:: अथितीको कलम
Custom Search

परिवर्तन नेपाल, June 26, 2008 8:11 am

राजा विनाको देश-नेपाल

गोविन्द गिरी प्रेरणा
नेपाल अहिले राजा विनाको देश भएको छ ।

पूव राजा ज्ञानेन्द्रले अनेक आंशकाको कालो बादल चिर्दै अत्यन्त शालिन प्रकारले आफ्ना मनका कुरा औपचारिक रुपमा जनसमक्ष राखेर नेपाल सरकारले बस्न दिएको नागार्जुनको कुटीमा वास बस्न नेपाल सरकारले तोकिदिएको मितिमै गएर यौटा नमूना देखाइदिए । तर त्यो दृष्टान्त कुनै बेला इतिहासले के कसरी मूल्याङ्कन गर्ला समयको हातमै छाडौं । (more…)

परिवर्तन नेपाल, June 18, 2008 4:30 am

‘’एउटा घर को बिछोड'’

इराक को सितल मुरुभुमी बाट….
कृष्ण पोखरेल (बिवस )
साउथिन ईराक नासेरिया

म सिन्धु अनी मेरो हेरेक जिबन मा साथ दिने मेरो हसबेण्ड कृष्ण र उ मेरो छोरा हो सेरेन! अनी उनी हुन मेरी बुहारी सुलोचना एती मेरो लागि कुनै पनि मान्छे हुरु धेरै भये को थिएन! र म आजै अर्को मान्छे लाई निम्तोदिन चाहन्थ्हे जस्ले मलाई हजुरामा भनेर बोलाओस । (more…)

परिवर्तन नेपाल, June 1, 2008 5:04 am

हराउँदैछन् दन्त्य कथाहरु

- समीक्षा कोइराला, १७ जेठ पोखरा ।
बीस बर्ष अघि कास्की-२ देउरालीका बुद्धि घिमिरे छोरी अरुणालाई काखमा राखि मधु मालतीको कथा सुनाउँथे । जसमा मधुकर वायुपखीं घोडामा चढेर मालतीलाई लिन आउँथे । मधु र मालती विचको मित्रता र उनीहरुले भोग्नुपरेको दुखले उनको मन छुने गर्दथ्यो । (more…)

परिवर्तन नेपाल, March 17, 2008 4:56 am

A SWEETY LOVE HISTORY

Bimal (Pakhrin) Tamang
मार्च, १२ Kathmandu Baouddha Tinchuli / At present in Dubai -UAE
He met her on a party. She was so outstanding, so beautiful, with perfect figure, charming face, many guys were chasing after her, while he was so normal, nobody paid attention to him. (more…)

Let Money Be Money

Chandra Kumar Phuyal
मार्च, १६ Al Ain, UAE.
Money, once invented as an easier mode of transaction, has now become such a want that people are ready to go to any lengths to get it. In their desire to earn money, they don’t even bother about losing morality, humanity, character and prestige. (more…)

परिवर्तन नेपाल, December 13, 2007 7:06 am

मरेपनि मरोस मलाई मतलब छैन, मलाई नेपाल फर्काइ दिनुहोस

सागर श्रेष्ठ
भन्छन श्रीमान श्रीमतीको झगडा परालको आगो, अनि श्रीमान श्रीमती बीचमा भएको हजारौं गल्तीहरुलाई माफ गरिन्छ तर यहाँ उल्लेख गर्न खोजेको कुरामा त्यसो भएन । एक नेपाली महिलाको पीडा न त त्यो जागिर दिनेले बुझ्न सक्यो न त सँगै जिउने सँगै मर्ने भन्ने श्रीमानले नै बुझ्न सक्यो ।
(more…)

परिवर्तन नेपाल, September 18, 2007 4:30 am

कपिलवस्तु घटनाबाट सिक्नु पर्ने पाठ

- महेश्वर श्रेष्ठ

“२०६४ भदौ ३० गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता अब्दुल मोहित खाँको अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या । घटनाबाट आक्रोशित समूहको आक्रमणमा कपिलवस्तुकै चन्द्रौतामा एक सशस्त्र प्रहरी र एक सवारी चालकको मृत्यु । आक्रोशित समूहले चन्द्रौटा बजारका ७० भन्दा बढी गाडीमा तोडाफोड र आगजनी ।
(more…)

परिवर्तन नेपाल, September 4, 2007 4:15 am

अन्तिम विदाईको सम्झनामा

साजन राई उपेक्षित
संखुवा सभा दिदिङ-१ बर्देउ,

साँचो अनि सत्य………….. जीवनको १९ औं वसन्त पार गरिसक्दा नि मलाई बिछोडको पल थाह थिएन। बिछोडको दर्दानाक पीडाहरुको अनुभुतिबारे म अनविज्ञ नै थिए। तर आज आकास्मात पाएको बिछोडको चोटले मेरो जीवन निल्नु न ओकाल्नु सावित भएको छ। सुनसान रात अनि अन्धकारमय जीवन लिएर एक्लै यात्रा गर्नु सिवाय अरु केही गर्न नसक्ने भाको छु म………..। रातको ओसिलो बतास र सुनसान वातवरणसँग मितेरी गाँस्दै हरपल रोईरहेछु मेरो साथमा सारा प्रकृति नै रोईरहेछ।
(more…)

बाबुको चिट्ठी छोरालाई

केपि किरण शर्मा,
प्यारो छोरा ठुलोमा धेरै धेरै मायाँ एवं आर्शिवाद छ ।
यहाँ सबै जना आरामै छौ । तिमीलाई पनि आरामै होला भन्दै भगवानसँग पुकारी बसेका छौं । बाबु ठुले तिमीले हरी भान्दाईसँग पठाएको चिठी र पाउरपात हाता पर्‍र्यो साह्रै खुशी लाग्यो तर तिमी कहिले आउने हो त्यो कुरा नखुलाएकोले साह्रै चिन्ता लागेको छ । तिमी प्रदेश हिडेको पनि ५ बर्षपुगेर ६ बर्षलागि सक्यो । अझै घर र्फकने कुरा गर्दैनौ । (more…)

परिवर्तन नेपाल, May 28, 2007 5:00 pm

सोच्दै नसोचेको घटना पनि हुदो रहेछ

सोच्दै नसोचेको घटना पनि हुदो रहेछ

पिडित ब्यक्ति
यू.र्एर्.इ
मई २८ २००७ बेलुका करिव साढे सात बजे अबुधावीको अल्फला प्लाजामा बैंकबाट पैसा झिकी उक्त बैंकको भिषा कार्डमा नजिकै रहेको अल नासरी मनि एक्सचेन्जबाट तिर्न खोज्दा सोच्दै नसोचेको घटना भयो । (more…)

परिवर्तन नेपाल, May 27, 2007 5:55 am

बढ्दै छ, सैनिक ‘कू’ को खतरा

– महेश्वर श्रेष्ठ
जनआन्दोलनको बलबाट पुनःस्थापित संसदले पुनःस्थापना भएको केही दिन पछि नै २०६३ साल जेठ महिनाभित्र संविधानसभा निर्वाचन गर्ने भनी एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । यसबीच नेपालको अन्तरिम संविधान २०६३ लाई पारित तथा घोषणा गर्ने, सशस्त्र व्रि्रोही माओवादीका प्रतिनिधिसहितको अन्तरिम ‘विधायिका-संसद’ निर्माण गर्ने र सो पार्टर्ीी मन्त्रीहरु सहितको अन्तरिम सरकार गठन गर्ने काम सम्पन्न भइसकेका छन् । तर संसदवादी सातदल, सशस्त्र व्रि्रोही माओवादी र समग्र जनआन्दोलनको प्रमुख माग बनेको संविधानसभाको निर्वाचन भने पुनःस्थापित संसदले पारित गरेको संकल्प बमोजिम तोकिएको समयभित्र हुन नसक्ने पक्कापक्की भइसकेको छ । (more…)

परिवर्तन नेपाल, April 8, 2007 6:31 am

नेपालमा गणतन्त्र आउला? (भाग-३)

- महेश्वर श्रेष्ठ
माथि उल्लेखित अवलोकन तथा विश्लेषणहरु बाहिरबाटै देखिने, सजिलैसित बुझिने वा महसुस गर्न सकिने सतही कुराहरु हुन् । यहाँ तिनलाई अलि विस्तारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । (more…)

परिवर्तन नेपाल, April 4, 2007 9:49 am

- महेश्वर श्रेष्ठ

नेपालमा गणतन्त्र आउला? (भाग-२)

जनआन्दोलन-२ को नामले बढी परिचित नेपाली जनताले आफ्नो मुक्तिका लागि गरेको २०६२६३ को शान्तिपूर्ण संघर्षको ‘सफलता’ पश्चात आन्दोलनकारी सातदलको सरकार बनेको पनि ११ महिना नाघिसक्यो । यस बीच २०५८ मा विघटित प्रतिनिधिसभा पुनःस्थापित भएको छ । पुनःस्थापित प्रतिनिधिसभाले अनेक संकल्प सहित एउटा अष्टाबक्र अन्तरिम संविधान जारी गरेकै दिन गत माघ १ गते सशस्त्र विद्रोही नेकपा माओवादी पनि आफ्ना ८३ जनाको ‘विधायक सांसद’ को दलबल सहित ‘अण्तरिम विधायिका संसद’ मा पुगेको छ । (more…)

परिवर्तन नेपाल, March 26, 2007 10:51 am

नेपालमा गणतन्त्र आउला ? - भाग - १

- महेश्वर श्रेष्ठ
काठमाडौं

२०५८ साल जेठ १९ गते तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र निजको एकल परिवारका सदस्य बाहेक तत्कालीन गद्दीनसिन राजा वीरेन्द्र, नीजको सम्पूर्ण परिवार सदस्य तथा नजिकका नातागोता समेत नारायणहिटी राजदरबारमा मारिएबाट एक किसिमले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको थियो । तर त्यो हत्याकाण्ड जनताको विद्रोह वा वाहृय आक्रमणको कारणबाट नभई १६० वर्षअघि जंगबहादुर राणाले कोतपर्व, भण्डारखाल पर्व मच्चाएर सम्पूर्ण राज्यशक्ति आफ्नो मुठ्ठीमा पारी राणाहरुको अकन्टक पारिवारिक शासन कायम गरे पश्चात १०४ वर्षसम्म देशवासी माथि क्रूरतम अत्याचार गर्दै र मुलुकलाई वाहृय संसारबाट अलग र अन्धारमा राख्दै सम्पूर्ण राज्यकोष र प्राकृतिक संसाधनलाई राणाहरुको निजी सम्पति बनाए जस्तै एक्काइसौं शताव्दीमा आएर पनि राज्यशक्ति हत्याउने चरम महत्वाकाँक्षा र राणाहरुले जस्तै राज्यकोषमा लूटपाट मच्चाउने कुत्सित नियत राख्ने राजपरिवारकै एकथरि सदस्य र तिनका मतियारहरुले गरेको सुनियोजित हत्याकाण्ड भएकोले र त्यस बेला सत्तापक्ष र प्रतिपक्षमा रहेका सम्पूर्ण संसदीय राजनीतिक शक्तिहरुले खासै सरोकार नराखेको वा तिनको नेतृत्व वर्ग डरका कारण मौनता साधेर बसेको हुँदा राजतन्त्रको समूल अन्त्य नभएर राजा फेरिने घटनामा मात्र सिमित हुन पुगेको थियो । त्यसै कारण ज्ञानेन्द्र शाहले आज पर्यन्त राजा हुने अवसर पाइरहेका हुन् । (more…)

परिवर्तन नेपाल, March 12, 2007 2:08 pm

संविधानसभाको संरचना कस्तो हुनु पर्छ - (७)

- महेश्वर श्रेष्ठ
“संविधानसभाको संरचना कस्तो हुनुपर्छ” शीर्षक लेखमालाको छैठौं किस्ता लेखेको पनि आज सात महिना भन्दा बढी भई सकेछ । पंक्तिकारका लागि यो अवधि नेपालको अत्यन्त तरल राजनीतिक अवस्थामा द्रुत गतिले परिवर्तन भइरहेका परिदृष्यहरुको सुक्ष्म अध्ययन गर्ने र आफ्ना अवधारणाहरुले कतिको मूर्तरुप लियो भनी अवलोकन गर्ने अवधि रहृयो । राजनीतिका अनेक चालवाजी, नांगो विदेशी चलखेल र अनेक विवादका वावजूद पुनर्स्थापित संसदले गत माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ जारी गरेको छ र सशस्त्र विद्रोही नेकपा माओवादी पनि आफ्ना ८३ जनाको दलबल सहित ‘अन्तरिम विधायिका-संसद’ मा प्रवेश गरेको छ । पंक्तिकारको बुझाईमा संसद शब्द आफैमा विधायिका हो । त्यसलाई किन ‘विधायिका-संसद’ भनियो, कसैलाई थाहा छैन । सायद राजनीतिमा पोलिटिक्स घुसेको भनेको यही होला । अन्यथा संसद पुनर्स्थापना हुने वितिक्कै तीन फ्याक परेको जनमोर्चा नेपाललाई तीन वटा पार्टीको मान्यता दिइन्नथ्यो होला । त्यतिसम्मलाई भइहाल्यो भनूं । लिलामणि पोखरेल एकजना मात्र सांसद भएको अमिक शेरचन समुहको जनमोर्चालाई ३ जना सांसद थप्ने सुविधा हुनु तर ३ जना सांसद भएको चित्रबहादुर केसी समुहको जनमोर्चा र २ जना सांसद भएको चित्रबहादुर आले समुहको जनमोर्चालाई त्यो सुविधा नहुनुलाई के भन्ने ? (more…)

परिवर्तन नेपाल, February 21, 2007 1:44 pm

वक्तव्य

प्यारा मधेशी दाजुभाई तथा दिदीबहिनीहरु,
हिजो प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नु भएको सम्बोधनबाट के सिद्ध भएको छ भने सदियौंदेखि अन्याय, अत्याचार, अपमान, शोषण, दमन, उत्पीडन र विभेदको शिकार हुँदै आउनु भएका तपाईं मधेशी दाजुभाई दिदीबहिनीहरुले न्याय, समानता, स्वाभिमान, स्वशासनका लागि तपाईहरुले गर्नु भएको अत्यन्त बहादुरीपूर्ण एवं बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनको अगाडि शासक वर्ग र जाति झुक्न वाध्य भएको छ । सबभन्दा पहिले तपाईंहरु जस्तै विभेदका शिकार एवं अपमानित भई जिउन वाध्य सम्पूर्ण नेवारहरुको तर्फबाट, मेरो संस्था नेवाः ऐक्यवद्धता अभियानको तर्फबाट र मेरो आफ्नै तर्फबाट आन्दोलनको दौरान शहादत हुनु भएका सम्पूर्ण मधेशी दाजुभाई दिदीबहिनीहरुमा अत्यन्त सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइते आन्दोनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शहादत प्राप्त गर्नु भएका सबैलाई शहीद घोषणा गर्न, उहाँहरुको परिवारजनलाई तत्काल सम्मानजनक क्षतिपूर्ति प्रदान गर्न, आश्रतिहरुलाई यथायोग्य रोजगारीको व्यवस्था गर्न, घाइतेहरुको स्तरीय उपचार एवं यथेष्ट क्षतिपूर्ति तथा अपांग भएकाहरुलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्न नेपाल सरकारसंग यसै वक्त्व्य मार्फत जोडदार माग गर्दछु ।
(more…)

परिवर्तन नेपाल, January 18, 2007 12:28 pm

संविधान सभाको चुनाव : जनताको सघंषको एक कडी

- कर्ण बहादुर शाही

अहिलेसम्म जनताको संघर्षद्वारा प्राप्त उपलब्धिको सस्थागत रुपमा रक्षा र विकास गर्न तथा देशमा शताब्दीयौंदेखि विद्यमान वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय लगायतका विविध जल्दाबल्दा समस्याहरुलाई अग्रगामी लोकतान्त्रिक ढंगले समाधान गर्दै सामन्ती राजतन्त्रको पूर्ण उन्मुलन गरी लोकतान्त्रिक गणतन्त्रिक नयाँ नेपालको निर्माण गर्न र नेपाली जनताहरुलाई आफ्नो भविष्य आफै निर्धारण गर्न दिन नेपालमा आगामी वर्ष बैशाख जेठ महिनातिर संविधान सभाको चुनाव गर्न जुन “बृहद शान्ति सम्झौता” मा हस्ताक्षर भई राष्ट्रिय सहमति भएको छ, सो आफैमा महत्वपूर्ण छ र यसको इमान्दारीतापूर्वक कार्यान्वयन आजको आवश्यकता भएको छ ।
(more…)

परिवर्तन नेपाल, January 16, 2007 11:13 am

वैदेशिक रोजगारीमा ठगिने क्रम बढ्दो

विष्णु रिमाल/झापा
वैदेशिक रोजगारका लागि कतार हि“डेका धाइजन-१ का र्सर्ूय पन्त ४० दिन दिल्लीको कष्टपर्ूण्ा बसाइ“पछि आफन्तको सहयोगमा घर फर्किएका छन् । ८४ हजार रुपिया“ खर्च गरेर पङधाक ओभर्सिज मार्फ कतार जान लागेका उनी उक्त ओभर्सिजले मालदिभ्सको किर्ते भिसा देखाएका कारण ठगिएका थिए ।
(more…)

परिवर्तन नेपाल, December 10, 2006 11:16 am

वैदेशिक रोजगारमा लाग्ने महिलाहरुको अधिकारको पूर्ण ग्यारेन्टी हुनुपर्छ

अञ्जना बैद्य श्रेष्ठ
काठमाण्डौ डिसेम्बर, १०
वैदेशिक रोजगारमा लाग्ने महिलाहरुको सशक्तीकरण गर्ने, उनीहरुको हक अधिकार सुनिश्चित गर्ने तथा यसरी अन्तर्राष्ट्रियस्तरमा स्थानान्तरित महिलाहरु विरुद्ध हुने हरेक खालका हिंसा तथा विभेदहरुको अन्त्य गरिनु पर्ने आवाजलाई सम्बन्धित निकायसम्म पु-याई आवश्यक नीति र रणनीतिहरु तर्जुमा गराउन दवाव दिने उद्देश्यले यही मिति २०६३।८।२१ गते “महिलाविरुद्धको हिंसालाई सम्बोधन गर्न १६ दिवसीय अभियान अन्तर्गत एक दिने छलफल कार्यक्रम” काठमाडौंमा सम्पन्न भएको छ ।
(more…)

परिवर्तन नेपाल, December 3, 2006 10:51 am

लिम्वूहरुको महान चाड चासोक तङनाम आयो

मान लिम्वू इवाजी
चासोक तङनाम लिम्वूहरुको महान चाड हो । विषेश त लिम्वू जातिहरु प्रकृति पुजक भएकाले उनीहरु मंसिर पूणिर्मालाई उभौली शुरुवातको रुपमा मान्छन् । यहि मंसिर पूणिर्मा -उभाूली) को दिन यो चाड पर्दछ । यस बर्ष२०६३ मंसिर १८ गते आइतबारको दिन यो चाड पर्दछ । धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पा“चथर, इलाम, सुनसरी, मोरङ र झापा जिल्लाहरुमा लिम्वू जातिको वस्तिहरु उल्लेख्य रुपमा पाइन्छ । यति खेर यी वस्तिहरुमा पैयू“ फूलिरहेको छ अनि चराचुरुङ्गहिरु दक्षिण तिर जाडो छल्नलाई बर्साईं सरिरहेको छ ठिक यहि समयलाई लिम्वूहरु चासोक तङनाम आगमनको रुपमा लिन्छन् । यतिखेर यी वस्तिमा केटाकेटी, यूवायूवति तथा वुढापाका सबैमा खुशि छाएको छ ।
(more…)

परिवर्तन नेपाल, November 22, 2006 5:40 am

प्रवासी नेपालीहरुमा अनुरोध

(more…)

परिवर्तन नेपाल, November 19, 2006 5:07 am

एन आर एन र गल्फ देशमा श्रम बेचीरहेका नेपालीहरु

-सागर श्रेष्ठ
जहाँ समस्या हुन्छ त्यहाँ समाधानको उपायहरु पनि हुन्छ । जब गैर आवाशिय नेपालीहरुले बिभिन्न समस्याहरु पाए तव त्यसको समाधानको लागी बुद्धिजीवि गैर आवशीय नेपालीहरुको समुहले संसारमा रहेको गैर आवशिय नेपालीहरुको हक हित र अधिकारको लागी आवाज उठाउन गैर आवशिय नेपालीहरुको संगठन एन आर एन को जन्म भयो । बिभिन्न्ा सम्मेलनहरु गरेर बिभिन्न कार्यक्रमहरु अघि सारे तर ति कार्यक्रमहरु कहाँ कसरी प्रयोगमा ल्याएका छन । गल्फ देशहरुमा आफ्नो श्रम बेचीरहेका नेपालीहरुलाई थाहा छैन । एन आर एन ले १४ लाख गैर आवशिय नेपालीहरुको प्रतिनिधित्व गरेको अनुमान गर्न सकिन्छ । यि देशहरु -साउदी अरेविया, कतार , दर्ुवई, मलेसिया, ओमन, कुवेत, बहर्राईनर्,र् इराक, आदी ) मा रहेका करिब ८० प्रतिशत नेपालीहरुलाई एन आर एन कुन चराको नाम हो थाहा छैन । एन आर एन ले गर्छ थाहा छैन । (more…)

परिवर्तन नेपाल, November 13, 2006 9:34 am

शिखर सम्झौतामा छायाँमा जनजाति -माओवादीलाई प्रस्न –

Man Limbu Iwajee
K.S.A
सुस्त गतिमा भए पनि नेपालमा दुरगामि महत्व राख्ने कार्यहरु भा-का छन् । केही दिन अघि मात्र सात दलीय सरकार र व्रि्रोही माओवादी बीच एउटा सम्झौता भएको छ । यसलाई दल तथा माओवादीहरुले एैतिहासिक समझौता भनेका छन् । वास्तवमा यसलाई एैतिहासिक सम्झौता मान्न सकिन्न यद्यपि यो अग्रगामि सम्झौताको रुपमा लिन सकिन्छ ।
(more…)

परिवर्तन नेपाल, October 16, 2006 6:49 am

यस पालीको दशै -स्मरण)

खेम खत्री काठमाण्डौ
बिगत लामो समयको तुलनामा यस बर्षो दशैं भयरहित वातावरणमा मनाउन पाइयो । तर वातावरण पनि बाहिरी र भित्री हुन्छ नि । दुबै वातावरण भयरहित र चिन्तारहितन हुनेहरुको लागि त यो बर्षो दशैं अति राम्रोसँग मनाइयो भन्ने खवर सुन्नमा आयो । तर यात्रुहरुको तुलनात्मकरुपमा बढी चापको कारण राजधानी बाहिरिने र भित्रिने बसहरु भित्र र छतमा पनि कोचाकोच भएको प्रत्यक्ष देख्न सकिन्थ्यो त्यसैले यात्रा भने चिन्तामुक्त थिएन । कता के होला भन्ने त्रासमय यात्रा थियो । एकाध ठाउँहरुमा सवारी दर्ुघटना पनि भए, ठूलै संख्यामा यात्रुहरु हताहत भए, त्यो नरमाइलो पक्ष थियो ।

म पनि फुलपातिमा घर गएर पुणिर्माको दिन फर्केको थिएँ । भाउजु र बच्चाहरु भने घटस्थापनामा गएरु मसँगै फर्केका थिए । हाम्रो जमाना अर्थात् केटाकेटी देखि केही माथि पुग्दा समाज, गाउँ अनि साथीहरुको जमात् हुन्थ्यो । रोजगारीको सिसिलामा या अन्य कारणबश गाउँदेखि टाढा भएपनि दशैंको बेलामा सबै जम्मा हुने, कुराकानी गर्ने, रमाइलो पनि गरिन्थ्यो । अहिले समयले कोल्टो गर्ल्याम्मै फेरेको छ । गाउँमा साथीहरु कोही छन् छैनन् भन्ने पत्तो नै हुँदैन । छिमैकी मुलुकमा रोजगारी गर्ने साथीहरु तेस्रो मुलुकमा पुगेका छन् । उनीहरुको घर र्फकने समय दशैं नै हो भन्न सकिदैन । घर र्फकने समयमा दशैं परो भने बल्ल भेट भइन्छ ।

अहिले गाउँमै बस्ने साथीहरु सबै भेट भएका थिए । तर सबै भित्रहरुसँग किन हो भलाकुसारी हुन नसक्ने । टीकाको दिनमा मात्र टीका लगाउने निहुले भेट भएको थियो धेरैजनासँग । गोबिन्द म टीका लगाउन जाँदा माइत गइसकेका थिएँ । भाई हरि आगनमा “नाइनस्टीक” खेलाएर बसेका थिए । बाबा-आआको हातको टीका लगाउने सौभाग्य पाएको थिएँ । बहिनी गंगा पनि घरमै थिइन । म टीकाको दिनमा जाँदा दाईलाई पत्र लेखेर मलाई दिने अनि इमेल गर्ने भन्ने कुरा बहिनिलाई गरे पनि त्यो सायद पत्र लेखेनन् होला भाइ बहिनीहरुले । पोहोर परार जस्तो दुइचार पन्नाको पत्र प्रिन्ट गरेर लान नपाउँदा मलाई पनि खल्लो लाग्यो । मधु जगनाथबाट फोनमा कुराकानी भएको रहेछ फुलपातिको दिनमा । आमाबाट मधु घरमा आएर धेरै व्यवस्था मिलाएर गएको भन्ने सन्तोषजनक कुराले मनमा आनन्द आयो ।
दशैंको पर्सिपल्ट मनुदाई भाउजु र छोरो सुनिललाई पनि बसाहामा भेटियो । तर एकैछिन मात्र कुरा कानी भयो । भोलिपल्ट उनी पनि चितवन फर्किए क्यार । अर्जुन खड्का पनि दिल्लीबाट सपरिवार आएका रचन् । सायद उनी अब नर्फकने रे दिल्ली, मलेशिया जाने चाँजो मिलाउँदै रचन् । आजमात्र उनी मेरो अफिसमा आएर गए । तीन बजेतिर आउँछु र उतै मेरो घरतिर जाउँला भन्थे । तीन बज्यो अब आइपुग्छन् कि । महादेब पनि सपत्नि घर गएका थिए । पाँच दिन जति घर बसे उनि पनि । म्याग्दीबाट रीता पनि टीका लगाउन आकी थिईन् ।

गाउँमा पोहोर परार नसुनिएको हो वा ख्याल नगरिएको हो, यो मौसममा “ढिकुर कुर कुर” को आवाज धेरै सुनियो । सायद आजकल चराचुरुङ्गीहरु धेरै भए जस्तो लाग्यो । किनकि आजकल गाउँमा बन्दुक पड्किदैन । सिकारीहरुले पनि बन्दुक पड्काउन पाका छ्रैनन् । हरियाली बनपाखा धेरै भएर होला चराचुरुङ्गीहरुले पनि वातावरण रमाइलो बनाएका हुन्थे । स्वच्छ हावा, हरियाली, शान्त वातावराण गाउँको वातावरण नै भिन्दै । कुल मिलाएर यसपालिको दशैं रमाइलो भयो ।

परिवर्तन नेपाल, October 4, 2006 9:25 am

भौगोलीक दृष्टीले मात्र टाढा रहेछौं ।

-सागर श्रेष्ठ
हामी नेपालीहरु जब प्राण भन्दा प्यारो देश छाडेर रहरले भनौ वा बाध्यताले, घुम्नको लागी भनौ वा नोकरीको लागी, पढ्नलाई भनौ वा व्यापार गर्नलाई परदेश लाग्छौ अनि देश परिवार नातागोताको मायाँले सताउन थाल्छ । त्यस माथि पनि नेपालीहरुको महान चाड विजया दशमीले जब गाउँ घर खोला नाला, घर घरमा पाईला टेक्छ । परदेश लागेका आफन्तहरु आफूभन्दा ठूलाको हातबाट टिका थाप्न घर आउने बेलामा त्यो रमाईलो वातावरणलाई छाडेर आफु बिबस्ता र बाध्यतामा परि त्यसमा पनि देशै छाडेर परदेश लाग्नु पर्दा त्यो क्षण कस्तो होला ———- (more…)















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker