:: नेपाली समाज यूएईको पद हस्तान्तरण कार्यक्रम सम्पन्न : : January : : 2009
Custom Search

परिवर्तन नेपाल, January 2, 2009 10:16 am

नेपाली समाज यूएईको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

यही जनावरी १ तारिख २००९ का दिन नेपाली दूतावास यूएईको सभाकक्षमा आयोजना भएको एक भेलाले नेपाली समाज यूएईको नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गर्दै नयाँ कार्यसमितिले पुर्णता पाएको छ ।
नेपाली समाजका निवर्तमान अध्यक्ष रामेश्वर शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास यूएईका महामहिम राजदूत अजृ्रन बहादुर थापा हुनुहुन्थ्यो भने विषेश अतिथिमा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ तथा अतिथिहरुमा नेपाली दूतावासका प्रथम् सचिव प्रकाशमणि पौडेल यूएईमा स्थापना भएका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु बुद्धिजिवी समाजसेवी पत्रकार तथा नेपाली समाजका निवर्तमान तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
गत डिसेम्वर १२ २००८ का दिन दुवईमा भएको नेपाली समाजको चुनावमा सर्वसम्मतिबाट अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष तथा सचिव र प्रवक्ताको चयन गरिएको थियो भने विभिन्न संघसंस्थाहरुबाट समावेसीकरण गर्दै २१ सदसीय नयाँ कार्य समितिको निर्माण गरिएको जानकारी दिईएको थियो ।
नेपाली समाज यूएईको तर्फबाट नयाँ बर्षको शुभकामना दिदै नेपाली समाजका गतिविधीबारे समाजका निवर्तमान अध्यक्ष रामेश्वर शाहले प्रस्टाउनु भएको थियो । दूई बर्षे कार्यकाल सकेर अर्को दूई बर्षे कार्यकाल सुरु हुन गएको छ । नेपाली समाज यूएई १९९० सालमा स्थापना भएदेखी विभिन्न किसिमका खुड्किलाहरु पार गरेर यहाँ सम्म आएको छ । १ जनवरी २००७ मा नेपाली समाजको एकिकरण भयो त्यो एकिकरण यति राम्रो भयो की त्यस दिनबाट अहिलेसम्म कुनै किसिमका झमेलाहरु आएनन् । यो २ बर्षको कार्यकालमा मलाई सहयोग गर्ने सम्पूर्ण कार्य समितिलाई धन्यवाद दिन चाहन्छु । जनवरी २७ २००७ मा भएको दोश्रो मिटिङ्गमा कसरी समाजलाई ससक्त बनाएर लाने भनेर हामीले बृहत छलफल गरेका थियौ त्यो अहिले डिसेम्वर १२ २००८ मा आएर फरा भएको छ । त्यो नेपाली समाजको ऐतिहासिक समय भएको छ । हुनत नेपली समाजले पहिलापनि ऐतिहासीक कार्यहरु गर्दै आएको छ । यो चुनाव सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समन्वय समितिलाई धन्यवाद दिन चाहन्छु । यो नयाँ केन्द्रिय समितिले अझै अगाडी बढेर कार्य गर्नेछ । नेपाली समाजका साथीहरुले सहयोग गर्नेछन् भन्ने आशा लिदै पुन यहाँ उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै नयाँ नेपाली समाजको उत्तरोक्त प्रगतिको कामना गर्नु भएको थियो ।
नेपाली समाजले वितेका २ बर्षमा के कति सामाजिक कार्यहरु गर्यो त्यसको सम्पूर्ण जानकारी निवर्तमान नेपाली समाजका उपाध्यक्ष राजेन्द्र देवकोटाले बताउनु भएको थियो । गत १ बर्ष भित्रमा नेपाली समाजमा करिव १४४ वटा विभिन्न किसिमका समस्याहरु विभिन्न क्षेत्रमा आईपरेको थियो । नेपाली समाजमा २२ जना नेपालीको मृत्युका घटनाहरुको निवेदन परेको थियो । दूतावासमा त्यो भन्दा बढीनै छन् तर पनि समाजले सहयोग उठाएर पठाएकोमात्र यहाँ समावेश गरिएको बताउनु भएको थियो । महिला सम्वन्धि १२ वटा समस्या दर्ता भएको थियो । ३८ जना खल्ली बल्लीमा भएका नेपालीहरुलाई ईमिरगेशमा प्रकृया पुराई नेपाल पठाएको थियो । ईराक घटनामा ६ जनालाई आवश्यक सहयोग गरेको थियो कारणवस एरपोर्टमा अलपत्र परेका र कोहि दुवईमा छिरेर जान नपाएकालाई अफिसियल काम दूतावासबाट भए पनि नेपाली समाजले सहयोग गरी नेपाल फिर्ता पठाएको थियो । विभिन्न प्रकारका दुर्घटनाबाट अपाङ्ग हुने अस्पतालमा भएका साथै जेलमा भएका नेपालीहरुलाई भेटघाट गर्ने कामहरु गरेको थियो यसमा ५ जनालाई अस्पतालमा आवश्यक पर्ने सहयोग गरेको थियो । कम्पनीले भनेअनुसारको तलब सुविधा नदिने सामान्य घटनामा भिसा रद्ध गर्ने यस्तो किसिमको घटना सबैभन्दा बढीे करिव ६१ घटना आएको थियो । त्यस्ता घटनाहरुको समाधान नेपाली समाज र दूतावसका प्रतिनिधीहरु गई समाधान गरेको थियो । नेपाली समाजलाई विभिन्न क्षेत्रबाट सहयोग वापत १४ वटा टिकट पाएको थियो । त्यो टिकट विषेश गरेर महिलाहरुलाई दिईएको थियो । नेपाली समाजले विभिन्न सामाजिक उद्धार गर्दा दूतावासमार्फत सहयोग लिएर गरेको थियो ।
नेपाली समाजलाई एक गर्न र अहिलेको अवस्था सम्म आउनको लागि अति सहयोग गर्ने तत्कालिन कावा राजदूत तथा बर्तमान उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठलाई हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँको पनि अहम झमिका छ उहाँग पनि बसेर कार्य गर्ने मौका पायौ म २००७ लाई सम्झन चाहन्छु । २००८ मा पनि महामहिम अर्जुन बहादुरसँग बसरे धेरै कार्य गर्यो अब आउने नेपाली समाजले पनि दूतावाससँग कोअर्डिनेशन हातेमालो गरेर जाओस भन्ने कामना राजेन्द्र देवकोटाले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली समाजको निर्वाचन सम्पन्न गर्न सफल भएको निर्वाचन समन्वय समिति तथा नेपाली समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्दै आएका सामाजिक कार्यकर्ता विभिन्न कार्यक्रममा प्रायोजन गर्ने ब्यवसायिहरु पुराना कार्यसमितिका पदाधिकारीहरु साथै नयाँ कार्य समितिका पदाधिकारीहरुलाई प्रशंसापत्र तथा प्रमाण पत्र प्रमुख अतिथि तथा सभापतिद्धारा प्रदान गरिएको थियो ।
नवनियुक्त सभापति यम तमुले नव वर्षको शुभ कामना दिदै नेपाली समाजको आजको दिनलाई ऐतिहासीक परिवर्तन भई आज हामी सामु आएको बताउनु भएको थियो । नेपाली समाजलाई १९९० बाट यहाँ सम्म आउन धेरै जना पूर्व साथीहरुको धेरै देन छ । समाज यहाँ सम्म आउन कस्ता कस्ता अवस्थाहरु पार गरयो त्यो सबैलाई अवगत भएको कुरा हो । नेपाली दूुतावास नहुँदा नेपाली समाजले एक किसिमको काम गर्न कठिनाई पर्दथ्यो तर नेपाली दूतावास आईसकेपछि काम गर्न सरल भएको बताउनु भएको थियो । अब आउने नयाँ कार्य समितिलाई पनि नेपाली दूतावासले सहकार्य गर्ने छ भन्ने आशा लिदै नव निर्वाचित साथीहरुबाट पनि यो प्रतिवद्धता देखाउन चाहन्छु कि नेपाली समाजले सम्पूर्ण नेपालीहरुको हक हितमा समाजिक कार्य गर्दै जाने प्रतिवद्धता गर्दै नयाँ कार्य समितिको तर्फबाट नयाँ बर्ष तथा ल्होसारको शुभ कामना दिनुभएको थियो ।
सस्थापक तथा पुर्व अध्यक्ष चन्द्र प्रकास सापकोटाले नयाँ बर्षको शुभकामना दिदै अहिले सम्म नेपाली समाजले जुन कार्य गर्दै आएको छ त्यो भन्दा अझै बढी नयाँ कार्यसमितिले गर्दै जानेछ भन्ने लिएको छु । फराना साथीहरुबाट नयाँ नेपाली समाजलाई चाहिने सबै प्रकारको सहयोग हुने छ । नयाँ नेपाली समाजका साथीहरुले कस्तो सयहोग लिन चाहनुहुन्छ त्यो हामी दिन तयार छौ । प्रवासमा नेपालीहरुको भाईचरा र एक आपसमा अझ राम्रोसँग निभाउन सक्नुहुन्छ भन्ने शुभकामना दिनुभएको थियो ।
वेस्टियन यूनियन मनि ट्न्सफरका प्रतिनिधी तथा पत्रकार लोक सुवेदीले नयाँ कार्य समिति तथा अन्य उपस्थित सबैलाई नयाँ बर्षको शुभकामना दिनुभएको थियो ।
नेपाली समाजको आय ब्ययको बारेमा कोषाध्यक्ष रविन्द्र पौडेलले दिनु भएको थियो ।
निवर्तमान सभापति तथा निवर्तमान नेपाली समाजसँग रहेका जिन्सी तथा अन्य अफिसियल कागजपत्रहरु निवर्तमान अध्यक्ष तथा निवर्तमान महासचिवले नयाँ अध्यक्ष तथा महासचिवलाई हस्तान्तरण गरिएको थियो ।
नेपाली दूतावासका प्रथम सचिव प्रकाश मणी पौडेलले निवर्तमान नेपाली समाजले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै नयाँ कार्य समितिलाई शुभकामना दिनुभएको थियो ।
उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले नयाँ बर्षको शुभकामना दिदै नेपाली समाज यूएईमा काम काज गर्ने सबै नेपालीहरुको साझा सँगठन हो आउने दिनमा यहाँ रहेका नेपालीहरुको आउने समस्याहरुलाई समाधान गर्दै जाओस । राजदूतावासबाट हुने सहयोग सहकार्य सधै भईरहने छ । आर्थिक मन्दिको कारण धेरै समस्याहरु आएका छन् त्यसमा पनि सतर्क भएर काम गर्न हुन अनुरोध गर्नु भएको थियो ।
प्रमुख अतिथि अर्जुबाहादुर थापाले सबैलाई नयाँ बर्षको शुभकामना दिदै नेापली समाजको पद हस्तान्तरणको आयोजना दूतावासले गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भएको थियो ।
ल्होसार ईस्विसम्वत मुसलमान समुदायको नयाँ बर्ष तिनै वटाको नयाँ बर्ष परेको छ तिनैवटा नयाँबर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभ कामना ब्यक्त गर्नु भएको थियो ।
अहिलेको नेपाली समाज पूर्ण समावेसी छ भन्न सकिदैन किनकी पूर्ण समावेसी केहीमा पनि हुँदैन । नेपाल अधिराज्यभरी छरिएर रहेका सम्पूर्ण नेपाली जात जातीहरुलाई समेटेर लैजान अति गाह्रो हुन्छ । तर पनि नेपाली समाजलाई अझ बढी समाबेसी गरौ भन्ने सबैको चाहना अनुसार अहिलेको नेपाली समाज समावेसी भएको छ यो भन्दा पहिलाको नेपाली समाजपनि समावेसी नभएको होईन । अझ बढी समावेसी गराउने भन्ने तपाई हामी सबैको चाहाना थियो त्यो केही हदसम्म भएपनि प्रयास सफल भएकोमा ज्यादै खुशी लागेको छ ।
मेरो १ बर्षको कार्यकालमा नेपाली समाजबाट भएका कृयाकलापहरुको अवलोकन गर्ने मौका पाए । उहाँहरुसँग नजिकको सम्वन्ध गरेर कार्य गर्ने मौका मिल्यो । उहाँहरुले थोरै समयको पनि पूर्ण रुपमा उपयोग गरेर सामाजिक कार्य गर्नु भएको छ त्यो अति सर्हानिय छ । त्यस भन्दा अगाडीका सभापति ज्यूहरु सदस्यहरु सम्पूर्णको योगदानबाटनै आजको नेपाली समाज यहाँसम्म आईफगेको छ । नयाँ पदाधिकारीहरु आफैमा ज्यादै अनुभवी हुनुहुन्छ क्रनै न क्रनै सस्थामा संलग्न भएर समाज सेवा गर्नु भएको छ । उहाँहरुले निवर्तमान अध्यक्षहरुलाई गुमाउनु परेको छैन उहाँहरु तपाई हामीहरुको बिचमानै हुनुहुन्छ उहाँहरुको सरसल्लाह तथा सुझावले निश्चित रुपमा नेपाली समाजलाई अझ सफलता प्राप्त गर्ने छ भन्ने लागेको छ पुराना अग्रजहरुबाट तपाईहरुले अझै राम्रो सहयोग सुझाव पाउनुहुने छ ।
दुई बर्षको कार्यकालमा रामेश्वर साहको टिमले जुन कार्य गर्नु भयो उहाँहरुलाई पुन एक पटक धन्यवाद दिन चाहन्छु । यूएईमा करिव १ लााख २५ हजार नेपालीहरु छौ । नेपाली दूतावास तथा नेपाली सँघसँस्थाहरु मिलेर मिलेर १ लाख २५ हजार नेपालीहरुको समस्या समाधान गर्नु पर्ने देखिन्छ । नेपाली समाजलाई दूतावासको सधै सहयोग रहनेनै छ । जति हामीले चाहना राखेका छौ त्यो भन्दा पनि बढी सेवा पुराउने छौ । तपाईहरुले पनि नेपालीहरुको समस्या निवारणको लागि दूतावाससँग सहकार्य गरेर समस्या समाधान गर्नु पर्ने हुन्छ ।
महामहिमले अगाडी भन्नुभयो विश्वमा आर्थिक मन्दीको चपेटामा नेपालीहरु पनि पर्नु भएको छ । चाहदा चाहदै पनि नेपालीहरुले रोजगारी गुमाउनु पर्ने अवस्था छ । ३ बर्षको लागि सम्झौतापत्र गरीएको छ भने आफुले के मा सम्झौता गरिएको छ भनि एक पटक दूतावासमा जानकारी गराईदिएमा दूतावासबाट केही हदसम्म सहयोग मिल्थ्यो कि । यदि कम्पनीले आर्थिक मन्दीको कारण देखाई आपःनो कन्ट्याक नसकि पठाउन खोजेको छ भने कृपया एक पटक जानकारी गराउनुहुन अनुरोध गरिन्छ । नेपाली दूतावासले सक्दो सहयोग गर्ने छ । कुन कम्पनीबाट कति जना नेपालीहरु निस्काशन हुदै छन् हामीलाई जानकारी हुँदैन त्यसैले तपाईहरुलाई जानकारी भएमा जानकारी दिनुहुन हार्दिक अनुरोध छ भन्दै नयाँ कार्य समितिलाई उक्तरोक्त प्रगतिको कामना गर्नु भएको थियो ।
कार्यक्रमका सभापति नेपाली समाजका अध्यक्ष रामेश्वर साहले पूर्ण रुपमा नेपाली समाज विघटन भई नयाँ कार्यसमितिले पूर्णता पाएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रम साचालन नेपाली समाजका निवर्तमान सम्वाद सचिव तथा पत्रकार महासँघ यूएईका महासचिव जेपि सापकोटाले गर्नु भएको थियो । कार्यक्रम दिनको १ बजे सुरु भई दिनको ३ बजे समाप्त भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/01/02/p673/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker