:: राजा विनाको देश-नेपाल : : June : : 2008
Custom Search

परिवर्तन नेपाल, June 26, 2008 8:11 am

राजा विनाको देश-नेपाल

गोविन्द गिरी प्रेरणा
नेपाल अहिले राजा विनाको देश भएको छ ।

पूव राजा ज्ञानेन्द्रले अनेक आंशकाको कालो बादल चिर्दै अत्यन्त शालिन प्रकारले आफ्ना मनका कुरा औपचारिक रुपमा जनसमक्ष राखेर नेपाल सरकारले बस्न दिएको नागार्जुनको कुटीमा वास बस्न नेपाल सरकारले तोकिदिएको मितिमै गएर यौटा नमूना देखाइदिए । तर त्यो दृष्टान्त कुनै बेला इतिहासले के कसरी मूल्याङ्कन गर्ला समयको हातमै छाडौं ।

राजाले राजपाठ नेपाल सरकारलाई बुझाएर गएपछि नेपाल स्वतः राजा विनाको देश भयो ।प्रत्यक्षतः दृष्य र बयान यति नै हो । कुनै बेला उखान हाल्ने गरिन्थ्यो -अन्यायको अवस्थामा ‘राजा विनाको देश’ हो र - भनेर । अहिले देश राजा विनाको छ । त्यतिखेर राजा भनेर शासनको अर्थमा भनिएको हुँदो हो । न्यायको अर्थमा भनिएको हुँदो हो । सुव्यवस्थाको अर्थमा भनिएको हुँदो हो । सुरक्षाको अर्थमा भनिएको हुँदो हो ।

आज त्यहि अर्थमा नेपाल राजा विनाको देश भएको छ । र्सार्वजनिक यातायातका साधन ठप्प छन्, हड्ताल जारी छ । काठमाडौं राजधानी शहर फोहोरको कन्टेनर बनेको छ । नयाँ संविधान बनाएर देशलाई उन्नत बनाउने जिम्मा पाएका दलहरु कर्ुर्सिको लुछाचुँडीमा अपहत्ते गरिरहेका छन् - निरन्तर, निरन्तर । यौटा र्सव साधारण नेपालीले लामो सास फर्ेन झन गाहारो भएको छ । बहालवाला मन्त्री सरकारी कर्मचारीलाई शौचालयमा थुनेर ठिक गरेका ठोकुवा गर्दै कानुनी राज्यको हदैसम्मको उपहास उडाइरहेछन् र तालुकवाला दल मन्त्रीको यो बहादुरीलाई ‘मौन सम्मती’ जनाएर कानुनको झन् ठूलो उपहास गरिरहेछ । यहि हो त राजा विनाको देश भनेको । ‘लोकतान्त्रिक गणतन्त्र’ मा अनुशासन चाहिन्छ कि चाँहिदैन - गणतन्त्रमा पनि जनताको हविगत गणतन्त्र पर्ूवको भन्दा पनि गए गुज्रेको हुनु कतिसम्म ठिक हो -

पटक पटक आफैंले बनाएको नियम, कानुन र संविधानलाई पटक पटक संशोधन गरेर पनि राजनैतिक निकास दिन नसक्नुको जिम्मेदारी कस्ले लिने हो - के नेपालले मुटि्ठभरका ‘लोभी पापी’ ले मात्रै सदा र्सवदा विरालोले खेलाएको मूसा बन्नु पर्ने हो -

नेपाल - राजा विनको देश । यो नियती कतिन्जेल -

२२ जुन २००८
भर्जिनिया ।

समुन्द्र पारीबाट

मालाधारी हात्ती नागार्जुनतिर नलागोस्
-Anil Pandey, California USA
दन्त्यकथामा एक देश थियो । त्यहाँ राजाको खोजी हात्तीले गथ्र्यो । उसले जसलाई माला लगाउँछ ऊ राजा हुन्थ्यो । कहिले काहीं हात्तीले बिचित्रै गथ्र्यो- सन्काहा र लाटा-लठेप्राहरुलाई पनि उसले माला पहिराइदिन्थ्यो ।

तर जनता हात्तीप्रति यति श्रद्धावान थिए कि उसले माला लगाइदिएपछि ‘यो त हुन्न,’ भन्दैनथे । ‘कम्तिमा कुनै राजा त पाइयो,’ भनेर प्रसन्न हुन्थे । उनीहरु आफूलाई राजा भएको मुलुकको भाग्यमानी प्रजा सम्भिmन्थे ।

तर नेपाली त्यति भाग्यमानी हुन सकेनन् । करिव एक महिनासम्म राष्ट्रपतिको खोजी भयो । राष्ट्रपति पाइएन । कसलाई मुलुकको प्रथम पुरुष वा महिला बनाउने भनेर नेपाली कांग्रेस, एमाले र माओवादीमा टाउको ठोकाठोक भयो । तर पार लागेन । गिरिजाप्रसाद कोइराला राष्ट्रपति नभई मृत्युवरण गर्न नचाहने, माओवादी उनले राष्ट्रपति हुने हो भने सरकारमै नबस्ने र एमाले दुइटाको खेलमा कर्ुर्सर्ीीतै उछिट्टएिर आफ्नो हातमा हुत्तिएर आउँछ कि भनेर र्‍याल काडेर बसिरहने । यो विचित्रको अवस्थाले नेताहरुलाई त आत्मरतीमा रमाउन कामै लाग्यो होला, जनतालाई निकै निराश बनायो ।

दर्ुइ सय ४० बर्षलामो राजतन्त्र समाप्त भएर गणतन्त्र आएका कारण नेपाली जनतामा जुन उत्साह जागृत भएको थियो, त्यो उषाकालमै सिथिल हुनपुग्यो । राजनीतिक दलका नेताहरुको सामन्तवादी चरित्रको हानाथापका कारण यस परिवर्तनले सांस्कृतिक स्वरुप ग्रहण गर्ने संकेत देखाएन । जनताका वारिस बनेका नेतामा उदार भावको अभाव र गणतान्त्रिक चरित्रको अनिकाल प्रष्ट देखियो । नेकपा माओवादीले अन्य सबै दललाई उछिनेर जुन विशाल कायको परिचय दियो, त्यसको सम्मान गर्ने लोकतान्त्रिक अभ्यासको अभावका कारण अविश्वासको बादल कति बाक्लिएको रहेछ, प्रष्ट भयो ।

जनता नेताबाट उदारताको अपेक्षा गरिरहेका हुन्छन् । सरकारले थोरै खाएर जनतालाई धेरै खुवाओस् भन्ने अपेक्षा उनीहरुको हुनर्ेगर्दछ । तर यसको ठीक विपरीत नेता र मन्त्रीहरु राजतन्त्र कालको भन्दा पनि ठूलो भाग खान लागिरहेका छन् । यसको उदाहरण बनेको छ संविधानसभा । ६ सय १ जनाको संविधानसभामा हरेक व्यक्तिले प्रतिमहिना ४५ हजार रुपियाँ खाने व्यवस्था गरिएको छ । यसमा कोही अघि उभिएर ‘म आधा रकम मुलुकलाई नै फर्काउँछु, मलाई २०-२२ हजार भए पुग्छ’ भन्नसकिरहेका छैन । नेपालीको जीवनस्तर हर्ेदा १०-१२ हजारले सामान्य जीवन बाँच्न सकिन्छ । तर संविधानसभाका सदस्यहरु दर्ुइ वर्षभत्रै पूँजीपति बन्ने तयारीमा लागेका देखिन्छन् । यो जनचाहना होइन ।

राजाले संविधानसभाको पहिलो बैठकको निर्ण्र्ााो सम्मान गर्दै श्रीपेच र राजदण्ड त्याग गर्ने जुन बुद्धिमानी देखाए, त्यसले उनको लोकप्रियता बढाइदियो । जनता नेतातिर फर्केर ‘राजाबाट केही सिक,’ भन्न थालेका छन् । राजाको व्यवहार र सोच राजनीतिक नेताका लागि चुनौतीको विषय हुन पुग्यो । जनताको निर्ण्र्ााभन्दै राजदरवार छोडेर राजा रानीबनतिर उकालो लाग्ने तर जनताले ठूलो पार्टर्ीीे हैसियत दिएको माओवादीको निर्ण्र्ाानेकाले नमान्ने, यो कस्तो विडम्बना । गणतान्त्रिक लोकतन्त्रलाई गम्भीरताका साथ लिएर साँचो अर्थमा यसलाई संस्कारका रुपमा विकसित गर्नु आजको आवश्यकता हुन पुगेको छ । यसको अभ्यास नेताहरुबाटै थालिनर्ुपर्छ । अन्यथा यसको परिणाम घातक पनि हुनसक्छ ।

परिणाम कस्तो घातक हुनसक्छ भनेर अड्कल लगाउन सकिन्छ । जनता राजालाई छोडेर राष्ट्रपतिमा उक्लेका त छन्, तर शाहवंशले यस मुलुकलाई दिएको योगदान विर्सिन सकेका छैनन् । बडामहाराज पृथ्वीनाराण शाहको एकीकरणले बनेको मुलुक नेपालका नागरिकले त्यस वंशलाई बिर्सने कुरा पनि आउँदैन । उनीहरु शासकीय संस्कारमा पनि छन् । यदाकदा कठोर भएपनि खास समयमा जनताको चाहनालाई सम्मान गर्न उनीहरु जान्दछन् । पछिल्लो पटक नागार्जुनतिर लागेर पनि ज्ञानेन्द्रले त्यही कुराको पुष्टि गरेका छन् । बंशपरम्परागत संस्कारलाई उनले कायम राखेका छन् । त्यसैले नेपाली जनताले ज्ञानेन्द्रलाई राष्ट्रपतिको माला लगाइदिए भने आर्श्चर्य हुनेछैन । आजको जनतारुपी हात्तीलाई नेताहरुले यसैगरी झोक उठाइरहने हो भने मालाधारी त्यो जीव नागार्जुनतिर उकालो लाग्नसक्छ । सामान्य जनताले यस प्रकारको निर्ण्र्ाालिइहाले तापनि अर्को व्रि्रोही समूह राजाको कुनै स्वरुपलाई सत्तामा देख्न चाहँदैन । कम्तीमा केही वर्षम्म उनीहरु राजा पटाक्षेप भएको हर्ेन चाहन्छन् । भोलि राजा राष्ट्रपति बनेर नै शासनमा आउने हो भने पुनः अर्को व्रि्रोह र अस्थिरता सिर्जना हुनसक्छ ।

आजको संक्रमणकालीन स्थितिमा स्थायी निकासका लागि राजनीतिक दलका नेताहरु नै अगाडि आउनु आवश्यक छ । उनीहरुको सोच र संस्कारमा परिवर्तनको खाँचो छ । संकर्ीण्ा मानसिकताकै कारण राष्ट्रपति चयनमा लामो समय लागेको हो । यदि यस्तै हो र पहिलो प्राथमिकतामा संविधान निर्माणलाई नै राख्ने हो भने प्रधानमन्त्रीलाई कार्यवाहकको जिम्मेबारी दिएर पनि काम चलाउन सकिन्छ । एक-डेढ वर्षा संसदीय चुनाव गरेर चार-पाँच वर्षा लागि स्थायी प्रकृतिकै राष्ट्रपति बनाउन सकिन्छ । आखिर ६०१ ज्ानाको विशाल संविधानसभालाई पाल्नु नै नेपालीका लागि सेतो हात्ती भएको छ, त्यसमा राष्ट्रपतिको बोझ थप्न किन हतार गर्ने -

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/06/26/p663/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker