:: खाडीमा पानीमा डुबुल्की मार्दा बेग्लै मज्जा : : October : : 2008
Custom Search

परिवर्तन नेपाल, October 23, 2008 8:13 pm

खाडीमा पानीमा डुबुल्की मार्दा बेग्लै मज्जा

समुन्द्रि तटहको नजिकै विश्वप्रख्यात होटल बुर्जअरब होटल र जुमेरा होटलको बिचमा अवस्थित वाईलवादी वाटर पार्क साच्चीकै बिचित्रको संसार रहेछ । गत महिना म र मेरा सहकर्मी साथीहरु त्यस ठाउँमा पुगेका थियौ । जुलाई महिनाको मरुभूमिको प्रचण्ड गर्मीमा १० मिनेट बाहिर बस्दा नेपालको असार साउनको झरीले भिझेझै भिजिन्छ पसिनाले । वाईल वादीको मुख्य गेट नेपालको कुनै ढुङ्गे गुफामा छिर्न लागेको जस्तो ढुङ्गा तथा सिमेन्टले कुदेर बनाईएको रहेछ । अन्य दिन भन्दा विदाका दिनमा त्यहाँ ठुलो चहल पहल हुँने हुदा हामी बिहानै ११ बजे भित्र छिर्ने तर्खरमा थियौ । जुमेरा होटलमा करिव १ हजार नेपाली कार्यरत छन् । त्यहाँ कार्यरत नेपालीहरुको सहायतामा हामी डिस्काउन्ट रेटको टिकटमा गएका थियौ । टिकट लिने लाईनमा पसिनाले निथ्रुक्क भिजेका थियौ केही क्षण पछि टिकट लिएर आउनु भयो त्यहि होटलमा कार्यरत प्रकाश भट्टराई साथमा हाथमा बाध्ने घडी जस्तै पनि लिएर आउनु भयो । यो केहो भनि सोध्दा यहाँ प्रवेश गर्दा आगन्तुकहरुलाई लगाईदिने र त्यसमा हामीले तिरेको पैसा अर्थात टिकट को चार्ज पनि हुँदो रहेछ । हामी हातमा बाँध्ने घडीलाई मुल गेटमा देखाउदै भित्र छिर्यौ । जब हामी गेट बाट भित्र गयौ भित्रको संसार बेग्लै लाग्यो । ५ बर्षे नावालक देखी ६० बर्षिय बुढा बुढीहरु पनि त्यस ठाउँमा देखिए । खासगरी यूरोपियन मुलुकका बढी देखिन्थे । भर्खरै युवा अवस्थामा टेकेका युवा युवतीहरु पनि धेरैनै देखिन्थे । हामी फेरी अर्को गुफा भित्र छिर्यौ भित्र छिर्दा साथ बढि चिसोको अनुभव भयो थर थर जिउ पनि काप्न थाल्यो । बाहिरको मौशम र भित्रको मौशम आकाश जमिनको फरक थियो । प्रकाश जीले झोलामा स्विमिङ्ग ड्ेस लिएर आउनु भएको रहेछ हामी ६ जना थियौ प्रकाश जी र बिष्णु जी त्यहि काम गर्नु हुन्थ्यो भने बालचन्द्र जी कृष्ण जी अनील जी र म थियौ । एउटा लकेजमा त्यहि घडी देखाएर खोल्यौ र सबै लुगाहरु त्यहि भित्र राख्यौ । हामी अर्ध नाङ्गो भएर बाहिर निस्कियौ । बाहिर गर्मी बढ्दै थियो हामीलाई केही पनि थाहा थिएन कता के छ भनेर । प्रकाश जी र बिष्णु जीले धेरै हुलहुने ठाउँमा पहिला जानु पर्दछ भन्नु भयो र हामी उहाँको पछि पछि लाग्यौ । पैदल यात्रा गर्दा गर्मीको महसुस नहोस भनेर ठाउँ ठाउँमा पँखाको साथमा छिसो पानीको फर्रा छोडिएको थियो भने जमिनमा पनि चिसो पानी छोडिएको थियो । हामी हस्याङ्ग फस्याङ्ग गर्दै अर्ध नाङ्गा भएर युवा युवती बुद्धा तथा बालबालीकाहरु लाईन बसीरहेको ठाउँमा पुग्यौ र कता कता मलाई त काउकुती लागेर आयो महिलाहरुको अर्धनाङ्गो शरिरको आडैमा बस्दा । त्यहाँको वातावरण नै त्यस्तै थियो । हामीले पनि एक एक वटा ट्युव लिएर पानीको छालमा बस्यौ । हामी ४ जना पहिलो पटक आएका थियौ । पानीको फोहोराले ट्युवलाई कहिले माथी कहिले तल कहिले घुमाउरो गर्दै लान थाल्यो बिच बिचमा लाईफ गार्डहरु थिए उनिहरुले कुनै समस्या भएमा सहयोग गर्दथे । यसरीनै हामी ट्युवमा बसेर मस्ती लियौ पानी चिसो थियो गर्मिको मौशममा अति आनन्द लाग्यो पहिलो पटक त डर पनि लागेको थियो तर पछि बिस्तारै बानी पर्दै गयो । साथीहरु हामीलाई गाईड गर्दै थिए अब हामी अन्धकारमा जाँदै छौ भन्दै हुनुहुन्थ्यो हामी त्यहि भित्र लाग्यौ । एक छिन त डर पनि लाग्यो चिच्याउदै हामी अर्को पानीको छालमा झर् र्यौ आहा कति मज्जा । यसरी नै हामी मस्याङ्गदी नदिमा रेफ्टीङ्ग खेलेजस्तै खेल्यौ । साथीहरुले अव अर्को ठाउँमा जानु पर्दछ भन्दै अग्लो ठाउँमा देखाए त्यो चुचुरोमा जाने भनेर किन भन्दा त्यहाँबाट चिप्लेर अहिले हामी भएको ठाउँमा आउनलाई । आङ्ग छिरिङ्ग भयो डर पनि लाग्यो । ५ बर्ष देखी ६० बर्ष सम्मका ब्यक्तिहरु त यसरी चिप्लेर आएका छन् भने हामी किन नआउनु भन्दै हामी लाग्यौ चुचुरोमा । आहाँ त्यहाँबाट कति मनोरम दृश्य देखिने बुर्ज अरब होटल समुन्द्रको बिचमा अवस्थित उक्त होटलको बाहिरी वातावरण अति सुन्दर थियो म एकैक्षण त्यहि होटलको दृश्य हेरीरहेको थिए । साथीहरुले खेम डरायो यहाँबाट चिप्लिन भन्दै मलाई खोज्न आउनु भयो मैले सुने अनि म सबैभन्दा अगाडी गए । हेर्दा ज्यादै डर लाग्ने थियो म भन्दा पहिला करिब १० बर्षको बालक नडराईकन चिप्लियो म पनि हिम्मत नहारी हातलाई कुममा ल्याएर खुट्टा खप्टाएर चिप्लिन थाले करिव १० सेकेण्डमा तल आईपुगिदो रहेछ । सबै भन्दा डर तल झर्ने बेलामा हुदो रहेछ । पानीमा माथीबाट फाल हालेजस्तै झप्ल्याङ्ग हुदा । जब म तल आए मेरो शरिर काप्न थाल्यो र पछि डर लाग्यो तर पनि म अरु साथीहरु भन्दा पहिला आए । त्यहाँ सबै भन्दा डर लाग्दो र मज्जाको खेल त्यहि लाग्यो । हामी फेरी अर्को ठाउँमा त्यसरीनै लाईनमा बसी रहेऔ । त्यस ठाउँको अवस्था देख्दा अचम्म लाग्थ्यो । एकै ठाउँको पानीले धेरै मनोराजन दिलाएको थियो । कतै कतै नेपालमा बग्ने छहरे खोलको आकार दिईएको थियो । छेउ छाउमा कडा चट्टान थिए जुन खोलाले बगाएर थुपारेको जस्तो थियो तर ति सबै कृतिम थिए । मरुभूमी भनेर चिनिएता पनि त्यहाँ विभिन्न किसिमका रुख विरुवाहरु देखिन्थे नेपालमा हुने नियालो उखु र अन्य जातीका रुख विरुवाले त्यो ठाउँलाई स्वर्गकै एक टुक्राको हो जस्तो लाग्थ्यो । हामी एक पछि अर्को ठाउँ हुदै पौडी खेल्ने ठाउँमा पुग्यौ । हामी सयौको भिडमा थियौ लाईफ ज्याकेट पहिरिएर हामी पानीको भेलमा पस्यौ । साना बालकहरु देखी बृद्ध सम्म त्यहाँ थिए । २ मिटर सम्मको गहिराई थियो त्यो कृतिम तलाउ । हामी पौडीदै थियौ एकैछणमा समुन्द्रको छाल आएजस्तै भयो तर त्यो कृतिम रहेछ । पानीकै सहायताले कहिले तल कहिले माथी गर्दा कति आनन्द लाग्ने त्यो क्षण साच्चै आफु दुबईमा नभएर स्वर्गमानै छु कि जस्तो हुने । यौवनले मस्त युवतीहरु आफुसँगै आनन्दीत तरिकाले पौडी खेलीरहेको देख्दा केही क्षण भए पनि आनन्दित भईने । मलाई त्यो ठाउँ छोडेर जान मन लागेन । करिब हामी २ घण्टा त्यहि कृतिम तलाउमा पानीसँगै खेल्यौ । नजिकै एउटा अर्को अति आकर्षक कृतिम छहराहरु तथा धाराहरु थिए । मैले त्यो दृश्य पहिलादेखीनै हेरीरहेको थिए । गाउँघरमा कृर्तन बस्दा कृर्तन सकिएपछि खोलामा गएर पानी छयापा छयाप गर्ने गर्दथे भने नाङ्गलाको सहायताले पानी टाउकोमा हाल्ने गर्दथे । त्यहा कृतिम तरिकाले एउटा ठुलो भाडोमा पानी भरेर करिब ५ मिनेटको अन्तरालमा त्यो भाडो आफै पोखिने जस्ले गर्दा त्यसको फेदमा बसेकाहरुलाई त्यो पानीले रुझाउने । त्यो क्षण मलाई नेपालको याद आयो । यो समयमा नेपालमा पनि बर्षा लागेको थियो र साउने झरी झर्दै थियो । करिब १० बर्ष पहिलाको दिन याद आयो । मुसलधारे पानीमा रुझदै खेतमा हिलो छयापा छयाप गरेको र झरीमा भिज्दै हिडेको । त्यहाँबाट अर्को ठाउँमा पनि नजर पुराए जहाँ माथी काठले बनाएको पाईप जस्तो लाग्थ्यो । ठुलो पानीको छरहरा दिईएको थियो त्यो मुनी सबै आफ्नो ढाड थापेका थिए हामी पनि त्यहि पुग्यौ । बिष्णु जीले मलाई त्यो पानीको छहरा मुनी लगेर एकैक्षण राखिदिनु भयो म त अताल्लिए । असिनाले कुटेझै पानीको छहराले कुटेको थियो । नेपालको पहाडबाट झरेको पानीको छहराले झड्का हाने जस्तै भएको थियो तर ति सबै कृतिम थिए । त्यहाँ पनि हामी करिब १ घण्टा आनन्दित भयौ । हामी त्यो ठाउँमा फेरी ट्युवमा बसेर जल परीले झै घुमि रहेउ । अर्को ठाउँको दृश्यले मलाई पहिला देखीनै लोभ्याई रहेको थियो । सानो घर जस्तो लाग्ने ठाउँबाट पानीको बेग आएको थियो त्यहाँ लामो लाईन थियो । लाईफ गार्डहरुले पानीमा डाईफ हान्ने तरिका सिकाउदै थिए । एक जना नेपाली भाइ रहेछन् हेर्दा चाईनिज जस्तो लाग्यो मलाई उनको नाम सिदार्थ रहेछ । एक जनाले ३ पटक भन्दा बढी चान्स नपाईने रहेछ तर उनले हामीलाई ४५ पटक सम्म खेल्ने चान्स दिए । प्रचण्ड गर्मीमा लामो लाईन बस्दा पनि गर्मीको महशुस नहुने । त्यहाँको वातावरण नै त्यस्तो बनाईएको रहेछ । समयको बेग कहाँ गएर रोकियो हामीलाई थाहानै भएन । प्रकाश जीले हतार हतार गर्दै जाउँ अर्को ठाउँमा त्यहाँ घण्टा घण्टामा बिचित्रको दृश्य देख्न पाईन्छ भन्नु भयो । हामी सबै त्यतैतिर कुद्यौ । साच्चै बिचित्रकै दृश्य लाग्यो मलाई । एकै क्षणमा गड्याङ्ग गुडुङ्गको आवाज आयो आकाशबाट बिजुली चम्केको जस्तो देखियो । चट्याङ्ग पर्ला जस्तो चट्याक चुटुक भयो । कृतिम बनाइएको डाँडाको ठुलो ढुङ्गा जोडले हल्लिन थाल्यो । एकैक्षणमा पानी परेझै छिटा हान्न थाल्यो र पहराको बिचबाट ठुलो पानीको मुल फुटेझै पानी तल झर्यो । यो दृश्य त अझै मनमोहक लाग्यो मैले भिडियो पनि लिए । कस्तो अनौठो लाग्ने हुन त हाम्रो लागी यो कुनै अनौठो होईन किनकी यस्ता सिनहरु नेपालमा दिनै देख्न र हेर्न पाईन्छ तर यहाँ बर्षको १ पटक मात्र पानी पर्ने ठाउँमा यस्तो दृश्य देख्नु भनेको अनौठो नै हो ।
त्यो ठाउँ छोडर निस्कन मनै लागेको थिएन । बेलुका दुबईमा भेटघाट कार्यक्रम भएको हुनाले हामी निस्कनै पर्ने भयो । तर पनि साथीहरुले फोटो खिच्ने भन्नु भयो हामी अब पानीमा नरुझी फोटो खिच्न मात्र घुम्न थाल्यौ । साच्चैनै नेपालकै कुनै गाउँमा घुमेजस्तै लाग्यो । मरुभूमिमा बिरलैमात्र देखिने सानो जातको बास नियालो उखु पिपल आदि बोटले हामीलाई भुलाईदिएको थियो । यात्रामा नेपालका छहरे खोलामा बनाईएका आकर्षक काठे पुल पुल मुनी संङ्गलो खोला छङ्ग छङ्ग गर्दै बगिरहेको खोलाको छेउमा रहेका ढुङ्गामा पानीको ल्याउ लागेर हरियो आदिले अति मनमोहक देखिन्थ्यो त्यो ठाउँ । पारी पट्टी समुन्द्रको बिचमा एक्लै उभिएको बुर्ज अरब होटल भने दायाँमा अति आकर्षक जुमेरा होटल देखिन्थ्यो । भने तल कृतिम तलाउमा पौडी खेल्नेको भिड आदिले त्यहाँको मौशमनै भिन्दै थियो । साच्चैनै भित्र छिरीसकेपछि त्यो ठाउँ दुवईमा पर्दछ भन्दा पनि पत्याउन अति कठिन लाग्ने ठाउँ थियो । जुन ठाउँमा गर्मीको मौशममा प्रत्येक दिन करिब ३ हजार तथा विदाका दिनमा करिब ५ हजार पर्यटकहरु भित्रिने कुरा प्रकाश जीले गर्नु भयो । साच्चैनै यसरीनै नेपालमा प्राकृतिकले दिएको नदि नालालाई यहाँकै जस्तै उपयोग गरेर यहाँको जस्तै प्लानिङ्ग गरेर बनाउने हो भने हाम्रो नेपालमा पनी यो भन्दा कम हुने थिएन होला । kn_paudyal@yahoo.com

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/10/23/p668/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker