:: झुमे नेपालीहरु दुवईमा देउसी भैलो सांस्कृतिक कार्यक्रममा : : November : : 2009
Custom Search

परिवर्तन नेपाल, November 2, 2009 6:02 pm

झुमे नेपालीहरु दुवईमा देउसी भैलो सांस्कृतिक कार्यक्रममा

नेपाली समाज यूएईले यही अक्टोवर २३ शुक्रवार २००९ का दिन दुवईको एभरेष्ट होटेलमा आयोजना गरेको देउसी भैलो सांस्कृतिक कार्यक्रममा दुवईमा कार्यरत नेपालीहरु दिलै खुलाएर रमाए । नेपाली दूतावास अबुधावी यूएईका द्धितिय सचिव लोक बहादुर पौडेल क्षेत्री तथा नेपाली समाजका उप सपाभति डा. असिफ अलि सिद्धिकिद्धारा सयूक्तरुपमा पानसमा मैन बत्ती बाली कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
असिम महतको सब्द सम्योजन स्वर तथा अन्य कलाकारहरुको साथमा पूर्व मेची पश्चिम काली भईयो भेट दुवईमा यस पाली, भन भन बहिनी, देउसीरे भन भन्दै देउसीरे भाकाको गितमा उपस्थित सबै अतिथि, तथा दूवईमा छरीएर रहेका नेपालीहरुलाई स्वागत गरेका थिए । कलाकारहरुले भन भन भाई देउसीरे भन्दा उपस्थित दर्शकहरुले देउसीरे भन्दै साथ दिदा हल संगितमय भई गुञ्जिएको थियो ।

यूएईमा छरिएर रहेका किरण भट्टराई, डिक्की योञ्जन, प्रकाश पराजुली, पृय साड.वो, ज्ञान लामा, रविन परियार, मीना वाईवा, सूर्य के.सी, आशिष राई, सुलोचना श्रेष्ठ, रेखा घिमीरे तथा अन्य कलाकारहरुले विभिन्न भाकाका आधुनिक गित, लोक गित, तथा देउसी भैलो भाकामा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

यूएईका विभिन्न सास्कृतिक कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुति पस्कदै आएका यूवा जोसीला गायक गान लामाले आफैले तयार पारेको गीत मायां बस्यो, आहै फस्यो भन्ने भाकाको गित गाउंदा दर्शकहरु कुर्सी छोड्न बाध्य भएका थिए भने स्टेजमा नव जोडीहरु नृत्य प्रस्तुत गरेका थिए । उनले आफुले भर्खरै नेपालमा रिलिज गरेको एल्वमका गितहरु प्रस्तुत गरेका थिए । विभिन्न नेपाली लोक भाकामा गित गाउन खप्पिस चर्चित यूवा गायक सूर्य के.सीले ऐ हे काली प्याचै मुख बोल्नलाई डरैलाग्ने अनि, ईसारैले बुझ्यौहोला थोरैकुरा पनि आकासैमा नौलाखे तारा मिनी बसमा जाउं हिंड पोखरा भन्ने ट्याक बिना उनकै शब्द तथा संकलनको गीत गाउंदा दर्शकहरु गाउंघरमा पुगेका थिए ।

गुंरास फूल्दा बनै रमाईलो भन्ने भाकाको गीतमा डिक्की योञ्जनको नृत्य अति रोचक थियो भने टुंगना र डम्फुको तालैमा पृय स्याड.वोले नृत्य गर्दा दर्शकहरुले पनि उनलाई साथ दिएका थिए । आज बाह्र हाते पटुकीको बोलमा मिना वाईवाले नृत्य गरेकी थिईन् भने सम्झना वाईवाको रिमिक्स हट डान्सले दर्शकहरुलाई तताएको थियो । उनको नृत्यमा दर्शकहरु ज्यानै छोडी नाचेका देखिन्थे । प्रकाश पराजुलीले पूर्वेली भाकाको गित गाउंदा दर्शकहरु स्टेजमा नै पुगेर नाचेका थिए । सुलोचना श्रेष्ठले हातमा नेपालको झण्डा लिई यो हो मेरो प्राण भन्दा प्यारो माईती घर माईती घरमा नृत्य गर्दा दर्शकहरु वाहा वाह गर्दै उनलाई साथ दिएका थिए भने उनको नाचलाई दर्शकहरुले पनि साथ दिएका थिए, उनको नृत्य अति आकर्षक थियो । अर्का यूवा गायक आशिष राईले म त हजुर ईलामे ठिटो भन्ने उनकै भाका तथा लयको गित गाएका थिए । रबिन परियार तथा केशव न्यौपानेको डान्स अति रोमान्स थियो ।

नेपाली राजदूतावास यूएईका द्धितीय सचिव लोक बहादुर पौडेल क्षेत्रिको प्रमखु आथित्य तथा नेपाली समाज यूएईका उप सभापति डा. असिफ अलि सिद्धिको सभापतित्वमा सम्पन्न उक्त सांस्कृतिक कार्यक्रममा भर्खरै कोषाध्यक्षमा निर्वाचित भएका एनआरएन आई सी सीका रामेश्वर शाह, एनआरएन एन सी सी यूएईका अध्यक्ष चुणामणी ढकाल, नेपाली प्रवासी संघका अध्यक्ष यमलाल शर्मा पगेनी तथा अन्य संघ संस्थाका प्रतिनिधीहरु, पत्रकार, समाज सेवी, ब्यवसायी, साथै यूएईमा छरिएर रहेका प्रवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त सांस्कृतिक कार्यक्रमको अवसर पारेर नेपाली समाजका पूर्व समापति तथा वर्तमान सल्लाहकार रामेश्वर शाह एन आर एन आई सी सीको कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा नेपाली समाज तथा एनआरएन एन सी सी यूएईले फूल माला लगाई स्वागत तथा बधाई दिएको थियो ।
पहिलो चरण नेपाली समाजका सचिव उत्तम अधिकारी तथा दोश्रो चरणको कार्यक्रम लोक गायक असिम महतले संञ्चालन गरेका थिए ।

कार्यक्रम ४ बजे देखि सञ्चालन हुने भनिएता पनि करिव १ घण्टा ढिलो सञ्चालन भएको थियो । दर्शकहरु ३ बजे देखिनै हलमा प्रवेश गरेका थिए भने ४ बजे भन्दा पहिलानै हल दर्शकहरुले खचाखच भरीएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न ब्यवसायी तथा समाज सेवीले नेपाली समाजलाई आर्थिक सहयोग गरेका थिए भने कार्यक्रमको प्रचार प्रसार गर्दा टिकटको बारेमा उल्लेख नगर्दा र कार्यक्रम हलमा पस्दा टिकटको ब्यवस्था भएको भन्दा दर्शकहरु अलमल्ल परेका थिए ।
कार्यक्रमको सांस्कृतिक सम्योजन तुल्सी तामाड.ले गरेका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/11/02/p686/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker