नेपाली समाज यूएईको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
यही जनावरी १ तारिख २००९ का दिन नेपाली दूतावास यूएईको सभाकक्षमा आयोजना भएको एक भेलाले नेपाली समाज यूएईको नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गर्दै नयाँ कार्यसमितिले पुर्णता पाएको छ ।
नेपाली समाजका निवर्तमान अध्यक्ष रामेश्वर शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास यूएईका महामहिम राजदूत अजृ्रन बहादुर थापा हुनुहुन्थ्यो भने विषेश अतिथिमा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ तथा अतिथिहरुमा नेपाली दूतावासका प्रथम् सचिव प्रकाशमणि पौडेल यूएईमा स्थापना भएका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु बुद्धिजिवी समाजसेवी पत्रकार तथा नेपाली समाजका निवर्तमान तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । (more…)













