:: काठमाडौंमा रंगीन रातका लागि कुन–कुन लज : : May : : 2009
Custom Search

परिवर्तन नेपाल, May 25, 2009 7:32 am

काठमाडौंमा रंगीन रातका लागि कुन–कुन लज

दृश्य–१ : दरबारमार्ग प्रहरी प्रभागभन्दा दुई सय मिटर पश्चिममा अवस्थित ठमेलको मध्यभागमा सामुदायिक प्रहरीको कार्यालय छ, जुन भगवतीबहाल ठीक अगाडि पर्छ। त्यहाँभन्दा तीन सय मिटर टाढा सोह्रखुट्टे प्रहरी कार्यालय छ।
त्यससँगै सटेको एउटा घरमा माछापुच्छे्र गेस्ट हाउस छ। जसमा तीन/चार किशोर कार्यरत छन्। उनीहरूको जागिर छ– ‘माल’ यसको ठाउँसम्म ग्राहक पुर्यातउने।
किशोरहरू ‘दाम मिलाएर’ ग्राहक लिएर जान्छन् र केही ‘कमिसन’ प्राप्त गरी ‘भोका’ ग्राहकलाई ‘तृप्त’ पारी पठाउँछन्। फेरि अर्को ग्राहक खोज्छन्, क्रमशः ‘भोका’हरू ‘तृप्त’ भएर जान्छन्। प्रहरी डियुटीमै स्ट्यान्डबाइ देखिन्छन्।
दृश्य–२ : रत्नपार्क रानीपोखरीमा, उपत्यका अपराध अनुसन्धानको कार्यालय छ। त्यसको ढोकाभन्दा पारि, त्यस्तै १० मिटर अगाडि एक मधेसी मूलकी महिला उभिरहेकी छन्, एकजना निम्नस्तरको जस्तो लाग्ने अनुहार त्यहाँ देखिन्छ। कुराकानी हुन्छ। बाटोभरि मानिसहरू छन्। कुराकानी मिल्छ र शीतल गेस्ट हाउस बागबजार जान्छन्। त्यस्तै, त्यहाँभन्दा अगाडि रत्नपार्क, विद्युत् प्राधिकरणको पर्खाल, वीर अस्पतालको बार, भोटाहिटी सब–वे, दरबार हाइस्कुलको पर्खाल, जमल, विश्वज्योति सिनेमा हलवरिपरि पनि त्यस्तै दृश्य देखिन्छ। कान्तिपथस्थित नेपा होटल र त्यसका आसपासमा ‘भोकाहरू’ जान्छन्। तर प्रहरी रत्नपार्कनेर शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न बसिरहेकै छ।
दृश्य–३ : वीर अस्पतालदेखि जमल पुलसम्म तीन/चारजना युवाहरू हातमा सीडी लिएर बसेका हुन्छन्। कोही एक्लै पुरुष देखेर विस्तारै कानमा भन्छन्– ‘दाइ नेपाली ब्लु फिल्म छ’ लाने हो, पुरुषहरू टक्क अडिन्छन् र मोबाइलबाट खिचिएका ब्लू फिल्मको सीडीको दाम तिरेर ग्राहक हिँडछन्। युवकको अनुहारमा चमक आउँछ। कोही कार रोकेर पनि सीडी लिएर जान्छन्। प्रहरीवरिपरि सिठ्ठी बजाएर गाडी पास गराइरहन्छन्।
दृश्य–४ : ठमेलको बेकरी क्याफेभन्दा १० मिटर अगाडि ‘गो गो बार’ छ। माथि गाउँबेसी दोहोरी छ, त्यहाँ लोकभाकाका गीत बज्छन्। त्यसको अन्डरग्राउन्डमा नेपाली, अंग्रेजी, हिन्दी डान्स गीत बज्छन्। प्रत्येक टेबुलमा तीन/चारजना युवती छन्। ग्राहकलाई घेरेर ती बस्छन् र ‘ग्राहक’ को गोजी ‘अनुसार’ कपडा मिलाउँछन् र सँगै रक्सी खान्छन्। अगाडि डान्सबारमा एउटा युवती नाँच्दै आउँछिन् र कपडासहित आएकी ती नृत्यगंना जाँदा ‘कपडाविहीन’ भएर जान्छिन्। ताली बज्छ, सिठ्ठी बज्छ। त्यसमध्ये अनुसन्धानका एकजना प्रहरी अधिकृत कुनै युवतीको अंगालोमा झुम भएर सँगै निस्कन्छन्। बाहिर सडकमा प्रहरीका ड्यूटी छ।
दृश्य–५ : एउटा तीनतले घरको माथिल्लो फ्ल्याट। ठमेल किचेनभन्दा ठीक अगाडि नाम नखुलाइएको एउटा घरको एउटा कोठा। जहाँ १०–१२ युवती छन्। एकजना अधबंैसे जान्छन्। बाहिरबाट लाने किशोरले ‘सर, जसलाई लगे पनि हुन्छ’ राम्री र कलिलीको अलि महँगो पर्छ’ खल्तीअनुसार छान्नुहोला। डर मान्नु पर्दैन। किनकि तल चेन गेट लागेको छ। ‘भाग्ने चाहिँ यो बाटोबाट’ भन्दै पछाडिको ढोका देखाइन्छ। जुन अर्को घरको कौसीमा निस्कन्छ। बलिउडका फिल्ममा देखाइने मुम्बईको वेश्यालयझैं झलक आउने यो दृश्य पनि ठमेलकै हो।
यी हुन्–राजधानीमा फस्टाउँदो यौन व्यापारको प्रतिनिधित्व दृश्य। प्रहरीले जति ‘नियन्त्रण गर्ने प्रयास’ गरे पनि नियन्त्रण नभएका यी दृश्य राजधानीमा हरेक रात देखिरहेका छन्।
पर्यटकीय क्षेत्र ठमेलमा काठमाडौं जिल्ला प्रहरी कार्यालयका अथक प्रयासका बाबजुद पनि माछापुच्छे्र गेस्ट हाउस, पोखरा गेस्ट हाउस, चितवन गेस्ट हाउस, पार्क भ्यु गेस्ट हाउस, सनराइज गेस्ट हाउसमा अझै पनि खुलमखुला अवैध यौन व्यापार हुने गरेको बताइन्छ। जसको रहस्य खोले– ठमेलका चोक चोकमा भेटिने किशोर, जो ‘मालका दलाली’ हुनुले यिनीहरू गेस्ट हाउसमा जान ग्राहकलाई निम्ता दिन्छन् र पुर्यालएबापत केही कमिसन पनि लिन्छन्। सिन्धुपाल्चोक, मेलम्ची घर बताउने रोशन आचार्य भन्छन्– ‘दाइ, एउटा ग्राहक लगेबापत एक सयदेखि तीन सयसम्म दिन्छन्।’ कहिलेकाहीँ त ‘मनोरञ्जन, ‘फ्रिमा नै हुन्छ। उनका अनुसार रातभर डियुटी गर्ने दिनभर ‘लज तथा गेस्ट हाउस’ मा सुत्ने उनीजस्ता किशोर ठमेलमा मात्र दुई दर्जनभन्दा बढी छन्। प्रहरीसँग डर नमान्ने उनीहरू भन्छन्–प्रमाण पुगे, हामीलाई पक्राउ गर्नु? त्यसो त उनका अनुसार ‘साहु’हरूले प्रहरीको मुख टालेका हुन्छन्।
सञ्चयकोष, नरसिंह चोक, भगवतीबहाल, मल्ल होटलको पर्खाल पछाडि एकान्तमा भेटिने ती किशोर दलालहरूले एउटा मात्र लजका लागि काम गरेको हुँदैन। भन्छन्– जसले बढी कमिसन दिन्छ, उसकहाँ हामी ग्राहक पुर्यासइदिन्छौं। लजमा ग्राहक कुरेर बसको लज मालिक र ‘धन्दावाल केटी’ ले ग्राहकसँग डिलिङ गर्छन्। ‘ग्राहक र युवती हेरेर एकपटक या एकरातको दुई सय ५० देखि पाँच हजारसम्म लिइन्छ’ भन्दै ती किशोर भन्छन्– ‘आफूले लिएर जाने भए दुई हजार रुपैयाँ लज मालिकलाई दिनुपर्छ।’ यता, प्रहरीले १२ बजे पछाडि छापा मार्ने नियम चलाएपछि त्यस्ता धन्दा १२ बजे अगाडि नै हुन थालेको छ।
भारतीय फिल्म देखाइने मुम्बईको वेश्यालयको झल्को दिने गरी एउटा बन्द कोठामा १०–१२ युवती राखिएका हुन्छन्, जसमध्ये छानीछानी लान सक्ने व्यवस्था लजवालाले गरेका छन्। यसरी राखिएका युवतीको भाउ लज वा गेस्ट हाउस सञ्चालकले तोकिदिन्छन्। मनमोहन मेमोरियल अध्ययनरत एक युवतीका अनुसार ‘यस्ता व्यापारमा पनि हामीलाई लजवालाले ठग्छन्। एक हजार हामीलाई दिन्छन्। चार हजार मालिकले लिन्छन्।’ विमला तामाङ (नाम परिवर्तन गरिएको) अनुसार यो पेसामा खासगरी टिनएजरहरू बढी छन्। किनकि भाउ बढी उनीहरूले पाउँछन्। प्रेम गर्ने र ठमेलका गेस्ट हाउसमा लगेर धन्धामा लगाउने समूह राजधानीमा दिनप्रतिदिन बढिरहेको छ। सरस्वती, मनमोहन, पिपल्स कलेज, पकनाजोलमा अध्ययनरत युवतीहरूलाई प्रेमको नाटक गरी फसाएर यो धन्धामा आउन बाध्य बनाइन्छ भन्दै ती युवती भन्छिन्– ‘पछि त आम्दानी पनि राम्रो हुने भएपछि छोड्नै मान्दैनन्।’ कतिपय धन्दामा लागेका युवतीहरूले गेस्ट हाउसमा आएका ग्राहकलाई आफ्नो कोठामा पनि लाने गरेका छन्। नयाँबजार, सामाखुसी, गल्कोपाखा, कपुरधारा, बालाजु आसपास यस्ता धन्दामा लाग्ने युवतीहरू बस्छन्, जसलाई कोठा पनि लजवाला नै खोजी दिन्छन्।
रामेछाप घर बताउने बिना मगर (नाम परिवर्तन) ले काठमाडौंंमा आफू बेचिएकी कुरा तीन महिना पछाडि मात्र थाहा पाइन्। वामदेव गौतम गृहमन्त्री भएपछि ‘ठमेल सर्चको’ क्रममा बेसक्याम्प गेस्ट हाउसका मालिक अजय लामाले प्रहरीले दुःख दियो भन्दै सबै युवतीलाई आफूले काम दिन नसक्ने बताए। तर उनले भने, मैले गेस्ट हाउस बन्द गर्ने भए तिमीहरूलाई कान्तिपुर गेस्ट हाउसमा भनिदिएकी छु, तिमीहरू त्यहीँ जाने? भन्दै उनीलगायत चार युवतीलाई ठमेलकै कान्तिपुर गेस्ट हाउसमा ‘ट्रान्सफर’ गरियो। तर प्रहरीले छापा अभियान तीव्र बनाएपछि ‘आफू यो काम नगर्ने’ भन्दै जान थाल्दा गेस्ट हाउसका सञ्चालक रामजी गुरुङले भने– ‘तेरो साहुसँग पहिला ६० हजार माग, अनिमात्र जा’ भने भन्दै उनी भन्छिन्– ‘ट्रान्सफर गर्ने नाममा म त बेचिएकी पो रहेछु।’ हाल ठमेल नजिकै कस्मेटिक पसल चलाएर बसेकी उनले भनिन्– ‘धेरै झगडा गरेर निस्कंे।’ हाल महिला उत्थान परियोजनासँग सम्बन्धित उनले भनिन्– ‘मेरो काम ठमेलमा अन्योल भविष्य गुजारेका युवतीहरूलाई मुक्त दिलाउनु हो।’
यता, पछिल्लो समयमा प्रहरीले सक्रियता जनाए पनि रत्नपार्क, वीर अस्पताल, जमल, दरबार हाइस्कुल अगाडि ‘वेश्यावृत्ति’ गर्नेहरूको बिगबिगी बढेको देखिन्छ। बाटो हिँड्ने मानिसलाई समेत लाज लाग्ने गरी उनीहरूले मोलतोल गरिरहेका हुन्छन्। ब्लू फिल्मका सीडीहरू खुलेआम बिक्री गरिन्छन्, तर पनि प्रहरीले कुनै रोकतोक गर्दैन, काभ्रे पनौतीका विष्णुराज पौडेलले तरुणलाई भने।
प्रकाश तिमल्सिना / TARUN

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/05/25/p684/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker