:: नेपाली समाज यूएईको चुनावमा देखिएका केही दृश्यहरु : : December : : 2008
Custom Search

परिवर्तन नेपाल, December 25, 2008 6:36 am

नेपाली समाज यूएईको चुनावमा देखिएका केही दृश्यहरु

गत डिसेम्वर १२ २००८ का दिन दुबईको एभरेष्ट ईन्टरनेश्नल होटेलमा बिहानै देखी नेपालीहरुको चहल पहल थियो । होटल बाहिर झुम्म झुम्म नेपालीहरु देखिन्थे । विगत १९९० साल देखि यूएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाजको आज चुनाव हुँदै थियो । लामो समयदेखी यहाँ रहदै आउनु भएका र उच्च पदमा कार्यरत बुद्धिजिवी नेपालीहरुको उपस्थिति रहेको थियो । यूएईको अबुधावी सारजाह अलेन र अन्य प्रान्तबाट नेपालीहरु उक्त चुनावमा भाग लिन आएका थिए । साच्चैनै त्यहाँको माहोल अति रमाईलो थियो । उक्त होटलमा नेपालीहरुले प्रत्येक हप्ता कार्यक्रमहरु गरीरहन्छन् तर उक्त दिनको कार्यक्रम बेग्लै थियो । साच्चै नेपालकै चुनावको झल्को दिन्थ्यो । प्रवासमा कार्यरत भएको करिव ६ बर्षको अवधिमा पहिलो पटक चुनावमा उपस्थित भएको थिए । यूएईमा स्थापना भएका विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु र उक्त संस्थाले नेपाली समाजका उम्मेदवारहरुलाई भोट हाल्नको लागि चुनेका पार्षदहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । पार्षदहरुले परिचयपत्र झुण्डाएको देख्दा नेपालकै याद दिलाउथ्यो । करिव मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएता पनि दिनको १ बजेसम्म पार्षदहरु हलभित्र छिरेका थिएनन् । नेपालीहरु एक आपसमा प्रवासमा पनि भोट खसाल्न पाईने भयो भनेर हर्षित देखिन्थे । सबैले आफुले मन पराएका उम्मेदवारहरुलाई जिताउने कुराहरु गरेको सुनिन्थ्यो ।
चुनावी हलभीत्र म पनि छिर्न खोजे मसँग चुनावी परिचय पत्र थिएन तर मलाई भित्र छिर्न दिईएन । यूएई छिरेदेखी म नेपाली समाजका विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै आएको थिए र विभिन्न कार्यक्रमका समाचारहरु पनि संकलन गर्दै आएको थिए । उक्त दिन पनि म चुनावको चहलपहलको समाचार टिपोट गर्न उपस्थित भएको थिए तर चिन्दै नचिनिएको ब्यक्ति जस्तो भए एक क्षण त कारण मसँग पार्षदको परिचय पत्र थिएन ।
चुनावी कार्यक्रम दिनको २ बजे देखि सुरु भयो । हलमा म पनि सोस्र फोस्र लगाएर छिर्ने मौका पाए । भित्र सबै पार्षदहरु उपस्थित भईसकेका थिएनन् । बिस्तारै पार्षदहरुको उपस्थित हुँदै गयो । उक्त चुनावी कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधित्वको रुपमा तृतिय सचिव जितेन्द्र लाभको उपस्थिती रहेको थियो ।
अध्यक्ष पदमा ३ जना समाजसेवीहरुको उम्मेदवारी परेको थियो । पूर्व नेपाली समाजका अध्यक्ष तथा समाजसेवी कृष्ण ढकाल निवर्तमान नेपाली समाजका उपाध्यक्ष तथा समाजसेवी राजेन्द्र देवकोटा जनजाती महासँघका अध्यक्ष तथा समाजसेवी यम प्रसाद तमु । तिन जनाको बिचमा चुनावनै हुने भएको भए पार्षदहरुले एक पटक सोच्नै पर्दथ्र्यो कस्लाई भोट दिने भनेर तिनै जना ब्यक्ति नेपाली समाजलाई आवश्यक पर्ने ब्यक्ति थिए । तर अहिले सबै प्रवासी नेपालीहरुले नेपाली समाजमा नयाँ अनुहार चाहेका थिए र समझदारीमा कृष्ण ढकाल र राजेन्द्र देवकोटाले यम प्रसाद तमुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए यो अति सहर््रानिय कार्य हो । यदि चुनाव भएको भए पछि एक दुई भोटको अन्तरालमा विजयी हुँदा नकारात्मक हल्ला फिजिन्थ्यो ।
उपाध्यक्षको लागि दुई जनाको आवश्यकता थियो उक्त पदमा ३ जनाको उम्मेदवारी परेको थियो । नेपाली समाजका पूर्व महासचिव तथा निवर्तमान सदस्य लक्ष्मण सापकोटा नेपाल पत्रकार महासँघ यूएईका उपसभापति मान बहादुर थापा तथा आसिफ अलि सिद्धिकी अन्त्यमा नेपाल पत्रकार महासँघका उपाध्यक्ष मान बहादुर थापाले अन्य दुई जनालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । महासचिव पदमा भने ३ जनाको भिडन्त हुने निश्चित भईसकेको थियो । नेपाल दुबई जनकल्याण राहतकोषका अध्यक्ष तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका सदस्य धर्मेन्द्र यादव नेपाल पत्रकार महासँघका सदस्य तथा लुम्बिनी वेलफयर सोसाईटीका नारायण अधिकारी तथा जनप्रगतिशिल माच यूएईका उक्तम अधिकारी तिन जनाको अन्तिम समय सम्म पनि समझदारी भएको थिएन ।

विभिन्न बुद्धिजिवी तथा समाजसेवी नेपालीहरुले अन्तिम समय सम्म पनि समझदारी गराउने प्रयास गरिएको थियो । तिनै जना नेपाली समाजमा आउन आतुर देखिन्थे । अन्त्यमा नारायण अधिकारीलाई महासचिव उक्तम अधिकारीलाई सचिव र धर्मेन्द्र यादवलाई प्रवक्ता उक्त हलबाटनै घोषणा गर्ने भनि समझदारी भएपछि मात्र चुनाव हुनवाट रोकियो ।
अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन भएको घोषणा गरिसकेपछि महासचिव पदको घोषणा गर्न निर्वाचन समन्वय समितिलाई निकै कसरत गर्नु पर्यो । निर्वाचन समन्वय समिति लगायत अन्य बुद्धिजिवी तथा समाजसेवी नेपालीहरु सकेसम्म समझदारीमा जाने पक्षमा थिए भने उपस्थित पार्षदहरु भने भोट हाल्न आतुर देखिन्थे । निर्वाचन समन्वय समितिका प्रवक्ता डि।आर। गुरुङ्गले मत पत्र सम्बन्धि मतदाताहरुलाई जानकारी दिदै थिए भने बाहिर ३ जना बिच समझदारी हुँदै थियो । बिचैमा महासचिव पदका दावेदार धर्मेन्द्र यादवले उम्मेदवार फिर्ता लिए पछि अब दुईजनाबिच मात्र चुनाव हुने देखिन्थ्यो । अन्तिम समय सम्म पनि समझदारी भएको देखिन्थेन । तिनै जनाको समझदारी भएतापनि उक्त हलबाटनै घोषणा हुनुपर्नेमा ढिप्पी थिए भने निर्वाचन समन्वय समितिको आचारसंहितामा प्रष्ट खुलाईएको थियो निर्वाचन समन्वय समितिले ५ वटा पदमा मात्र निर्वाचन गर्ने र बाँकी रहेको पदमा अध्यक्षको रोहवरमा पहिलो बैठकमा चयन गर्ने भनेर तर त्यही हलबाट घोषणा गर्ने भनेर ढिप्पी गरेपछि सचिव र प्रवक्ताको पनि त्यहिहलबाट घोषणा गरियो ।
एकैक्षणमा हलमा चुनावी परिणाम आउन थाल्यो । नेपाली दूतावासका प्रतिनिधी तृतिय सचिव जितेन्द्र लाभले विजयी नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई अविर लगाई स्वागत गर्नु भएको थियो ।
चुनावी कार्यक्रम सकिसकेपछिको माहोल झनै हेर्न लायकको थियो । नवनिर्वाचित अध्यक्ष यम प्रसाद तमूलाई उहाँका शुभचिन्तकहरुले फूलमाला र अविरले स्वागत गर्दाको क्षण नेपालकै चुनावी मैदानमा चुनाव लडेर विजयी भएको क्षण जस्तो देखिन्थ्यो । प्रवासमा त्यो दृश्य अति हेर्न लायकको थियो ।
कोषाध्यक्षको पदमा निवर्तमान कोषाध्यक्ष रविन्द्र पौडेलको मात्र उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित भएका थिए । लक्ष्मण सापकोटा र रविनद्र पौडेल बाहेक अन्य महत्वपूर्ण पदमा सबै नयाँ अनुहार आएका छन् । नयाँ जोस र जाँगर लिएर नेपाली समाजमा आएका नयाँ पदाधिकारीहरुको काँधमा करिव २ लाख प्रवासी नेपालीहरुको भार पर्ने छ । २ बर्षको लागि चुनिएको उक्त कार्यसमितिले नेपालीहरुको समस्याहरुदेखि लिएर अन्य धेरै कार्यहरु गर्नुपर्ने देखिन्छ । यूएईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरु र सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई एउटै छातामुनी ल्याउनुपर्ने देखिन्छ ।
अबो भावी नेपाली समाजले कस्तो कार्य गर्दछ त्यो त हेर्ननै बाँकी छ ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/12/25/p670/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker