खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण (यात्रा स्मरण)
खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन ।
(more…)
खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन ।
(more…)
गत सुक्रवार अपि्रल ४ तारिक २००८का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे
src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
फोटोको लागि यहाँ क्लिक गर्नुहोस्
।
नेपालको लागि आकाशे पानी पर्नु भनेको नौलो कुरा होईन तर खाडी देशमा बर्षको १ पटक मात्र पानी पर्नाले नौलो लाग्छ अफिसबाट बाहिर आई पानी परेको दृश्य अवलोकन गर्न मन लाग्छ ।
(more…)
गत मई १६ २००७ का दिन अति मिलनसार साथी केहि दिनकोलागि विदेशमा आफ्नै कम्पनीको कामको लागि जानु भएको थियो । त्यहार् इमेलर् इन्टरनेटमा सर्म्पर्क हुन पनि नसक्ने र फोनबाट कुराकानी गर्दा पनि उता बाट धेरै पैसा काट्ने भएको हुनाले त्यति सर्म्पर्कमा आउन सकिएन । (more…)
आज धेरै समय भयो ब्लगमा समय दिन नसकेको अब भने निरन्तर दिने बिचार गरेको छु । समयले पनि त्यति साथ दिएन अहिले भने करिब आधा घण्टा समय यसको लागि छुट्ाउने बिचार गरेको छु । ब्लग चलाउनु आफैमा अति कठिनाई हो तर पनि निरन्तरता दिन नसक्दा अलि नमज्जा पनि लाग्दो रहेछ । यू.र्एर्.इमा हुने गरेका कार्यहरु त सामान्य अपडेट हुने गरेका छन् । यहाँ त कार्यक्रम पनि कति हुने हुन् बाफ रे बाफ । साउदी अरबमा एउटा कार्यक्रम गर्न जंगल अथवा मरुभूमिको बिचमा लुकेर गर्नु पर्ने तितो अनुभव छ । (more…)
सानै देखि राजेश हमालको फिलिम भन्ने बित्तिकै हर्ेन जानै कर लाग्दथ्यो । स्वदेशमा कलाकारहरुसँग भेट हुनु भनेको अति गाह्रो कुरा हो । तर विदेशमा नेपालबाट कार्यक्रम देखाउन आएका कलाकारहरुलाई भेट्न पाउँदा र मन परेका कलाकारहरुसँग सँगै बस्न पाउदा कस्तो पो होला ।
त्यस्तै मार्च १५ २००७ मा मलाई त्यो मौका मिल्यो । राजेश हमाल, उषा पौडेल, विमलराज क्षेत्री, प्रकाश ओझा, सविन र्राई, एडि्रन प्रधान, रेजिना उप्रेती, देवी र्घर्ती जस्ता ख्याति प्राप्त कलाकारहरुसँगै मनोरञ्जन लिन पाउँदा ज्यादै खुशी लाग्यो । राजेश हमालसँग केहि समय भलाकुसारी गर्दा फिलिमका दृश्यहरुको याद आयो ।
फिलिममा जस्तो सुकै देखिएता पनि वास्तविक जिवनमा राजेश हमाल अति सरल, जहाँ जो सँग पनि घुलमिल हुन सक्ने ब्यक्ति लाग्यो ।
कार्यक्रममा उषा पौडेल, रेजिना उप्रेती, नन्दिता केसी आदिका अति आकर्ष नाचले मलाई पनि नचाउन बाध्य बनायो । विमलराज क्षेत्रीको लोक भाकाको गितले त मन थाम्नै सकिन र उहाँकै तालमा लोक गित गाउन थालियो र तालमा ताल मिलाएर नाच्न पनि थालियो ।
प्रकाश ओझाको बोलाईले पनि पेट मिची मिची हसायो । ऐडि्रन प्रधान र सविन र्राईको गितले सबैलाई उफारेको थियो । राजेश हमालको भने र्डाईलग ले सबैलाई एक पटक शंकर फिलिमनै हर्ेन बसेको जस्तो भान पनि भएको थियो । कार्यक्रम हल प्रवासी नेपालीहरुले खचाखच भएको थियो । बस्ने स्थान नभएर दर्शकहरु उभिएर कार्यक्रम हेरिरहेका थिए ।
कहिले काहि त सोच्दै नसोचेको पनि हुदो रहेछ । फेब्रअरी २७, २००७ का दिन अफिसबाट कोठामा र्फकदै थिए । हामी बसेको भवनको नज्रि्रै पुग्दा मान्छेहरुको हुल देख्दा अचम्म लागिरहेको थियो । वरी परी हामी बसेको भवनलाई दमकल र सुरक्षा निकायले घर्ेदा एक पटक त छाँगाबाट खसेझै भयो । नजिकै पुगेर नियाल्दा भवनको तल्ल्ाो तलामा केहि घाइतेहरुलाई सामान्य उपचार गरिदै रहेछ । कोठामा हुनु भएका एक जना साथर्ीर् इस्वर जीलाई फोन गरे फोन त गयो तर उठेन डर लाग्यो । बुभ्दै जाँदा हामी बसेको तलाको पाचौ तलामा आगोलागि भएको रहेछ । केहि फिलिपिनोहरु र्घाईते पनि भएछन् । धन्न त्यो दिन ठुलो दर्ुघटना हुन पुगेन । अचम्म लाग्ने यहाँ यस्ता घटनाहरु भएको थाहा पाउने वित्तिकै ५ मिनेटमा दमकल र सुरक्षा निकायहरु आईपुग्ने । नेपाल तिर भएको भए त्यो भवन जलिसकेपछि मात्र दमकल र सुरक्षानिकायहरु आईपुग्थे । यसरी प्रवासमा त्यो दिन मेरो लागि अति दुखदायि भयो । नेपालीह्रु पनि करिब ३० जना जति उक्त भवनमा बस्दै आएका थियौ । सबैलाई फोन गरेर बताए उहाँहरुले पनि थाहा पाईसक्नु भएको रहेछ । केहि क्षण पछि आगो नियन्त्रणमा आईसकेपछि भित्र गयौ
हिमालको काख, पहाडको फेदी, नदिको किनारमा हुँकेका हामी प्रवासी नेपालीहरु मरुभूमिको बिचमा कतै अग्लो पहाड देखिएमा पनि अचम्म मान्दैनौ तर अनकन्टार मरुभूमी जहाँ यस्ता स्थान छन् भनेर कल्पना पनि गर्न नसकिने ठाउँमा पुग्दा भने अचम्मै लाग्दो रहेछ । जब देश छोडेर विदेश पलायन हुन्छौ त्यहाँ देखि हाम्रो प्रवसी यात्रा सुरु हुन्छ । अवस्य पनि प्रवासी यात्रा अति कष्टमय हुन्छ र अविस्मरणिय पनि । एक्लो यात्रा भन्दा पनि साथीभाइहरुसँगको यात्रा कहिल्यै भुल्न सकिदैन । अझै नयाँ साथीहरु र नयाँ ठाउँको यात्राको अनुभव बेग्लै खालको हुने गर्दछ । धेरै पटक प्रवासमा यात्रा गर्ने मौका पाएको थिए तर यस पटकको यात्राले मलाई मेरै गाउँघरको झझल्को मेर्टाई दियो । त्यो हरियाली पहाड, छम छम बग्ने झरना, ताजा फलफुल तरकारी, हरीयो फाँटमा गाई, बाख्रा चराउन जाँदाको अनुभव यस पटकको यात्राको समयमा पाए । लामो प्रवासको बर्साईपछि दुवई हप्ताको मात्र नेपाल बर्साई र फेरी प्रवासी यात्रामा निस्केर आउँदा मन त्यसै कुडिएको थियो तर यसपालीको यात्राले सबै विर्सादियो ।
फेव्रवरी २, २००७ शुक्रवारको दिन यू.एइको एक प्रान्त फुजेरामा दूतावास र फुजेरामा कार्यरत नेपालीहरुबिच अर्न्तकृया कार्यक्रम सम्पन्न भयो ।
दूतावासको तर्फाट आफ्नो भनाई राख्ने क्रममा का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठले फुजेरामा पहिलो पटक आएको बताउनु भयो । उपस्थित सबै नेपालीहरुलाई कुनै समस्याहरु भएमा सिधा दूतावासमा तथा म आफैलाई सर्म्पर्क गर्न आव्हान गर्दै, यू.ए.इका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपालीहरुलाई पार्सवर्ट नविकरण गर्नकोलागि अप्ठेरो परेको हुनाले अब देखि नेपाली समाजको मातहतमा नेपाली समाज क्षेत्रिय समितिको पहलमा पार्सवर्ट नविकरण गर्ने जानकारी पनि दिनु भयो ।
यू.ए.इको अबुधावी स्थित इमिरेट्स प्लाजामा नेपाली लोक दोहोरी साँझ नेपालीहरुकोलागि आजकल फाईट क्लवको रुपले चिनिन्छ । विदेशमा नेपाली लोक दोहोरी साँझ भन्ने नाम सुन्दा झट्ट नेपाली लोक दोहोरीको याद दिलाउछ तर यहाँ दोहोरीको नाममा विकृति छ । खास गरेर प्रत्येक हप्ताको विहिबार बेलुका नेपालीहरुको र्घुइचो हुने गर्दछ । अन्य गल्फ देशहरुमा भन्दा यहाँ केहि खुल्ला भएको कारण पनि नेपालीहरुको यस्तो अवस्था भएको हो । विषेश गरेर अबुधावी पुलीसमा कार्यरत नेपालीहरु बढि दोहोरी साँझमा झुलेको देखिन्छ । आजकल अन्य कम्पनीका नेपालीहरुको पनि भिड लाग्ने गरेको छ । लोक दोहोरी साँझको नेपालमा र विदेशमा पनि आफ्नै बिषेशता र स्थान छ तर यू.ए.इमा केवल नामको मात्र लोक दोहोरी साँझ छ । उक्त लोक दोहोरी साँझ न त कुनै नेपालीलेनै सञ्चालन गरेका छन् न त कुनै नेपाली लोक गायक गायिकाहरुनै छन् न त कहिल्यै लोक दोहोरीका गितहरुनै बज्दछन् । सधै एउटै गितमा केहि नेपाली युवतीहरु कम्मर मर्काउने मात्र गरी नेपालीहरुको पसिनाको कमाई शोषण गर्ने स्थान भएको छ । नेपालीहरुले महिनाभरी पसिनाको खोलो बगाएर कमाएको पैसा यहाँ एकैक्षणमा स्वाहा पारेका कैयौ घटनाहरु छन् । (more…)
केहि भिडियोहरु पनि छन् पछि अपडेट गर्ने छु ।
यू.र्एर्.इको बरदवईमा अवस्थित अस्टेरिया होटेल नेपालीहरुको कार्यक्रम गर्नकोलागि अति प्रख्यात मानिन्छ । यू.ए.इ आएको छोटो समयमा यहाँ धेरै कार्यक्रमहरु भए तर मेरो लागि भने तामाङ्ग समाजको ल्होछार कार्यक्रम पहिलो थियो ।
म दुवई देखि केहि टाढा भएको हुनाले पनि सबै कार्यक्रमहरुमा उपस्थित हुन असम्भव हुने गर्दथ्यो तर पनि यस पटक भने छुट्ट भएको कारण म उपस्थित भए । तामाङ्ग समाजका सभापति छत्र लामा जीले फोन गरेर निमन्त्रणा गर्नु भएको थियो । मेरो कर्तब्य निर्वाह गर्नकोलागि म जसरी भए पनि उपस्थित हुने थिए खवर नपाएको भए पनि । शुक्रवार २६, २००७ बिहान अबुधावीबाट म दुवई लागे ।

कार्यक्रम दिनको करिब ४ बजे देखि सुरु भएको थियो । कार्यक्रम हल केहि सानो भएतापनि जनमानस ठूलो थियो । पहिलो पटक हल भित्र प्रवेश गर्दा अनौठो लागिरहेको थियो । सुरुमानै लोक सुवेदीजीलाई भेटे खुशी लाग्यो उहाँसँग केहि भलाकुसारी गरी छत्र लामाजीलाई भेटेर सिधा हल भित्र छिरे हलमा म अलि नौलो लाग्दथ्यो अरुको लागि किनकी म पहिलो पटक तामाङ्गहरुको कार्यक्रममा सहभागि र यो हलमा पनि पहिलो थिए ।
फोटाहरुको लागि भित्र आउनुहोस् (more…)
यूएईको राजधानी अबुधावीबाट करिब २५/३० किमी टाढा अवस्थित लेबर क्याम्प अर्थात मुसाफाहा क्षेत्रमा हजारौ नेपाली ठगिएको खबर प्राप्त भएको छ ।
नेपालको स्काई म्यानपावर बाट यूएईमा अलफारा ग्रुप अफ कम्पनीज (AL- FARA’A GROUP O” COMPANIES) -फोन नम्वर -०३-७८२५८२५, ०२-६७६७८८०, ०४-८८०३३३) मा काम गर्न आएका करिब १ हजार नेपालीहरु दुवैतिर ठगिन पुगेको थाहा हुन आएको छ । नेपालमानै प्रतिव्यक्ति ६५ हजार देखि ८० हजारसम्म स्काई म्यानपावरमा बुझाएर आएका नेपालीहरु यहाँ एक बर्षसम्म प्रति महिना प्रति व्यत्ति २ सय दिराम अर्थात नेपाली ४ हजार -एक बर्षको ४८ हजार) कम्पनीले काट्ने गरेको पीडित नेपालीले बताए । ६ सय ( खानाको लागि आफ्नै बस्न कम्पनीको) भनेर आएका नेपालीहरु बर्ष दिनसम्म आएको ऋण तिर्नमानै ठिक्क हुने पुराना नेपालीहरुले गुनासो पोखे ।
प्रवासमा नेपाली कार्यक्रम भनेपछि मेरो मनै उडेर पहिलानै त्यो ठाउँमा पुग्छ । त्यस्तै जनवरी २० २००७ मा अबुधावीमा गुरुङ्ग तमूहरुले ल्होसार कार्यक्रम गर्ने भन्ने थाहा भयो कतैबाट जानकारी त पाएको थिईन मलाई कुनै रोकथाप त भएन सिधा कार्यक्रम हल भित्र छिर्ने मौका पाए । कुरा सुन्दै थिए कलाकारहरुले पनि टिकट लिएर जानु पर्ने अरे अनि केहि मात्रमा अतिथिहरुबाहेक सबैलाई टिकट अनिवार्य रे ।
सुन्दा अचम्म पनि लाग्यो प्रवासको ठाउँमा डिउटीको समयलाई मिलाएर आएका कलाकारहरुलाई पनि टिकटको ब्यवस्था गरिएको भन्दा तर पनि कलाकारहरु धेरै जसो उपस्थित थिए ।

कार्यक्रम ३ बजे देखि सुरु गरिने भन्ने हल्ला चलेता पनि लगभग साढे ४ बजे मात्र कार्यक्रम सञ्चालन भयो । अबुधावीको सुडानी कल्व भनेको नेपाली कार्यक्रम गर्नकोलागि अति प्रख्यात हल हो । लगभग ८ सय देखि एक हजार सम्म दर्शकहरुले कार्यक्रमलाई हर्ेन सक्दछन् । यो भन्दा पहिलाको किरात र्राईहरुले गरेको कार्यक्रममा लगभग ७ सय जति दर्शकहरुको उपस्थिति थियो तर अहिलेकोमा जम्मा २५० देखि ३०० जति मात्र दर्शकहरु थिए होला जसमा धेरै जसो गुरुङ्गहरुनै थिए र करिब ५० जना जति नेपालबाट सिधै आर्मीमा आएका नेपालीहरु थिए । प्रमुख अतिथिको आगमनसँगै कार्यक्रम सुरु भएको घोषणा गरियो । (more…)
मेरो अति मिल्ने साथी करिब १ बर्षपहिला देखिनै यू.र्एर्.इमा कार्यरत थियो । म भने नारायणघाटमा कम्यूनिकेशन चलाएर बसिराखेको थिए । विगत केहि बर्षयता देशको खलबलिदो परिस्थितिले मेरो ब्यवसाय धारासाहि बनेको थियो । दिन प्रति दिन जुलुस, बन्द बजार आदिले भनेजस्तो ब्यापार गर्न सकेको थिईन । कम्यूनिकेशन चलाउन मलाई मेरी सानीले साथ दिईरहेकी थिईन् । यसै बर्षमैले ब्याचलर पनि पास गरे । देशको अवस्था पनि यस्तो छ यसो साथीलाई बुEmन पर्र्यो यू.र्एर्.इमा केहि काम पाईन्छ कि भनेर मैले सन्तोषलाई फोन गरे । उसले सहजै भन्यो यार आईजा यू.र्एर्.इ.मा अहिले त भिजिट भिषामा आएर पनि कतिले राम्रो काम पाएका छन् । तिमीसँग त राम्रो कम्प्यूटरको दक्षता छ अनि पर्ढाई पनि । तिमीले त आउदाको भोलिपल्ट काम पाउछौ । आउछौ भने म भिजिट भिषा निकालिदिन्छु । ए त्यसो भने म आउछु नि त यहाँ अहिले त बेहाल छ ब्यापार पनि त्यति छैन ।
(more…)
दि अनुवल स्टाफ डि्रङ्क एण्ड डान्स पार्टि

www.fgould.com
नोभेम्वर २३, २००६ को बेलुका हामीले काम गर्ने कम्पनीले कम्पनीमा काम गर्ने सबै कामदारहरुलाई रात्री भोजको लागि निमन्त्रणा गरेको थियो । कम्पनीको तर्फाट दिईएको यो भोजमा मेरो पहिलो उपस्थिति थियो ।
हुनत म यो कम्पनीमा जम्मा ३ महिना मात्र भयो काम गर्न थालेको । शुक्रवार र शनिवार विदा हुने भएकोले बिहिवारको बेलुकाको समयलाई छानिएको थियो । म कम्पनीको हेड अफिसभन्दा केहि टाढा काम गर्दथे । दर्ुइ हप्ता पहिला देखिनै बालचन्द्र जीले खवर गरीनै रहनु भएको थियो । रात्रीभोजमा दुवैजना जानु पर्दछ है भनेर मैले सहमति जनाएको थिए जसरी पनि उपस्थित हुने भनेर । अफिस समय सकिएपछि म अबुधावीबाट दर्ुबई जाने साधनको खोजीमा रहे । मलाई थाहा थिएन रात्रीभोज कहाँनेर हुदैछ भनेर ।
प्रवासको लामो बर्साई पछि २०६३ साल सावण महिनामा नेपालमा र्फकने अवसर पाए । प्रचण्ड गर्मी, र तातो हावाको कुहिरीमण्डल भित्र बिताएको जिन्दगी एक्कासी शितल हावा, रिमझिम बषर्ा, सुन्दर बस्ती, हरीयाली वातावरणमा पुग्दा साच्चैनै र्स्वर्गको आभास भयो भित्र भित्र सोचे यस्तो देश छोडेर किन विदेशिएको हुला तर के गर्ने सबैका आ-आफ्नै कथा ब्यथाहारु छन् । ६ महिनाको कलिलो छोरी काखमा पनि नअटाउँने छोडेर प्रदेशिएको थिए मन भित्र डर लागि रहेको थियो छोरीले चिन्दा पनि चिन्दीनकी भनेर । साउदीअरब बाट घरमा जाँदा एक्कासी जिवनसँगिनीलाई खवर गर्दा पत्याउन पनि पत्याईनन् केहि महिना पछि आउछु भनेको थिए अपरझट नेपाल फर्किनु पर्ने भएकोले । साउदी अरबबाट नेपाल र्फकदा यहाँ सम्म कि निरोगी श्रीमतीलाई पनि अस्पतालको शैयामा अप्रेशनको लागि भर्ना गरेको छ आफु विना अप्रेशन हुदैन भनेर झुठा बहान बनाई फिलिममा गरिने नाटक भन्दा पनि बढी नाटक गरेर निस्केको त्यो क्षण कहिल्यै भुल्न सक्दिन । कस्तो ठाउँ ४२ महिना बस्दा पनि नेपाल र्फकनको लागि नानाथरीका नाटकहरु गर्नु पर्ने । (more…)
दिन भरीको कामको थकावटले जिउ सिथिल भएको थियो । अफिसबाट कोठामा आउदा झमक्क साझँ पर्न थालेको थियो । बेलुकाको समय आजकल त दिन पनि धेरै छोटा भएका रहेछन् । कोठाभित्र पस्न नपाउदै साथीहरुले फोन गर्नू भयो छिटो आउनुहोस् भनेर । नोभेम्वर २, २००६ अर्थात कार्तिक १६ २०६३ सालको बेलुका करिब ६ बजे छिटो छिटो बाहिर निस्के ओ हो बाहिरको बातावरण त कति छिटो परिवर्तन भएको बाटो वरपरका पहरेदारहरुले आँखा विस्तारै खुलाउदै थिए । सहर झिलीमीलीमा परिवर्तन हुदै थियो । बाटोमा सवारी साधनको अति चाप थियो । बल्ल बल्ल बाटो क्रस गरे ।
(more…)
करिब एक हप्ता भएको थियो साउदी अरबबाट एक अति घनिष्ठ मित्रको मेलहरु नआएको । डिउटी गएको बिहानै गजल र मुक्तकले भरिपर्ूण्ार् इमेल पढ्न पाउँदा ज्यादै आनन्द आउथ्यो । उहाँका गजलहरु साह्रै मिठा र गहकिला हुन्थे सबैले वाह वाह गर्दथे । उहाँबाट म बिछोडिएर यू.र्एर्.इमा आईपुगेको थिए र अन्तिम मेल बितेको हप्तामा पाएको थिए । (more…)
पहिलो पटक बिदेशिनु पर्दा मनमा अनगिन्ती कुराहरुले डेरा जमाएको थियो । त्यो दिन अझै सम्झना छ जुन दिनमा म पहिलो पटक साउदी अरबको खाडीमा पाहिला टेकेको थिए । प्रवासको ठाउँ अझै अरबीहरुको बिचमा घुलमेल हुन सक्दिन कि भन्ने डर थियो । जव म कम्पनीमा पुगे त्यहाँ त म जस्ता धेरै नेपाली दाजुभाइहरु हुनुहुदो रहेछ । बिस्तारै म उहाँहरुको बीचमा परिचित हुन पुगे । म साउदी अरब पुग्दाको पहिलो दिनमा तुल बहाुदर फलामी दाजुसँग परिचय भयो लामो समय देखि उहाँ कम्पनीमा कार्यरत हुनुहुदो रहेछ र नेपालमा घर पर्वतमा रहेछ । प्रवासमा पहिलो सत्कार उहाँबाट पाए । उहाँको पहिलो दिनको सत्कारलाई मैले कहिल्यै पनि भुल्न सक्दिन । केहि दिन पछि म साउदी अरबको जुवेलमा गए त्यहाँ पनि दाङ्गका केवल पुनसँग मित्रता गासे उहाँबाट पनि मैले धेरै कुराहरु सिके उहाँ अहिले नेपालमा हुनुहुन्छ प्रवासमा रहदाको मित्रताको नाता सधै अमर हुदो रहेछ उहाँका मार्गदर्शन उहाका विदेशमा बस्दा खेरीका अनुभवहरु मेरो मन मष्तिष्कमा सधै ताजा रहने छ ।
म भर्खरै नेपालबाट आएको एक हप्ता भएको थियो । दर्ुवई बाट अबुधवीमा कामको शिलशिलामा आएको थिए र अबुधवीमै बस्ने निधो गरेको थिए । कोठामा नेपाली दाजुभाइहरु हृुनुहुन्थ्यो एउटा सूचना मेरो हातमा पर्यो । यहि सेप्टेम्वर ७ गते नेपालबाट प्रख्यात कलाकारहरु झिकाएर नेपाली कार्यक्रम प्रस्तुत गर्ने । मलाई कहिले सेप्टेम्वर ७ आउला जस्तो भएको थियो । चिर परिचित कलाकारहरुसँग जम्काभेट गर्न मेरो ठुलो धोका थियो । मेरो यू.र्एर्.इमा यो पहिलो कार्यक्रम थियो ।
(more…)
लामो प्रवासी जिवनको बर्साईसंगै जुलाई २५, २००६ मा दमाम देखि मस्कट सम्म रातीको समयमा बादल माथीको यात्रा गरे । मस्कटबाट काठमाण्डौ सम्मको यात्रा अति लामो थियो । बिहानीको मिरमिरेमा बादलमाथीको यात्रा अति रमाइलो हुदो रहेछ । कतै कालो बादल त कतै सेतो कपास जस्तो बादल । सम्योगवस म प्लेनको Emयाल तिर परेको थिए । साथमा क्यामेरा पनि थियो । भित्रर् इलेक्टि्क सामान खोल्न मिल्दैन भन्ने सुचना दिदा दिदै पनि बाहिरी दृश्यहरु खिच्नलाई मेरो मन लोभियो । बाहिरका ति अति सुन्दर बादलबाट बनेका विभिन्न आकारका दृश्यहरु अति हर्ेन लायक थिए । जब हामी काठमाण्डौको नजिक पुग्यौ र बादललाई थिचलेर जमिन देखिन थाल्यो बाफ रे बाफ बाहिरको सिन अझै राम्रो जता हेरे पनि हरियाली । यहा मैले प्लेनबाट खिचेका केहि रमाइला फोटाहरु तपाइहरुसामु पस्केको छु । कृपया फोटाहरु हेरीसकेपछि केहि प्रतिकृया दिन नभुल्नुहोला ।
बैदेशिक रोजगारी अर्न्तर्गत साउदी अरबमा लगभग ४ बर्षपिजंडा भित्रको थुनाई पछि जुलाई २६, २००६ मा बिहानीको मिरमिरे उज्यालो सँगै नेपाल आमाको काखमा पाहिला राख्न सफल भए । परिवार र नेपाली आमाको काखबाट लामो समयको बिछोड र तड्पाईले मलाई ब्याकुल बनाएको थियो । जब म साउदी अरबबाट नेपाल प्रश्थान गरे मेरो मन भित्र पिजडाबाट उम्केको चरी झै ्रस्वतन्त्रता भएको महशुस गरे । साउदी अरबको मरुभूमिमा लामो समय सम्म बस्दाखेरी धेरै आत्मिय साथीहरुको साथ पाएको थिए । उहाँहरुलाई बाध्यतावस छोडेर स्वतन्त्र भइ नेपाल आमाको काखमा जाँदा धेरै दिन सम्म उहि साथीहरुको याद आइरहयो साच्चैनै विदेशमा बस्दा गासेको साथित्वको मायाँ अति गहिरो हुदो रहेछ । हामी नेपालीहरु विदेशमा पचहत्तर जिल्ल्ाा १४ अञ्चलका भएतापनि आप्ःनै दाजुभाइ सरहनै मिलीजुली बस्ने गर्दथ्यौ । साच्चैनै नेपाल आमाको धर्तिमा टेकीसकेपछि साउदी अरबमा भएका साथीहरुको याद झन गाढा हुन थाल्यो । लामो समय पछिको प्राकृतिक सौर्न्दर्य मेरा आँखा अगाडी घुमीरहेका थिए । रातभरीको बादलमाथीको यात्राको थकावटलाई वास्तानै नगरी जुलाई २६ तारिकका दिनमा काठमाण्डौका बिभिन्न रमणिय स्थानमा पुग्यौ । असार सावणको महिना भएको हुनाले पानी परिनै रहन्थ्यो । नभन्दै त्यो दिन पनि साउने झरी परेरै छाड्यो आहा कति रमाइलो बातावरण पानीका तरर तरर गरेर जमिनमा बज्रिएर निक्नेको गुञ्जनमय आवाजले नौलो सगितको उत्पादन गरेको जस्तो भान भयो । दुइ दिनको काठमाण्डौ बर्साई पछि म मेरो बासस्थान तनहु जिल्लाको बन्दिपुर तर्फलागे । साथमा मेरो परिवार पनि थिए ।
(more…)
Get free blog up and running in minutes with Blogsome | Theme designs available here