मे दिवसको अवसरमा यूएईमा एकल तथा सामूहीक लोक नृत्य प्रतियोगिता सम्पन्न
यहि मिति १ मे २००९ शक्रबार दुबईको एभरेष्ट ईन्टरनेश्नल होटलमा नयाँ बर्ष २०६६ तथा मे दिवसको अवसर पारेर चितवन मैत्री समाजले एकल तथा सामूहीक लोक नृत्य प्रतियोगिताको आयोजना गर् र्यो । प्रवासमा नेपाली कला सस्कृतिको विकास एवं जगेर्ना गर्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा यूगल तथा एकल गरी करिव ८ प्रतियोगीको सहभागी रहेको थियो भने अप्रतियोगी रुपमा गायन तथा नृत्य गरी ४ जनाको सहभागी रहेको थियो ।
पहिलो प्रतियोगीको रुपमा अनेसास यूएईकी सदस्य समेत रहेकी डि।sी लामा को थियो उनी टिकुलै है मेरो …॥ भन्ने बोलको गीतमा नृत्य गरेकी थिईन् । उनको पोशाकले प्रवासमा नेपाली भेष भुषालाई झल्काएको थियो । दोश्रो प्रतियोगीको रुपमा जव पुजा लामा स्टेजमा आईन दर्शकहरुको ताली र सिट्टीले हल गुाजयमान भयो । उनी लोक नृत्य प्रस्तुत गर्न आएकी जस्तो लाग्दैनथ्यो । पछाडी ढाड भन्दा केही तल तथा अन्य खुल्ला ठाउँमा बनाईएको पुतली आकारको टाटु र उनको फेशन प्रदर्शन गरेको जस्तो लाग्दथ्यो । गीतको बोल एका तिर थियो भने उनको नाच अर्को तिर । तेश्रो प्रतियोगीको रुपमा राजकुमार गुरुङ्ग र विद्यादेवी राम्ररी मानौ दशै तिहार……। भन्ने लयको लोक गीतमा युगल नृत्य प्रस्तुत गर्दा भने साच्चैकै नेपाली लोक नृत्यको झझल्को आएको थियो । अर्का प्रतियोगी बले लामाको लोक कमेडी गीत माईती घर नजाउ पियारी ………॥भन्ने भाकाको गीतको नृत्य अति आकर्षक थियो । बेला बेलामा उनले दर्शकहरुलाई हसाउथे भने गीतको लय र शब्द सँगैका कृयाकलापहरु गर्दा दर्शकहरुले तालीले उनलाई हौसला प्रदान गर्दथे । प्रतियोगीतामा अतिनै आकर्षक नृत्य उनको थियो ।
चोली राम्रो पाल्पाली ढाकाको बोलको गीतमा सम्झना लामा पाल्पाली ढाकाकै चोली र गुन्युमा सज्जिएर नृत्य प्रस्तुत गरेकी थिईन् । नेपाली पोषाक र मिठो संगीत तथा गीतको लय हुँदा हुदै पनि उनको नृत्यमा रोचक थिएन ।
आज बाह्र हाते पटुकीको कुरा गर मायाँलु बोलको गीतमा सुलोचना श्रेष्ठले नृत्य प्रस्तुत गरेकी थिईन् । उनको कम्मरमा बाह्र हाते पटुकी त थिएन तर पनि उनको नृत्य अति आकर्षक थियो उनको नृत्यलाई दर्शकहरुले खुबै प्रशंसा गरे ।
प्रतियोगीको अन्तिम नृत्य जिवन भण्डारी र उमेन्द्र तामाङ्गको यूगल नृत्य थियो ।
प्रतियोगीहरुमा क्रमश प्रथम दृतिय र तृतिय सुलोजना श्रेष्ठ बले लामा तथा राजकुमार गुरुङ्ग तथा विद्यादेवी भएका थिए । प्रथम दृतिय तथा तृतियहुनेहरुलाई सान्त्वना पुरस्कारको पनि ब्यवस्था गरिएको थियो भने सहभागी प्रतियोगीहरुलाई प्रमाण पत्रको ब्यवस्था गरिएको थियो ।
प्रतियोगिताको निर्णयक मण्डलमा नृत्य तथा अन्य विभिन्न विधामा पोख्त प्रकाश थापा प्रथा भावना ढकाल सुदीप गुरुङ्ग तथा रमेश गुरुङ्ग रहेका थिए ।
नेपाली दूतावास अबुधावीका प्रथम सचिब प्रकाशमणी पौडेलको प्रमुख आतिथ्यमा सम्मपन्न उक्त प्रतियोगितामा समाजका सुरेश अधिकारीले प्रतियोगिताको सभापतित्व गरेका थिए भने समाज स्थापना हुनुको कारण उद्देश्य अहिले सम्म समाजले गरेका राम्रा कार्यहरुको बारेमा समाजका कोषाध्यक्ष परशुराम घिमिरेले गरेका थिए भने उक्त प्रतियोगितामा विभिन्न संगठनका ब्यक्तिहरु ब्यवसायी पत्रकार तथा अन्य नेपालीहरुको बृहत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालचन्द्र पोख्रेल यमलाल शर्मा पगेनी राजु बाँनीया उक्तम अधिकारी सि।एम ढकाल लयागयतका वक्ताहरुले मे दिवस तथा नयाँ बर्षको बारेमा र कार्यक्रमको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम समाजका महासचिव पराजीवी ढकालले साचालन गरेका थिए । कार्यक्रम उद्धघाटन पानसमा बत्ति बालेर कार्यक्रमका अध्यक्षले गरेका थिए भने ज्ञात अज्ञात सहितहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रम अति रोचक हुँदा हुँदै पनि विच विचमा साउण्ड सिस्टमको गडबढी र अन्य प्राविधिक गडबढीले गर्दा खल्लो महसुस भएको थियो । क्षमता भन्दा बढी दर्शकहरुको उपस्थित भएको हुनाले आयोजकहरुलाई कार्यक्रम साचालन गर्न धम्मे धम्मे भएको थियो भने दर्शकहरु बस्ने सीटको अभावले उठी उठी कार्यक्रम हेरेका थिए ।
चितवन मैत्री समाजले पहिलो पटक आयोजना गरेको उक्त लोक नृत्य प्रतियोगितामा उपस्थित दर्शक प्रतियोगितामा भाग लिने कलाकार अप्रतियोगितामा भाग लिने कलाकारहरुको उपस्थितिले प्रष्ट पारेको थियो प्रवासमा नेपाली कला र संस्कृतिको मोह बढी रहेछ भन्ने । साथै उक्त समाजले आयोजना गरेको लोक प्रतियोगीताले यूएईमा स्थापना भएका अन्य संघ संस्था तथा ब्यवसायीहरुलाई चुनौती दिएको थियो । उक्त प्रतियोगीताले भविश्यमा यूएईमा अझै बृहत लोक नृत्य प्रतियोगिताको आयोजना गर्न सकिने लक्ष्य देखाएको थियो ।
कार्यक्रमको अन्त्यमा नृत्याङ्गना तथा उक्त प्रतियोगीकी निर्णायक मण्डलकी सदस्य भावना ढकालको आज बाह्र हाते पटुकीको कुरा गर मायाँलू भन्ने गीतको नृत्यले सबैलाई नचाएको थियो भने उनको नृत्य अति आकर्षक थियो । यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रमहरुमा प्राय उनको आकर्षक नृत्य हेर्न पाईन्छ ।
प्रतियोगीता दिनको ३ बजे सुरु भई राती ७ बजे समाप्त भएको थियो ।













