:: फुटबल सौता बन्यो स्पेनिस महिलाको : : June : : 2008
Custom Search

परिवर्तन नेपाल, June 30, 2008 11:13 am

फुटबल सौता बन्यो स्पेनिस महिलाको

दुइ वर्षघि जर्मनी विश्वकपका क्रममा ४० हजार अवैध यौनकर्मी सक्रिय रहेको एक तथ्यांक प्रकाशमा आएको थियो । जर्मन प्रहरीको सक्रियता र सावधानीलाई पार गर्दै विभिन्न राष्ट्रका वेश्या त्यतिबेला जर्मनी पुगेका थिए । ल्याटिन अमेरिकी, एसियाली, रसियन र अप्रिकनहरूको ठूलो हिस्सा यही धन्दाका लागि जर्मनी प्रवेश गरेको थियो । यसका साथै दासदासीका रूपमा रहेका कैयौंलाई दासीका रूपमा प्रयोग गरिएको थियो । यस्ता दासीहरू अत्यन्त सस्तो भएका कारण धेरैको आकर्षा उनीहरूतर्फथियो । धेरै फुटबल दर्शक रात परेपछि यौनकर्मीका रूपमा उपयोग हुने दासीको खोजीमा भौंतारिन्थे ।

यस्तै खालको सम्भावना युरोपमा पनि नदेखिएको होइन, तर युरोकपका कारण अस्टि्रयामा अबैध यौनधन्दामा वृद्धि भएको कुरालाई त्यहा”का यौनकर्मीहरूले नकारेका छन् । ‘अबैध धन्दामा वृद्धि भएको कुरालाई म स्वीकार्दिन” ।’ अस्टि्रयाको यौन व्यवसायीको समूह सोफीकी एक सदस्य इसा भान राहडेनले भनिन् । अस्टि्रयाको यौन बजार अत्यन्त व्यवस्थित रहेका कारण कुनै त्यस्तो आवश्यकता नभएको दाबी यौनकर्मीहरूको छ । खेलाडीहरूका लागि बैध रूपले यौन सेवा उपलब्ध गराएको दाबी यौनकर्मीहरूको छ ।

प्रतियोगिताअघि नै अबैध यौनकर्मी हाबी हुने सम्भावनालाई ध्यानमा राख्दै प्रतियोगिता आयोजकले खेल सञ्चालन हुने चार सहर भीयना क्लागेनर्फट, इन्र्सबर्ग र सार्ल्बर्गमा ठूलो मात्रामा प्रहरी तैनाथ गरेको थियो । प्रतियोगिता अवधिभर रेडलाइट एरियामा पनि कडा निगरानी राखिएको छ, जसको एउटै कारण थियो( अबैध यौनकर्मीको त्यो क्षेत्रमा प्रवेश नरहोस् ।

उता, युरोकपको मजामा अन्यत्र भौंतारिनेहरूको संख्या बढिरहेकै समयमा फुटबलको मज्जामा यौनलाई बिर्सनेहरूको पनि कमी छैन । अस्टि्रयामा गरिएको एक र्सवेक्षणअनुसार ३३ प्रतिशतले यो समयमा यौन गतिविधिमा कमी ल्याएका छन् । भियना विश्वविद्यालयले यो निष्कर्षनिकालेको हो । विश्व विद्यालयको प्रतिवेदनअनुसार ७० प्रतिशतले युरोकपलाई नियालिरहेका छन् भने ३७ प्रतिशतले यौन गतिविधिलाई अल्टरनेट बनाएका छन् । १४ प्रतिशतमा भने फरक स्टाइल रहेको पाइएको छ । अस्टि्रयाका १४ प्रतिसत व्यक्तिले फुटबलको मज्जा लुट्दै यौन क्रियाकलाप सञ्चालन गर्ने जनाइएको छ ।

युरोपीय फुटबलमा भिन्नै खालको आकर्षा बोकेको स्पेनको हकमा भने स्थिति अलि फरक छ । यहा”का गृहिणी तथा युवतीहरू वाक्क छन् । उनीहरूका श्रीमान् तथा ब्वाइप|mेन्डले आफूलाई भन्दा रियल म्याडि्रड वा बार्सिलोनालाई बढी प्राथमिकता दिएको गुनासो गर्नेहरू अहिले पनि यस्तै समस्याबाट पीडित छन् । उनीहरूका श्रीमान् अझै पनि बारमा भेला हुन्छन्, बियर पिउ”छन् र आफ्नो राष्ट्रिय टिमको खेल हर्ेर्दै होहल्ला गर्छन् । आकर्ष र लोकप्रिय फुटबल खेल धेरैका लागि सौता बनेको देखिएको छ । एक र्सर्वेक्षणअनुसार स्पेनका १० मध्येका ७ वयस्क आफ्नी श्रीमतीस”ग रात त बिताउ”छन् तर उनीहरूको ध्यान भने फुटबलमै हुन्छ ।

बार्सर्ीीेना र रियल म्याडि्रड मात्र होइन, भ्यानेन्सिया र भिल्लारियल पनि स्पेनिस महिलाका सौता बनेका छन् । स्पेनिस महिलामा पुरुषहरूले यी दर्ुइ क्लबका लागि आफूप्रति ध्यान नदिएको गुनासो रह”दै आएको थियो । फुटबलका कारण सहनुपरेको पीडालाई पनि प्रेमीका साथी नभएका होइनन् । जस्तो कि सन् १९९० को विश्वकपमा पल ग्यास्कोइनले पेनाल्टीमा गोल नगरेपछि इङ्ल्यान्ड बाहिरिएको दुःखमा त्यहा”का ६९ प्रतिशत पुरुषले आङ्खनी श्रीमतीलाई अंकमाल गर्दै रोएर रात काटेका थिए । थुप्रै र्सर्वेक्षणअनुसार स्वीडेनका बासिन्दा यौनमा उदार देखिएका छन् । ८८ प्रतिशत स्वीडेनका पुरुष चुम्बन चाहन्छन् । श्रीमती अगाडि भए ठीकै, नभए जो छ उही ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/06/30/p664/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker