:: आँखा (हरेक छोराले पढ्नुपर्ने एउटा कथा ) : : June : : 2008
Custom Search

परिवर्तन नेपाल, June 23, 2008 7:34 am

आँखा (हरेक छोराले पढ्नुपर्ने एउटा कथा )

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म घृणा गर्थेँ म उनलाई । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन् । त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुझ्न मेरो स्कुलमा आइन् । मैले मेरा साथीहरूलाई उनी मेरी आमा हुन् भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन् । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलाई अत्यन्तै नराम्रो लाग्यो । मैले उनलाई कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।

अर्को दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलाई भन्यो- “छ्या तिम्री आमाको त एउटा मात्रै आँखा ! कस्ती काली त्रि्री आमा त ! त्यस्ती कुरुप बुढीलाई आमा भन्न तिमीलाई लाज लाग्दैन ?” उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन् ! उनीप्रतिको रिस र आक्रोशले म आफैँलाई चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलाई भुतुक्क मरुँ जस्तो पनि लाग्यो ।

एकदिन मैले आमालाई बेस्सरी झपार्दै भनेँ- “तिमी किन गयौ मेरो स्कूलमा, आफ्नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ ?” मैले आबेगमा नै भनिदिएँ- “तिमी मर्न नसकेकी बुढी ।” मेरी आमाले कुनै प्रतिउत्तर दिइनन् । मैले आमालाई गरेको गाली सम्झेर मलाई कत्ति पनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृणाभाव बढाइरहेको थियो ।

मलाई त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्, उनको कुरुप अनुहार देख्नै नपरोस् । दिनहरू बित्दै गए ।

त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्नसमेत छात्रवृत्ति पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए ।

म आफ्नै संसारमा मस्त थिएँ । मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन् । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन् । उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्यौलीका कारण उनको कुरुपता अझै बढेको थियो । उनले आफ्ना नातिनातिनालाई त देखेकीसम्म थिइनन् । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलाई बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलाई गाली गरिन् र थप्पड पनि लगाइन् । मेरो घरआँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलाई असैहृय भयो । मैले उनलाई बेसरी कराएँ । “तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलाई ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।”

मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्- “माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलाई दुख दिनेछैन ।” यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन् ।

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस ट्रिपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलाई ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ ।

समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाई उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलाई कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलाई सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलाई लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्न थालेँ । चिठीमा यस्तो लेखिएको थियो-

मेरो प्रिय छोरा,

मलाई माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलाई गाली गरेँ । मैले तिमीलाई पटक पटक दुःख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाई हेर्न म उठ्न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाई हर्ेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदासम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणाको पात्र भइरहेँ । मैले तिमीलाई निकै दुःख दिएकी छु ।

छोरा, तिमीलाई थाहा छैन जब तिमी सानो थियौ- अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलाई एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलाई एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलाई अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र !? अन्ततः डाक्टरलाई मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र त्रि्रो बिग्रिएको आँखामा प्रत्यारोपण गरिदिएँ । अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो ।

प्यारो छोरा, आज मलाई निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा । म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु? यो मेरो आशिर्वाद तिमीलाई । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलाई फेरिफेरि दुःख दिनेछ । तिमीलाई नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलाई भेट्न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु ।

मेरो सारा आशीवाद र माया तिमीलाई ।

उही तिम्री

कुरुप आमा
(इन्टरनेटमा अङ्ग्रेजी भाषामा रहेको अज्ञात लेखकको यो कथा सुमन भट्टर्राईले रुपान्तर गर्नुभएको हो / यो कथा नेपाल एफएम 91.8 बाट प्रसारित साहित्य सुधा कार्यक्रममा बिहीबार (५ गते) प्रसारण हुँदैछ । समय सवा ९ बजे)

2 Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/06/23/p661/trackback/

  1. namskar lekhak daju maile hajurko name bhetina jasama dukha lagyo ani yo english bata trackback garepani hajurlai dhanyabad kinaki hami sabai nepali harule english padnasakne bhayaka chhainau ra pheri english maibhayako bhaya ta yo webside ma panita herna sakine thiyanani tiyasaile hajurlai koti koti dhanyabad

    Comment by sujannembang [LIMBU] — परिवर्तन नेपाल, April 22, 2009 4:31 pm @ 4:31 pm

  2. sorri dhai maile agadi comment garda hajurko name dekhina chuu feri dosro din padda hajurko name paya derainai khusi lagyo suman bhatrai daju bye

    Comment by sujannembang [LIMBU] — परिवर्तन नेपाल, April 23, 2009 8:23 am @ 8:23 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker