:: चिट्ठी मेरी उनीलाई : : November : : 2009
Custom Search

परिवर्तन नेपाल, November 4, 2009 4:09 pm

चिट्ठी मेरी उनीलाई

प्रिय,
जिन्दगी का मोडहरुमा कठिनाई लाई साघू सरी पार गर्ने क्रममा चस्केको मुटुलाई यहाँ को जीवन सैली रूपी पर्दाले छोपेर ठीक छू भनी हास्नु यहाको बिबस्ता हो
हामी बिच भएको ‘महाभारत’ को घाऊ मा खाटो बस्न नापाउदै तिमीलाई पत्र लेख्ने जून दुस्साहस मैले गरेको छू सायद मेरा लागी यो पक्कै पनि माफी योग्य कदम होइन होला, त्येसको लागी पत्र को पहिलो बिट मै क्षमा याचना गर्दछु
यो पत्र तिम्रो बर्तमान जीबन लाई खलल पूराउन नभएर मेरो मस्तिस्क मा भएको अतीत लाई कागजमा उतार्न भएको सानो प्रयास मात्र हो र तिमीले पनि यही रूप मा लिने छौ भन्ने आशा राख्दछु
तिमी अति राम्री छौ ,
यस कुरा मा कुनै संदेह छैन,
तिमीलाई देखे पछि जो कोही ले पनि अंदाज लगाउन सक्छ, भगवान का पनि लागी सबै एकै छैनन,
म अझै पनि सम्झन्छु;
तिमी विबाहित हौ
जान्दा जान्दै पनि, तिमीलाई देखे पछि अल्लारे केटा हरु स्वो नियन्त्रण गुमाउथे, बूढा हरु आफ्ना जहान भुल्दथे, के बूढा, के तन्नेरी सबै तिम्रो रूप को गाथा गाउथे, तिम्रो चाल बयान गर्न पछि पर्दैनथे, अनि तिमीलाई हेरिरहन्थे,
सोची रहन्थे
अनि टोलाइरहन्थे,
जस्तो ,
कहिले ढोका भएर, कहिले खापा भएर
समग्र मा, सबै पुलिंग हरु तिमीलाई देखेर भुतुक्क हुन्थे, तिम्रो नज्दिकता चाहन्थे, तिमी संग बोल्ने बहाना खोज्थे, तिमीलाई छुन चाहन्थे
तिमी बिबाहित थीयौ,
यो कुरा मलाई पनि भुल्न मन लाग्थ्यो,
भूली दिन्थे,
नचाहादा नचाहदै, तिम्रो पति को याद आयो,
उ भने गज्जब को थियो- तिम्रो लागी,
तिमीलाई महारानी सरी राखेको थियो, पैसा ले त पुरिदिएको थियो तिमीलाई,
“चोरी को धन, फुपुको श्राद्ध”
उखान को याद आयो
तिमी सिपालु छ्यौ, ” जीवन जिउनको लागी”,
“दुई दिनको जिन्दगी मा मोज गर्नु पर्छ”
मानिस हरु ले भने झै गरी जिएकी थियौ तिमीले जिन्दगिलाई
भनिन्छ, पीडा अनुहार मा झल्किन्छ,
दुख र पिडाको आभास कहिल्ये पाइन मैले तिम्रो अनुहार मा,
हसिलो गोलों अनुहार मा रातो बिंदी टिका, गालको कालो कोठी, तिमी साच्चै नै राम्री छौ,
परी जस्तै,
हासेका आखा
मानिस हरु भन्छन, आखा पनि कसरी हास्छ?
तर मैले महसूस गरेको छू - तिमीमा
हामीले बिताएका हरेक पल! म बिर्सन चाहन्न !
एकान्त ठाउ,
ती याद,
कता कता भित्र, काउ कुति लागे जस्तो आभास, मनै चंचल हुन्छन् , अंग अंग रोमांचित भए जस्तो लाग्छ, शारीर हल्का जस्तो!
सिमल को भुवा सरी,
मलाई याद छ, हामी कती थाक्थ्यौ हगी? सगै एकान्त मा समय बिताउदा,
तिमी ती पल याद गर्न मन पराउछौ?
तिम्रो लामो लामो अनि न्यानो स्वास प्रस्वास
मलाई त उठेर बस्न पनि मन लाग्थेन, लडी दिन्थे अर्को पट्टी फर्केर, लाग्थ्यो, लामो उकालो हिडे पछि को समय जस्तो,
ठुलो भारी बिसाए पछिको हल्का पन
बर्सौ सम्म बिझेको काडो निकाले पछिको सन्चो पन
कुनै युद्ध नै जीते जस्तो आभास,
तिम्रा हल्का रातो अनि झुकेका आखा, उत्तेजित र तातो शारीर,
निकै प्यास लागेको आभास,
तेस बेलाको तिम्रो अनुहार को चमक एक दम अलग थियो,
तिमीलाई नियल्दा लाग्थ्यो, तिम्रा आखा ले मलाई केही भनिरहेका छ, तिम्रा हाउभाउ ले मलाई उकसाई रहेका छन, अर्को यात्रा तय गर्न,
पुरुशत्वो प्रदर्सन गर्न म कहिल्यै पछि परिन
त्यही पुरुसत्वो देखाउने होड मा आफुलाई कमजोर बनाउदै गए
कहिले आफ्नो लागी
कहिले तिम्रो लागी
कहिले दिन मा
कहिले रातमा
खै के लेखु, कहा बाट शुरू गरु र कहा लगेर अन्त नै, रनभुल्ल मा छू
मासु कटिदा, खुकुरी र अचानो को आबस्यकता अनिबार्य प्राय हुन्छ तर पनि अचानो मा परेको बज्र खुकुरी ले कहिल्यै महसूस गर्दैन, यस मानेमा तिमी खुकुरी बन्यौ
तिमीले पहिलो पति लाई कीन छाडी दियौ, यस बिसय मा म अनभिज्ञ छू,
हो मैले यस बिसय मा कहिले पनि तिमी बाट जान्न चाहिन,
मलाई तिम्रो सोच एक दम अलग लाग्छ,
तिम्रो सोच मात्र होइन तिम्रो हरेक पक्ष अन्य नारी भन्दा अलग छ
मैले तिमीलाई कहिल्यै बुझ्न पनि सकिन,
तिमीलाई जान्न, तिमीलाई बुझ्न म द्वारा गरिएका हजार कोसिस बेकार रहे
हून त, सामान्य तया, जीबन मा म बाट भएका धेरै कोसिस हरु ब्यर्थ भएका छन तर पनि म आफुलाई नालायक मान्न चाहन्न, र म नालायक होइन
तिम्रा लागी त म पारदर्शी नै थिए, बिलकुल काच जस्तै
मेरो जीवन मा भए गरेका हरेक कुरा हरु लाई मैले तिम्रो सामु राखी दिएकै थिए, यस मानेमा मलाई लाग्छ मेरो जीवन को हरेक पक्ष र सबै कुना संग तिमी परिचित छौ, तर म भने तिमी भन्दा कोसौ पछाडी छू, न म तिम्रो जीवन को कुनै पक्ष संग परिचित छू, न त तिम्रो कुनै कुना कप्चेरा संग नै स्पस्ट
मैले महसूस त गर्न सके तर ती सबै मेरा लागी अद्रिस्य नै रहे -
अन्धो लाई दही, उसलाई दही को स्वाद त थाहा छ, तर रंग भने अर्को संग सोध्नु पर्ने हुन्छ, सोधेर पनि के गारोस, बिचरा अन्धो न हो
मेरो तिमी प्रति को लगाब, मलाई तिम्रो आबस्यकता को तीब्रता, दिन दुगुना रात चार गुना, हुदै गयो, म दुब्दै गए, हराउदै गएँ, तिमी समय को बहाब संगै अगाडी बढ्दै गयौ, म कोसौ पछाडी अडकीए
फेरी पनि तिमीलाई भेटने कोसिस अनबरत रूप मा धेरै समय सम्म म बाट भै नै रहे, भै नै रहे
कहिल्ये रोकीएन
सबै निरर्थक
जब तिमीलाई भेटे तिम्रो गलामा नया मंगल सूत्र र काख मा एउटा सुन्दर बालक हांसी रहेको पाए
मन मनै तिमीलाई पुनर्बिबह को शुभकामना दिन मन लाग्यो

बिरक्ति को बाण ले घायल म, आफुलाई सम्हाल्न फिस्स हांसें
रनभुल्लमै हांसें

चुप चाप सडक छेउ उभीइरहे
सडक को पारी पट्टी एउटा सुकेको, उजाड, नीरस, कालो, रुख उभिएको देखें
रुख को फेद देखि टुप्पा सम्म नियालेर हेरें
रुख पनि मलाई देखेर फिस्स हासें जस्तो
आकाश मा कालो बादल मडारिएको
मेरा कान ले केही सुनी रहेका थिएनन
आखा ले केही ठम्याइ रहेका थिएनन
दिमाग काम गर्न असक्षम थिए
लाग्थ्यो भूइचालो गै रहेको छ
मैले टेकेको जमीन भास्सी रहेको छ
मैले कही जाने मेसो पाई रहेको छैन
केही छीन पछि एउटा मानिस हात मा बन्चरो लिएर आयो
अनि निर्जिब रुख को फेद मा बन्चरो प्रहार गर्दै गयो
गर्दै गयो
निरंतर

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/11/04/p687/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker