को मान्छे लाई निम्तोदिन चाहन्थ्हे जस्ले मलाई हजुरामा भनेर बोलाओस ।
अब उस्ले उसै को साथी हुरु लाई पनि चिन्दैन होला जो उनी सँग पाठसाला जान्थ्हे अनी उनी सँगइ खेल्थ्हे अब त्यो हरि कृष्ण, केदार नवराज शिव,सानुबाबु थुप्रै साथी हुरु लाई चिन्दैन होला अनी उन्स्ले त कालिकाठोकपार्क जाने बाटो पनि भुल्यो होला अनी उस्को मामा घर जाने बाटो पुरानाकोट र………
उस्ले क ख पडेको जनजागृति प्रा.वि । पनि भुलिसक्यो होला! लाग्छ अब उस्ले मेरोसिन्धु नै भुलिस्क्यो होला मात्र सुलोचना को लागि!!!! तर सबै कुरा भुले पनि उस्ले त्यो बिकट ठाउमा सबै लाई चित्त बुजाएर चेहेरेको बाटो बनाउदा गरेको ढु ख चै कहिले पनि बिर्सदैन होला ! किन भने बाटो खन्दा उस्लाई ढुङ्गा को पहिरो ले थिछेको डाम आजै गएको छैन आज उसैको पहल र मेहन ले गाउभरी मोटर को आवाज सुनिन्छ अनी घण्टाउ लाग्ने बाटो केहीछिन मै पुजिने भये को छ !! ………………………………..

………………………………………. उसले नसम्झेला यो कुरा किनभने कृष्ण सानै थियो जुन बेला ढाडमा उसलाई मजेत्रोले बाँधेर म मेलापात जान्थें । उसलाई घुम ओढाई खेतको डिलमा सुताएर असारको झमझम पानीमा आफू भिजेर पनि धान रोप्थें, मात्र दुई छाकको जोहो गर्न । तर उसले नबिर्सनु पर्ने हो - मैले बिहानभरि अरुका भाँडा माझेर ९ बजे हतार-हतार उसको लागि जहाँ जे मिल्छ त्यही खानेकुरा लिएर आउँथे, उसलाई स्कुलजान तयार पार्थें र स्कुल पठाई दिउँसोको काममा लाग्थें । साँझ म फर्कदा ऊ स्कुलबाट फर्किसकेको हुन्थ्यो । जत्ति नै थाकेकी भएपनि म सोध्थें उसलाई “बाबु, आज के पढिस् ?” अनि ऊ फुर्कंदै सुनाउथ्यो दिनभरको कथा । उसले घर आएर घोकेको पाठ मलाई सुनाउँदा सम्म जाउलो, खिचडी या जे होस् मैले बनाइसकेकी हुन्थें । के यी सब कुरा उसले बिर्सेकै हो त ? सोच्दो हो उसले त्यो बाटो अव कहिल्यै हिड्नुपर्दैन, त्यसैले त ऊ ती सब कुरा सम्झिराख्न आवश्यक ठान्दैनहोला । तर उसलाई र मलाई एउटै चुहिने छानामुनि उभ्यादिने त्यो समयले ऊ भित्र कुनै पनि छाप छोडेन त ?
आज यी सब कुराहरू म किन सोचिराखेकी छु ? किन भन्न सक्दिन म उसलाई ? किन उसलाई एकाबिहानै पूर्वतिर देखाएर भन्न सक्दिन “बाबु, अझै साक्षी छ यो घाम हाम्रा ती दुर्दीनहरूको ।” तर म भन्न सक्दिन । मेरोलागि त सवै भौतिक सुखहरूले भरिएको आजको दिन नै जीवनको सवैभन्दा दु:खलाग्दो दिन बनेको छ ।
हो, हाम्रो सोचाइलाई हामीले बदल्नुपर्थ्यो, तर सकेनौं । तथापि उसलाई त आफूखुसी गर्न दिएका थियौँ । उसले पढेको डाक्टरी र उसलाई पढाउन उसको बुबाले गरेको कर्मकाण्ड विचको सम्वन्धको हिसावकिताव पनि गर्नु पर्ने हो । उसले यी सब कुरा गरेन । सायद गर्नै सकेन ।
आज बिहान उसले भन्यो “आमा घर छँदैछ…………, म पनि बारम्वार आउनेगर्छु”, ऊ अक्मकियो । मानौं ऊ जे भन्न चाहिरहेको थियो त्यो कुरा उसको घाँटिको नलीभन्दा पनि बढी वक्र थियो । “यहाँ बस्दा केही अप्ठ्यारो भयो……त्यसैले अफिसको छेउमा नै डेरा लिएर बस्ने बिचार गरेको ।” हो उसको कुरा स्वभाविक थियो । उसलाई अप्ठेराहरू थिएहोलान् । तर हामी ? के हामी यो घर यहाँ सजाइएका सामानहरू ………यिनै भौतिक विलासका लागि मात्र यहाँ बसिरहन्थ्यौँ ? सायद उसले यस्तै सोचेको हुनुपर्छ……….। होइन उसले यस बारेमा केही सोचेन । भन्छन् गर्भमा हुँदा आमाको दु:ख समेत सन्तानले अनुभव गरेको हुन्छ । हुनसक्छ उसले आफ्नो विवेकको ढोका बन्द गरेको होस् । ऊ आफैँ तर्सेको हुनसक्छ आफ्नो विवेकसँग । पुराना दिनका स्मृतिहरूलाई उसले प्रवेश निषेध गरेको हुनसक्छ ।
हो, हामी यहाँ आफ्नै खुसीले आयौँ । ऊ एक्लो छ भनेर । गर्न त सवै उसैले गर्žयो । हामी आएपछि घर बनाउने भन्यो । उसले सवै व्यवस्था गर्žयो । हामीले रेखदेख गरिदियौं । घर बन्यो । भन्थ्यो “एक्लो हुँदा अव्यवस्थित भइदोरहेछ ।” र, हामीले आफ्नो कर्तव्य अनि उसको अभाव दुवै पूरा गरिदिन उसको विवाह गरिदियौं, उसैको अस्पतालकी नर्ससँग । एक पटक उसले घरमा लिएर आएको थियो तिनलाई अनि चिनाएको थियो “उनी हुन सुलोचना
। अस्पतालमा राम्रो सेवा गरेर सवैको मन जितेकी छिन् ।” मलाई लाग्यो कतै उसको पनि मन जितिसकेकी त होइन ? किनभने एक नजरमै मेरो मन सरलाले जितिसकेकी थिई । मैले ढिला गरिन । सर्वेसलाई दवाव दिएजस्तो गरेँ उसले हुन्न भनेजस्तो गरेर पनि स्विकृति दियो । वस् हामीले आफूले गर्नु पर्ने जति गर्žयौ ।
त्यस्तो केही त भएको थिएन जसको कारण उनीहरूले हामीबाट छुटकारा पाउन खोज्नुपरोस् । हो यत्ति चैं भनेकी थिएँ मैले सरलालाई “यसरी रात विरात नभनी ड्युटी गरे घर कसरी चल्छ ? दुलही घरको पनि अली ख्याल राखे राम्रो हुन्छ । अहिले त तिमी दुई मात्र छौ, हामी जे जसरी गरिहाल्छौं- पछि बच्चा भएपछि समस्या हुन्छ ।” सायद मैले पनि नभन्नुपर्थ्यो । सवैकुरा आफूले सोचेजस्तो हुन्न । पहिलो कुरा त हामीले यहाँ बस्नै हुन्न यो । यस्तो यान्त्रिक ठाउँ । दु:ख-विमार परियो भने पनि आफन्त भेट्न आउन पाउँदैनन् । मरियो भने पनि मानिस आफ्नो काम छोडेर आउन कतिलाई फुर्सद नदोहो । यहाँ सवैलाई आफ्नो मात्र चिन्ता छ ।
सर्वेसको बुवाले हाम्रा सवै सामानहरू कसिसक्नुभयो । अनि हामी यो यान्त्रिक शहरलाई चाँडो भन्दा चाँडो छाड्दैछौं । र जाँदैछौं आफ्नै गाउँ, जहाँ हरेक सुख-दु:खमा साथ दिने आत्मीय इष्टहरू छन् । जहाँ मर्दाका मलामी र पर्दाका सहयोगीहरू छन् । हो हामी जाँदैछौं ।
यसैबेला सर्वेस आइपुग्छ । अनि भन्छ: “बुवा…, आमा… यो सब के देख्दैछु म ?”
सर्वेसको बुवाले निस्फिक्री जवाफ दिनुहुन्छ “तँ ठिक देख्दैछस् छोरा । हामी जानै पर्थ्यो, त्यसैले जाँदैछौं ।”
अनि म भन्छु - “बाबु यदी हाम्रो कारणले तँ घरबाट बाहिरन खोजेको भए हामी त्यसोहुन दिदैँनौँ। अन्यथा तँ आफ्नो लागि आफैँ निर्णय गर्न सक्छस् । यो शहरसँग हाम्रो अव के नै नाता रह्यो र ?”
सरला घरमा थिइन । बाहिर एउटा ट्याक्सी रोकियो । हामी त्यसलाई भेट्न चाँडो चाँडो निस्क्यौं । अनि ढोकामा पुगेर एकपल्ट फर्की हेर्न मन लाग्यो । सेरेन भित्तामा टाउको अड्याएर सायद रोइरहेको छ । म भित्र भक्कानु फुटेर आयो । सारीको सप्कोले मुख छोपेर म निर्विकल्प पाइला अघि बढाउँदै छु …………………………………………………………………………

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/06/18/p660/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker