:: अन्तराष्ट्रिय समाचा
Custom Search

परिवर्तन नेपाल, October 3, 2006 7:42 am

यू.ए.इमा बडादशै कार्यक्रम सम्पन्न ।

१६ आश्विन २०६३ तदनुसार २ अक्टोवर २००६ का दिन विजया दशमीको पावन अवसरमा यू.र्एर्.इ स्थित नेपाली दूतावासका का.वा. राजदूत महामहिम श्री मोहनकृष्ण श्रेष्ठ ज्यूको निवासमा टीका ग्रहण तथा रात्रिभोजको कार्यक्रम सम्पन्न भयो ।

यू.ए.इ को राजधानी अबुधावी स्थित उहाँको निवासमा सम्पन्न टीका तथा रात्रिभोजमा यू.र्एर्.इमा कार्यरतं नेपालीहरु मध्ये उल्लेख्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा नेपाली समाजका पदाधिकारीहरु, लगायत यू.र्एर्.इमा रहेका बिभिन्न नेपाली संस्थाका प्रमुख तथा अन्य पदाधिकारीहरु, ब्यापारी, इन्जिनियर, बुद्धिजिवी वर्ग, साहित्यकार, पत्रकार, महिला दिदी बहिनीहरु र अन्य विभिन्न क्षेत्रमा कार्यरत प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वडा दशै जस्तो महान चाडमा पनि आफ्नो घर र परिवारबाट टाढिएर प्रवासमा बस्नु पर्दाको पीडालाई विर्सर्ाा का.वा. राजदूतले अभिभावकको भूमिका निभाउनु भएकोमा सबैले उहाँको प्रशंसा गरेका थिए ।


दूतावास स्थापना भएको तेश्रो बर्षभए तापनि नेपाली परम्परा र संस्कृति जोगाउन दुतावासको पहलमा गरिएको यस्तो कार्यक्रम पहिलो भएको उपस्थित सहभागीहरुले बताए ।

मुश्लिम देशमा अझ उनीहरुको चाड रमादानको समयका बावजुद निधारमा टीका र शीरमा जमरा सिउरिएर शुभकामना आदान-प्रदान गर्न पाउनु सबैको लागि गर्वको कुरा हो । यसको लागि दुतावास परिवार धन्यवादको पात्र बनेको छ ।

साथै आगामी दिनहरुमा पनि यसैगरि आफ्नो कला, संस्कृति, सभ्यता र रीतिरिवाज जोगाउने कार्यमा दुतावास निरन्तर लागिरहोस् भन्ने शुभकामना सबैले ब्यक्त गरेका थिए ।

परिवर्तन नेपाल, September 10, 2006 8:34 am

यू.ए.इमा नेपाली कार्यक्रम

हिन्दुहरुको महान चाड विजया दशमीको पावन अवसरमा यू.र्एर्.इमा बसोवास गर्ने नेपालीहरुले आयोजना गर्नुभएको सुमधुर सास्कृतिक कार्यक्रम यहि अगष्ट २२, २०६३ मा भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमा नेपाली राजदुतावासका कर्मचारीहरु र यू.र्एर्.इ अबुधवीमा बसोवास गर्ने नेपालीहरुको उल्लेखनिय उपस्थित थियो । कार्यक्रमलाई मनोरञ्जन दिनको लागि नेपालबाट ख्यात्रि्राप्त कलाकारहरु मनोज गजुरेल, कोमल वली, बद्रि पगेनी, रेखा थापा, ऋचा घिमिरे, दिपेश किशोर भट्टर्राई, धिरज र्राई, सत्यकला र्राई उपस्थित हुनुहुन्थ्यो । साँझको ८ बजे सुरु हुने भनिएता पनि दर्शकहरुको कमिले गर्दा कार्यक्रम १ घण्टा पछि अर्थात साँझ ९ बजे मात्र सुरु भएको थियो । कार्यक्रमको सञ्चालक हास्य विधाका हस्ति मनोज गजुरेलले ठ्ट्यौली पाराले गर्नु भएको थियो । कार्यक्रमको शुरुमै मनोज गजुरेलको हास्यब्यङ्ग प्रस्तुतीले रौनक छाएको थियो । कार्यक्रममा बद्रि पगेनीको भर्खरै बजारमा आएको नारीहरुमा आधारीत गितले सबैलाई स्तब्ध वनाएको थियो भने अर्को प्रस्तुती अझै पनि नेपालमा गणतन्त्र आएको छैन भन्ने गितले प्रवासमै भए पनि गणतन्त्र जिन्दावाद भन्दै उपस्थित सबैले जोसिलो पाराले नारा लगाउन आतुर थिए । कलाक्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कोमल ओलीको बिहे भाछैन भन्ने गितले सबैलाई नचाएको थियो भने दर्शकहरुको तर्फाट पोईल जान पाम पाम् पाम् गितको फर्माईसका झटाराहरु ओईरीएका थिए र त्यहि गितको तालमा सबै दर्शकहरु उप्रिm उप्रिm नाचेर मनोरञ्जन लिएका थिए । युवा पुस्ताको मनमा बस्न सफल जोशिला पप गायक धिरज राइको बेग्लैखालको प्रस्तुतीले उपस्थित सबैलाई नाच्न बाध्य बनाएको थियो भने अर्का पप गायक दिपेश किसो भट्टराइको भेडाको उनजस्तो गित सबैले तालमा ताल मिलाएर गाएका थिए । रेखा थापा र ऋचा घिमिरेको हट डान्सले सबैलाई मोहित बनाएको थियो भने सत्यकला राइको गितले सबैलाई भावुक बनाएको थियो । कार्यक्रमको बिच बिचमा मनोज गजुरेलको हात्यब्यङ्ग प्रस्तुतीले पेट मिची मिची हसाउन बाध्य बनाएको थियो । कहिले राजाको भुमिका कहिले प्रचण्डको भुमिका त कहिले माधव र गिरीजाको भुमिकाले दर्शकलाई थप मनोरञ्जन दिलाएको थियो । अन्त्यमा कोमल वली र बद्रि पगेनीको दोहोरीले सबैलाई नचाएको थियो । भोलीपल्ट पनि यू.र्एर्.इको अर्को शहर दर्ुवईमा कार्यक्रम भएको हुनाले होला कलाकारहरु धेरै हतारमा देखिन्थे र ४ घण्टा पुरा कार्यक्रम पनि नगरी मध्यरातको साढे बाह्र बजे कार्यक्रमको अन्त्य भएको थियो ।















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker