:: खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण (यात्रा स्मरण) : : July : : 2008
Custom Search

परिवर्तन नेपाल, July 30, 2008 6:11 am

खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण (यात्रा स्मरण)

खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन ।
भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्या_िन्सल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए । तर त्यस दिन भने त्यस्तो भएन दिनको करिव १ बजे म अबुधावीबाट काठमाण्डौकोलागि प्रस्थान गरे । नेपाली एयरलाईन्स भएको हुँदा प्लेनमा सबै नेपालीनै थियौ र एयर होस्टेज पनि नेपालीहरुनै थिए । म सबैभन्दा पछाडीको सिटमा बसेको थिए एयर होस्टेजहरुले कुरा गरेको सबै सुन्न सक्थे । उनिहरु मध्ये एकजनाले प्लेनमा यात्रा गर्दा आपत पर्दा सिट वेल्ट बान्ने तरिका नेपालीमा र अंग्रेजीमा गरी खरर पढे । पछि उनिहरुले कुराकानी गर्दा मेरो कानमा उनिहरुको शब्दहरु ठोकियो । कस्ति मोरी लेखेको पनि खरर पढ्न नसक्ने बिचमा अड्केकी अर्किले भनिन् के गर्ने त भर्खरै सिक्दै त होनी अब यस्तो हुदैन । यस्तै यस्तै कुराहरु उनिहरुले गरे । म भने सबै यात्रुहरुसँग भलाकुसारी गर्न लागे । प्लेनमा करिब ५० जना जति मात्र थियौ । त्यसमा पनि करिव २० जना जति नेपालीहरु विभिन्न समस्याहरुले सताईएर क्या_िन्सल नेपाल फर्कदै थिए । उनिहरुको तितो कथाले मेरो मन चसक्क चस्केको थियो । प्लेन खाली भएको हुदाँ म सिट बदली बदली बसे । एकैक्षणपछि एयरहोस्टेजहरु पानीको बोत्तल र केही खानेकुराहरु लिएर आए । मेमो सिटको पछाडी राखिएको छ हेर्नुहोला भन्ने आदेश दिए । बाफ रे मेमो हेरेको त दङ्ग परे । १५ रुपैया पर्ने पानीको नेपाली ६० वाई वाई चाउचाउको पनि ६० यूएईको मुद्राको तुलनामा पनि धेरै महङ्गो लाग्यो । बजेट एयरलाईन्स भएको हुनाले खानाको ब्यवस्था थिएन ।
प्लेनको सिसाबाट बाहिर चिहाउदा साच्चिकै हामी स्वर्गकै बाटो हिडिरहेका छौ कि जस्तो वातावरण थियो । निलो आकाश मुनी हामी थियौ त हामी भन्दा मुली विभिन्न आकारले थुप्रेको कुहिरोको बनावटी चित्र । उत्त चित्रले मन मग्न बनाएको थियो भने अझै तल समुन्द्र तथा मरुभूमी अलि अलि ठम्याउन मात्र सकिन्थ्यो । करिव साढे तिन घण्टाको यात्रामा प्लेनका झयालहरुबाट बाहिरको दृश्यले हामीलाई भुलाईरहेको थियो । विस्तारै हामी नेपाल भूमिमा प्रवेश गर्न लागेका रहेछौ । बाहिरी मौशम अहिले बदलिएको थियो हरिया डाँडा र पाखे खेत बारीले अति मनमोहक दृश्य देखिईरहेको थियो त्यसैले पनि अनुभव लगायौ हामी नेपाल भूमिमा प्रवेश गरिसकेका रहेछौ भन्ने । साँझको करिव ६ बजे हामी काठमाण्डौ अन्तराष्ट्रीय धावन मार्गमा उत्रियौ । प्लेनबाट उत्रिदा एयरहोस्टेजहरुले नमस्कार फेरी पनि यात्रा गर्नुहोला भन्दै थिए । मैले प्वाक्क भनिदिए यात्रा त गर्ने हो तर नेपालीकै प्लेन भएको हुँदा सिटमा अरबी अंग्रेजी पत्रिका होईन एक एक वटा नेपाली पत्र पत्रिका साथै नेपाललाई चिनाउने पर्यटकिय सम्वन्धि पुस्तक पनि राख्ने भन्नुहोला तपाइको म्यानेजमेन्टलाइ । एक जना एरहोस्टेजले हुन्छ भनीन् तर अर्को पटक यात्रा गर्दा पुस्तक हुने हो की होईन खै ।
मेरो मुटु गर्भले ढक्क फूल्यो किनकी म गणतान्त्रिक नेपालमा पहिलो पाहिला राख्दै थिए । अर्को पालीको छुट्टिमा अवस्य देशले विकासको मुल फुटाउने छ म जस्ता लाखौ प्रवासी नेपालीहरुलाई स्वदेशमानै बस्ने अवसर प्रदान गर्ने छ । अध्यारो छाएको र अन्तराष्ट्रिय विमानस्थल भन्न पनि नसुहाउने नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल पनि परिवर्तन हुनेछ । यस्तै यस्तै कुराहरु सोच्दै म बाहिरिए । जलश्रोतको खानी भएता पनि भित्र अन्धकार छाएको थियो । मधुरो बत्तिको उज्यालोमा कर्मचारीहरु आगमन स्टिकर टास्दै थिए । हामीहरु आएको रेकर्ड पहेलो सानो पानामा बाहेक अन्य कतै राखेजस्तो लागेन । झोला लिने ठाउँमा पुगे र ट्रलीमा झोला राखेर ट्रली गुडाउदै म बाहिर निस्कन थाले । बिच बिचमा सेक्युरिटी चेक गर्ने सुरक्षाकर्मिहरु थिए तर एक ठाउँमा पनि चेक गरेनन् । झोलामा के थियो कम्प्युटरबाट पनि जाचँ गरेको देखिएन । कम्प्युटरबाट जाँच गर्ने मेशिन लोडसेडिङ्गको कारण बन्द जस्तो लाग्यो लिपुट पनि बन्द थियो सायद लोडसेडिङ्गले नै हो भन्ने सोच्दै म बाहिर लागे । पहिलो चोटी मलाई लिन एयरपोर्टमा मेरी श्रीमती छोरी स्मृति र स्नेहा अनि भाइ आएका थिए । मैले आँखा डुलाउदै थिए परबाट हात हल्लाएको देखे मन कपासझै फुरुङ्ग भयो । छोटो समय मात्र बिछोड भएता पनि कतिवेला भेटौ जस्तै भाको थियो । जव म एयरपोर्टको बाहिर निस्के मलाई त बौलाहा कुकुरले झम्टेझै झम्टीन आईपुगे । प्रवासमा भाडाका साधनहरु लाईनमा बस्ने चलन थियो यहाँ त तछाड मछाड हुदाँ अचम्म लाग्यो कहिले सुध्रने होला यहाँको चलन । हामी एउटा टयाक्सी लिएर कोठामा गयौ र भोली बिहानै हामी हाम्रो सुन्दर नगरी बन्दिपुर जाने निधो गर्र्यौ ।
बिहानीको झिसमिसेमा हामी बन्दिपुरको लागि यात्रामा निस्कियौ । बैषाख महिना भएको हुनाले बाहिरी मौशम केही गर्मि थियो । करिव बिहानको १० बजे हामी नयाँ बसपार्क पुग्यौ र बेशिसहर जाने बसमा चढ्यौ । काठमाण्डौदेखि करिव १ सय ३० किलोमिटर मात्र थियो हाम्रो गन्तब्य तर करिव ४ घण्टा यात्रा गर्नु पर्ने थियो । विदेशका ठाउँहरुमा १ सय ३० किलोमिटर भनेको साढे एक घण्टाको यात्रा थियो । खाडी मूलुकमा खजुरका बोटहरुमात्र देखिएको आँखाले हरियाली वातावरणहरुको अवलोकन गर्दा बसको झ्ायालबाट आँखा सधै बाहिरनै हुन्थ्यो । करिव ६ महिनाको बिछोडमा तड्पिएका मेरा छोरीहरु मलाई अँगालो हालीरहेका थिए । बिस्तारै हामी थानकोटको ओरालोलाई थिचोल्दै अगाडी पुग्यौ । मलाई पहिलो पटक विदेश जाँदा खेरी भएको पिडाको सम्झना आयो । डुम्रेबाट काठमाण्डौ आईपुग्दा करिव १० ठाउँमा उत्रेर चेक गर्दै ४ घण्टाको बाटोमा १० घण्टामा काठमाण्डौ आएको । अहिले त देशकेा अवस्था केही बदलीएको छ । कहि कतै नरोकिकन हामी दिनको करिब साढे दुई बजे डुम्रे बजारमा उत्रियौ ।
बन्पिुर नगरी पहिलाको तुलनामा अहिले धेरै प्रखयात थियो । स्वदेशी मात्र होईन विदेशी पर्यटकहरुको पनि आउने जानेको भिड हुन्थ्यो । बन्दिपुरको टुँडिखेल एउटा अनि सुन्दर पिकनिक स्थल बनेको रहेछ । तनहुँ वरपरका जिल्लाबासीहरुको लागि । त्यतिमात्र नभएर बन्दिपुर एक पर्यटकिय क्षेत्र पनि भएको हुदा आन्तरिक पर्यटकहरुको पनि आगमन बाक्लै देखियो । वैषाख जेष्ठ महिनाको प्रचण्ड गर्मीमा पनि बन्दिपुरमा शितल हावा चल्दछ । बन्दिपुरको वातावरण एकैनासको हुने हुनाले यो समयमा बढि पर्यटकहरुको आगमन हुने गर्दछ ।

प्रत्यक १५ मिनेटमा बन्दिपुरको लागि जिप छुट्थ्यो । हाम्रो गाउष बन्दिपुरबाट पनि तल बेशीमा भएको हुनाले हामी बेशी जाने जिपको प्रतिक्षामा थियौ । दिनको ४ बजे डुम्रेबाट बेशी जाने जिप छुट्टने कुरा भाइले बताए । बाँकी रहेको समय हामी घुमफीर गरेर बितायौ ।
समयले कतिछिटो कोल्टे फेरीसकेको रहेछ । हामी पहिला बन्दिपुर जान नाकै ठोकिने उकालो जँगलको बाटो हिड्नु पर्दथ्यो भने मोटरबाटो भएर जाँदा धेरै समय लाग्थ्यो तर अहिले तल गाउष सम्मनै जान यहीबाट यातायात पाईने । दिनको ४ बजे जिप तल बेशी जान तयार भयो गाऊँकै एक जना छिमेकीको रहेछ जिप झनै सजिलो भयो । १५ १५ मिनेटमा जिप छुट्टने भएतापनि यात्रुको चापले गर्दा पछाडी झुण्डिएर बस्न बाध्य हुनपर्दथ्र्यो । डुम्रेबाट ७ कि।मी मात्र थियो बन्दिपुरको दुरी । बन्दिपुरबाट बेशी जान करिव ५ कि।मी जति थियो । जिपको पछाडी झुण्डिदै हामी बन्दिपुरको उकालो लाग्यौ । सानो मोटरबाटो र धेरै घुम्तिहरु भएको हुनाले यात्रा अति जोखिमपूर्ण त थियो नै तर पनि जानु पर्ने सबैलाई बेलैमा । बैषाख जेष्ठ महिना भएको हुनाले वनमा साल सेतै फुलेका देखिन्थे । बन्दिपुर उकाली लाग्दा बाटोमा सुन्तलाका प्रसस्त बगैंचाहरु पर्दछन् । भर्खरै फूलबाट फर्केर साना कोपिला लागेका थिए । असोज कात्तिक महिनामा यो बाटो सुन्तलाका दानाले पहेलै हुने गर्दछ ।
बन्दिपुर सम्म पिच बाटो भएकोले त्यति गाह्रो भएन । बन्दिपुरबाट तल बेशी पुग्न अझै त्यो भन्दा पनि महाप्रलय थियो । हामी बन्दिपुरबाट करिव साढे ४ बजे तिर बेशी हुईकियौ । बाटोमा रहेका ढिस्का र खाल्टाको अबरोधलाई पार गर्दै हामी तल बेशीमा झर्र्यौ । भर्खरै फूलेका आँपका बगैंचाको बिचबाट यात्रा गर्नु पर्ने भएकोले आँपको फूलको बास्ना अति मिठो आएको थियो भने फाटमा चैते धानले हरियाली छाएको थियो । बारीमा भर्खरै दुई पाते मकैले झनै मनमोहक बनेको थियो गाऊँको वातावरण ।
गएको दशैमा मात्र आएको हुनाले गाऊँलेहरु अचम्मित परे । ओ हो खाडी राष्ट्रबाट पनि यति छिट्टै आउन पाउने । हुन पनि किन अचम्मित नपरुन गाउँबाट खाडी छिरेकाहरु बर्षौ वित्दा पनि फर्केका थिएनन् । केही ठाउषमा अवरोध खडा भएतापनि सजिलै घर सम्म आईपुग्यौ । भर्खरै बसन्त ऋतुको आगमन हुन लागेको हुनाले वर परका रुखका पातहरु पलाउने क्रम जारी थियो भने बाटोमा औसेलु हाडे काफलका बोटहरुमा लटरम्म फलेका फलले मुखै रसाएको थियो । कुनै जमानामा डुम्रेबाट घर सम्म आउन ५ घण्टा लाग्थ्यो भने अहिले १ घण्टामा आउन सकिने । गाऊँ भए पनि कति छिटो बिकासले फड्को मारेको । बाटो मात्र नभएर अहिले गाउषमा बिजुली टेलीफोन पानीको पनि पहिलाको भन्दा धेरै सुविधा भएको छ ।
सानोमा कल्पना गर्दथे मेरो घरको आगँनबाट मोटरबाटॊ गाऊँमा प्रयोग भईसकेका टाईगर बेट्रीहरु सँगालेर रेडियो बजाएको दाजुलाई फोन गर्न भनि बन्दिपुर लगाएर धाएको र फोन गर्न पनि लामो लाईनमा कुरी बस्न परेको पिडा मेरो मानसपटलमा ताजै थियो । आज घरको आगँनबाट गाडी हिड्न थालिसकेको छ हप्ताको केही समय लोडसेडिङ्ग भएतापनि बिजुली बत्ती घरमानै पुगेको छ भने प्रत्येक घरमा टेलीफोनका सुविधाहरु छन् । पहिला पहिला काल्ला माथी वा जंगल भित्र जानु पर्दथ्र्यो पेट साफ गर्न अहिले प्रत्येक घरमा आ-आफ्नै सुविधासम्पन्न टवाईलेटहरु निर्माण भईसकेका छन् । १० बर्षको अन्तरालमा गाउषले यिनै विकासको फड्को मारेछ । अब आउने १० बर्ष भित्रमा सायद मेरो गाँऊ कुनै सुविधा सम्पन्न सहर नहोला भन्न सकिदैन ।
यस पटक मेरो खाडी राष्ट्र अन्र्तगत यूएई देखी मेरो गाउष बन्दिपुर सम्मको यात्रा रमाईलोनै गरी बित्यो ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/07/30/p667/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker