:: अन्यबाट साभार
Custom Search

परिवर्तन नेपाल, May 25, 2009 8:21 am

राजधानीमै छन् अखडाहरु

क्षेत्रपाटीस्थित एक खण्डहरजस्तो पुरानो घर जहाँ ढप्काइएको ढोका ठेल्दै भित्र पस्न सकिन्छ । बाहिरको उज्यालोबाट एक्कासि भित्र प्रवेश गर्दा अँध्यारोका कारण केही देखिँदैन । अलि भित्र छिरेपछि नगद काउन्टर अगाडि लहरै राखिएको टेबलमा झिलिमिली बलिरहेका टुकी मैनबत्ती र केही युवती । उनीहरु त्यहाँ आउने हरेक आगन्तुकलाई नियालिरहेका हुन्छन् । प्रहरी र एकदमै नौलो अनुहार आएको देखेपछि उनीहरु पछिल्तिर रहेको गोदाममा गएर लुक्छन् । चिसो पेय वा बियर लिएर ग्राहक टेबलमा बस्नेबित्तिकै समूहमा बसेका युवती कानेखुसी गर्न थाल्छन् । त्यसपछि उनीहरु ग्राहकको नजिक आएर आफूलाई पनि केही ख्वाउन आग्रह गर्छन् । केही बेरको कुराकानी र घुलमिलपछि उनीहरु माथिको काठेमा गएर करा गन्रे पस्रताव राख्छन । नया आगन्तकु का लागि भलु भलु यै झै लाग्ने त्याटटु पे टु के घरमा थपु्र कोठा छन् । अधिकांश कोठामा फोहोर ओछ्यान छ । (more…)

काठमाडौंमा रंगीन रातका लागि कुन–कुन लज

दृश्य–१ : दरबारमार्ग प्रहरी प्रभागभन्दा दुई सय मिटर पश्चिममा अवस्थित ठमेलको मध्यभागमा सामुदायिक प्रहरीको कार्यालय छ, जुन भगवतीबहाल ठीक अगाडि पर्छ। त्यहाँभन्दा तीन सय मिटर टाढा सोह्रखुट्टे प्रहरी कार्यालय छ।
त्यससँगै सटेको एउटा घरमा माछापुच्छे्र गेस्ट हाउस छ। जसमा तीन/चार किशोर कार्यरत छन्। उनीहरूको जागिर छ– ‘माल’ यसको ठाउँसम्म ग्राहक पुर्यातउने।
किशोरहरू ‘दाम मिलाएर’ ग्राहक लिएर जान्छन् र केही ‘कमिसन’ प्राप्त गरी ‘भोका’ ग्राहकलाई ‘तृप्त’ पारी पठाउँछन्। फेरि अर्को ग्राहक खोज्छन्, क्रमशः ‘भोका’हरू ‘तृप्त’ भएर जान्छन्। प्रहरी डियुटीमै स्ट्यान्डबाइ देखिन्छन्। (more…)

परिवर्तन नेपाल, February 5, 2007 11:27 am

राजधानी साप्ताहिकद्वारा सहयोगीहरु सम्मानीत

कतारबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका राजधानी साप्ताहिकले आफ्नो प्रकाशनको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रबाट पत्रिकालाई सहयोग पुर्याउनुभएका महानुभावहरुको कदर गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
(more…)

परिवर्तन नेपाल, January 17, 2007 9:32 am

संयुक्त अरबर् इमिरेट्समा काम गर्न आउने नेपाली कामदारहरुले ध्यान राख्नुपर्ने केही महत्वपूण् कुराहरु:-

(1) भिजिट भिषामा तपाईंलाई ल्याउन खोज्ने दलालहरुसंग र्सतर्क रहनुहोस्। भिजिट भिषामा आउंदैमा काम पाउने ग्यारेन्टी हुंदैन। यहांको कानून अनुसार भिजिट भिषामा आएर तुरुन्तै काम गर्नु गैरकानूनी हो। त्यसरी गैरकानूनी काममा संलग्न हुने व्यक्तिको लागि राजदूतावासले कुनै प्रकारको मद्दत गर्न सक्दैन। त्यसैले काम पाउने प्रलोभनमा परि भिजिट भिषामा नआउनुहोस। काम गर्न आउंदा श्रम तथा रोजगार प्रवर्द्धन विभागको स्वीकृतिबाट आउनुपर्ने कुरा ध्यानमा राख्नुहोस्।

(2) नक्कली प्रमाणपत्र, नक्कली सहीछापको अवैध कारोवारमा संलग्न भएका अवाञ्छित व्यक्तिहरुसंग होशियार रहनुहोस्। कुनैपनि व्यक्तिले नक्कली प्रमाणपत्र पेश गरेमा वा राजद्ूतावास अथवा अन्य कुनै निकायको नक्कली छाप प्रयोग गरी कागजपत्र पेश गरेको थाहा हुनासाथ त्यस्ता व्यक्तिलाई यू.ए.इ. सरकार मार्फत तुरुन्तै यहांबाट निष्काशित गराइनेछ र पछि त्यस्ता व्यक्तिहरुले जीवनभर यहां प्रवेश गर्न पाउने छैनन। तर्सथ, आफ्नो प्रमाणपत्र वा कुनै कागजात प्रमाणित गराउनुपर्दा आफै आउने वा आफ्नो विश्वासयोग्य व्यक्तिलाई मात्र राजदूतावासमा सर्म्पर्क गर्न लगाउनुहोस्। तपाईको दृष्टिमा अथवा शंकामा यस्तो काम गर्ने कुनै दलाल छ भने राजदूतावासलाई तुरुन्त जानकारी दिनुहोस्।

(3) आफूले काम गर्ने कम्पनीसंग भएको काम गर्ने सम्झौताको एकप्रति तपाईंसंग हुन अनिवार्य हुन्छ। अन्यथा पछि कुनै विवाद श्रृजना भएको खण्डमा कानुनी कार्वाहीको निमित्त कठिनाई पर्न सक्दछ। तर्सथ, सम्झौता गरेपछि आफ्नो प्रति अनिवार्य रुपमा माग गर्नुहोस्।

(more…)

परिवर्तन नेपाल, November 8, 2006 7:54 am

एयर अरेबियाद्वारा काठमाडौं उडान सुरु

प्रायः सबै अन्तर्राष्ट्रिय सेक्टरमा हवाई टिकट अभाव भइरहेका बेला एयर अरेबियाले मंगलबारदेखि संयुक्त अरब इमिरेट्स -युएई) को सारजाहाबाट नेपालमा उडान सुरु गरेको छ । नेपालमा उडान गर्ने यो पहिलो सस्तो भाडा भएको -बजेट) एयरलाइन्स भएको छ ।
(more…)















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker