खेम खत्री काठमाण्डौ
बिगत लामो समयको तुलनामा यस बर्षो दशैं भयरहित वातावरणमा मनाउन पाइयो । तर वातावरण पनि बाहिरी र भित्री हुन्छ नि । दुबै वातावरण भयरहित र चिन्तारहितन हुनेहरुको लागि त यो बर्षो दशैं अति राम्रोसँग मनाइयो भन्ने खवर सुन्नमा आयो । तर यात्रुहरुको तुलनात्मकरुपमा बढी चापको कारण राजधानी बाहिरिने र भित्रिने बसहरु भित्र र छतमा पनि कोचाकोच भएको प्रत्यक्ष देख्न सकिन्थ्यो त्यसैले यात्रा भने चिन्तामुक्त थिएन । कता के होला भन्ने त्रासमय यात्रा थियो । एकाध ठाउँहरुमा सवारी दर्ुघटना पनि भए, ठूलै संख्यामा यात्रुहरु हताहत भए, त्यो नरमाइलो पक्ष थियो ।
म पनि फुलपातिमा घर गएर पुणिर्माको दिन फर्केको थिएँ । भाउजु र बच्चाहरु भने घटस्थापनामा गएरु मसँगै फर्केका थिए । हाम्रो जमाना अर्थात् केटाकेटी देखि केही माथि पुग्दा समाज, गाउँ अनि साथीहरुको जमात् हुन्थ्यो । रोजगारीको सिसिलामा या अन्य कारणबश गाउँदेखि टाढा भएपनि दशैंको बेलामा सबै जम्मा हुने, कुराकानी गर्ने, रमाइलो पनि गरिन्थ्यो । अहिले समयले कोल्टो गर्ल्याम्मै फेरेको छ । गाउँमा साथीहरु कोही छन् छैनन् भन्ने पत्तो नै हुँदैन । छिमैकी मुलुकमा रोजगारी गर्ने साथीहरु तेस्रो मुलुकमा पुगेका छन् । उनीहरुको घर र्फकने समय दशैं नै हो भन्न सकिदैन । घर र्फकने समयमा दशैं परो भने बल्ल भेट भइन्छ ।
अहिले गाउँमै बस्ने साथीहरु सबै भेट भएका थिए । तर सबै भित्रहरुसँग किन हो भलाकुसारी हुन नसक्ने । टीकाको दिनमा मात्र टीका लगाउने निहुले भेट भएको थियो धेरैजनासँग । गोबिन्द म टीका लगाउन जाँदा माइत गइसकेका थिएँ । भाई हरि आगनमा “नाइनस्टीक” खेलाएर बसेका थिए । बाबा-आआको हातको टीका लगाउने सौभाग्य पाएको थिएँ । बहिनी गंगा पनि घरमै थिइन । म टीकाको दिनमा जाँदा दाईलाई पत्र लेखेर मलाई दिने अनि इमेल गर्ने भन्ने कुरा बहिनिलाई गरे पनि त्यो सायद पत्र लेखेनन् होला भाइ बहिनीहरुले । पोहोर परार जस्तो दुइचार पन्नाको पत्र प्रिन्ट गरेर लान नपाउँदा मलाई पनि खल्लो लाग्यो । मधु जगनाथबाट फोनमा कुराकानी भएको रहेछ फुलपातिको दिनमा । आमाबाट मधु घरमा आएर धेरै व्यवस्था मिलाएर गएको भन्ने सन्तोषजनक कुराले मनमा आनन्द आयो ।
दशैंको पर्सिपल्ट मनुदाई भाउजु र छोरो सुनिललाई पनि बसाहामा भेटियो । तर एकैछिन मात्र कुरा कानी भयो । भोलिपल्ट उनी पनि चितवन फर्किए क्यार । अर्जुन खड्का पनि दिल्लीबाट सपरिवार आएका रचन् । सायद उनी अब नर्फकने रे दिल्ली, मलेशिया जाने चाँजो मिलाउँदै रचन् । आजमात्र उनी मेरो अफिसमा आएर गए । तीन बजेतिर आउँछु र उतै मेरो घरतिर जाउँला भन्थे । तीन बज्यो अब आइपुग्छन् कि । महादेब पनि सपत्नि घर गएका थिए । पाँच दिन जति घर बसे उनि पनि । म्याग्दीबाट रीता पनि टीका लगाउन आकी थिईन् ।
गाउँमा पोहोर परार नसुनिएको हो वा ख्याल नगरिएको हो, यो मौसममा “ढिकुर कुर कुर” को आवाज धेरै सुनियो । सायद आजकल चराचुरुङ्गीहरु धेरै भए जस्तो लाग्यो । किनकि आजकल गाउँमा बन्दुक पड्किदैन । सिकारीहरुले पनि बन्दुक पड्काउन पाका छ्रैनन् । हरियाली बनपाखा धेरै भएर होला चराचुरुङ्गीहरुले पनि वातावरण रमाइलो बनाएका हुन्थे । स्वच्छ हावा, हरियाली, शान्त वातावराण गाउँको वातावरण नै भिन्दै । कुल मिलाएर यसपालिको दशैं रमाइलो भयो ।