:: प्रवासी समचार
Custom Search

परिवर्तन नेपाल, November 2, 2009 6:02 pm

झुमे नेपालीहरु दुवईमा देउसी भैलो सांस्कृतिक कार्यक्रममा

नेपाली समाज यूएईले यही अक्टोवर २३ शुक्रवार २००९ का दिन दुवईको एभरेष्ट होटेलमा आयोजना गरेको देउसी भैलो सांस्कृतिक कार्यक्रममा दुवईमा कार्यरत नेपालीहरु दिलै खुलाएर रमाए । नेपाली दूतावास अबुधावी यूएईका द्धितिय सचिव लोक बहादुर पौडेल क्षेत्री तथा नेपाली समाजका उप सपाभति डा. असिफ अलि सिद्धिकिद्धारा सयूक्तरुपमा पानसमा मैन बत्ती बाली कार्यक्रमको उद्धघाटन गरिएको थियो । (more…)

परिवर्तन नेपाल, May 2, 2009 9:16 am

मे दिवसको अवसरमा यूएईमा एकल तथा सामूहीक लोक नृत्य प्रतियोगिता सम्पन्न

यहि मिति १ मे २००९ शक्रबार दुबईको एभरेष्ट ईन्टरनेश्नल होटलमा नयाँ बर्ष २०६६ तथा मे दिवसको अवसर पारेर चितवन मैत्री समाजले एकल तथा सामूहीक लोक नृत्य प्रतियोगिताको आयोजना गर् र्यो । प्रवासमा नेपाली कला सस्कृतिको विकास एवं जगेर्ना गर्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा यूगल तथा एकल गरी करिव ८ प्रतियोगीको सहभागी रहेको थियो भने अप्रतियोगी रुपमा गायन तथा नृत्य गरी ४ जनाको सहभागी रहेको थियो । (more…)

परिवर्तन नेपाल, January 2, 2009 10:16 am

नेपाली समाज यूएईको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

यही जनावरी १ तारिख २००९ का दिन नेपाली दूतावास यूएईको सभाकक्षमा आयोजना भएको एक भेलाले नेपाली समाज यूएईको नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गर्दै नयाँ कार्यसमितिले पुर्णता पाएको छ ।
नेपाली समाजका निवर्तमान अध्यक्ष रामेश्वर शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास यूएईका महामहिम राजदूत अजृ्रन बहादुर थापा हुनुहुन्थ्यो भने विषेश अतिथिमा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ तथा अतिथिहरुमा नेपाली दूतावासका प्रथम् सचिव प्रकाशमणि पौडेल यूएईमा स्थापना भएका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु बुद्धिजिवी समाजसेवी पत्रकार तथा नेपाली समाजका निवर्तमान तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । (more…)

परिवर्तन नेपाल, February 7, 2007 11:00 am

साच्चैनै नेपालको झझल्को मेटाउँदो रहेछ फुजेराले । -यात्रा स्मरण)

हिमालको काख, पहाडको फेदी, नदिको किनारमा हुँकेका हामी प्रवासी नेपालीहरु मरुभूमिको बिचमा कतै अग्लो पहाड देखिएमा पनि अचम्म मान्दैनौ तर अनकन्टार मरुभूमी जहाँ यस्ता स्थान छन् भनेर कल्पना पनि गर्न नसकिने ठाउँमा पुग्दा भने अचम्मै लाग्दो रहेछ । जब देश छोडेर विदेश पलायन हुन्छौ त्यहाँ देखि हाम्रो प्रवसी यात्रा सुरु हुन्छ । अवस्य पनि प्रवासी यात्रा अति कष्टमय हुन्छ र अविस्मरणिय पनि । एक्लो यात्रा भन्दा पनि साथीभाइहरुसँगको यात्रा कहिल्यै भुल्न सकिदैन । अझै नयाँ साथीहरु र नयाँ ठाउँको यात्राको अनुभव बेग्लै खालको हुने गर्दछ । धेरै पटक प्रवासमा यात्रा गर्ने मौका पाएको थिए तर यस पटकको यात्राले मलाई मेरै गाउँघरको झझल्को मेर्टाई दियो । त्यो हरियाली पहाड, छम छम बग्ने झरना, ताजा फलफुल तरकारी, हरीयो फाँटमा गाई, बाख्रा चराउन जाँदाको अनुभव यस पटकको यात्राको समयमा पाए । लामो प्रवासको बर्साईपछि दुवई हप्ताको मात्र नेपाल बर्साई र फेरी प्रवासी यात्रामा निस्केर आउँदा मन त्यसै कुडिएको थियो तर यसपालीको यात्राले सबै विर्सादियो ।


(more…)

परिवर्तन नेपाल, January 31, 2007 9:35 am

भाग्यमानी नेपाली

यू.र्एर्.इको अबुधावी एडनक -अबुधवी नेश्नल तेल कम्पनी)मा कार्यरत सुनसरी नेपालका डेक बहादुर कार्की अलफलाहा प्लाजा सपिङ्ग सेन्टरले आयोजना गरेको भाग्यमानी चिÝा -३१७८१५) को बिजेता हुन पुगेका छन् । जनवरी, ३०, २००७ को दिन नतिजा प्रकाशन गरेको उक्त भाग्यमानी चिÝमा नेपालीको तर्फाट उहाँको नाम परेको थियो । भने अन्य भाग्यमानीहरुमा अन्य देशका नागरिकहरु परेका थिए । उनले -हम्मर गाडी ) लगभग नेपाली २५ लाख रुपैया बराबरको चिÝा पारेका थिए । विगत ६ बर्षदेखि कार्यरत डेक बहादुर कार्की केहि समय पहिला भ्याकेशनमा नेपालमा जानुभएको छ । नेपाल र्फकने बेलामा ल है साथी हो हम्मर परेमा खवर गर्नु है भन्दै जानु भएका डेक बहादुर साच्चैनै हम्मर परेको खवर साथीहरुले फोन गरेर सुनाउदा एक पटक त पत्याउन पनि सक्नु भएन र यो खवरले उहाँ लगतै यू.र्एर्.इ र्फकदै हुनुहुन्छ ।

परिवर्तन नेपाल, January 28, 2007 8:22 am

यू.ए.इ मा तामाङ्गहरुको ल्होछार कार्यक्रममा मेरो पहिलो उपस्थिति

केहि भिडियोहरु पनि छन् पछि अपडेट गर्ने छु ।

यू.र्एर्.इको बरदवईमा अवस्थित अस्टेरिया होटेल नेपालीहरुको कार्यक्रम गर्नकोलागि अति प्रख्यात मानिन्छ । यू.ए.इ आएको छोटो समयमा यहाँ धेरै कार्यक्रमहरु भए तर मेरो लागि भने तामाङ्ग समाजको ल्होछार कार्यक्रम पहिलो थियो ।
म दुवई देखि केहि टाढा भएको हुनाले पनि सबै कार्यक्रमहरुमा उपस्थित हुन असम्भव हुने गर्दथ्यो तर पनि यस पटक भने छुट्ट भएको कारण म उपस्थित भए । तामाङ्ग समाजका सभापति छत्र लामा जीले फोन गरेर निमन्त्रणा गर्नु भएको थियो । मेरो कर्तब्य निर्वाह गर्नकोलागि म जसरी भए पनि उपस्थित हुने थिए खवर नपाएको भए पनि । शुक्रवार २६, २००७ बिहान अबुधावीबाट म दुवई लागे ।

कार्यक्रम दिनको करिब ४ बजे देखि सुरु भएको थियो । कार्यक्रम हल केहि सानो भएतापनि जनमानस ठूलो थियो । पहिलो पटक हल भित्र प्रवेश गर्दा अनौठो लागिरहेको थियो । सुरुमानै लोक सुवेदीजीलाई भेटे खुशी लाग्यो उहाँसँग केहि भलाकुसारी गरी छत्र लामाजीलाई भेटेर सिधा हल भित्र छिरे हलमा म अलि नौलो लाग्दथ्यो अरुको लागि किनकी म पहिलो पटक तामाङ्गहरुको कार्यक्रममा सहभागि र यो हलमा पनि पहिलो थिए ।

फोटाहरुको लागि भित्र आउनुहोस् (more…)

परिवर्तन नेपाल, January 24, 2007 6:16 am

एक हजार नेपालीहरु यूएईमा ठगिए

यूएईको राजधानी अबुधावीबाट करिब २५/३० किमी टाढा अवस्थित लेबर क्याम्प अर्थात मुसाफाहा क्षेत्रमा हजारौ नेपाली ठगिएको खबर प्राप्त भएको छ ।
नेपालको स्काई म्यानपावर बाट यूएईमा अलफारा ग्रुप अफ कम्पनीज (AL- FARA’A GROUP O” COMPANIES) -फोन नम्वर -०३-७८२५८२५, ०२-६७६७८८०, ०४-८८०३३३) मा काम गर्न आएका करिब १ हजार नेपालीहरु दुवैतिर ठगिन पुगेको थाहा हुन आएको छ । नेपालमानै प्रतिव्यक्ति ६५ हजार देखि ८० हजारसम्म स्काई म्यानपावरमा बुझाएर आएका नेपालीहरु यहाँ एक बर्षसम्म प्रति महिना प्रति व्यत्ति २ सय दिराम अर्थात नेपाली ४ हजार -एक बर्षको ४८ हजार) कम्पनीले काट्ने गरेको पीडित नेपालीले बताए । ६ सय ( खानाको लागि आफ्नै बस्न कम्पनीको) भनेर आएका नेपालीहरु बर्ष दिनसम्म आएको ऋण तिर्नमानै ठिक्क हुने पुराना नेपालीहरुले गुनासो पोखे ।

(more…)

परिवर्तन नेपाल, January 21, 2007 9:51 am

प्रत्यक्षदर्शीको बयानमा सद्दामको फाँसी

लन्डन, (एएफपी)। सद्दाम हुसेनलाई डिसेम्बर २० मा झुन्डयाउँदा त्यहाँ उपस्थित रहेका न्यायाधीश मुनिर हाददादले बीबीसीलाई दिएको एक अन्तरवार्तामा अन्तिम क्षणसम्म सद्दाम निर्भीक र निडर भएको बताए।
(more…)

परिवर्तन नेपाल, January 16, 2007 7:56 am

प्रवासी नेपालीहरुका लागि नेपाल ऐयरलाईन्सको हेलचेक्राई

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान सेवा नेपाल एयरलाईन्स यूएईका प्रवासी नेपालीहरुका लागि टाउको दुखाईको विषय भएको छ । यूएईमा कार्यरत नेपालीहरुले छोटो समयको बिदा पाउने हुँदा र यूएईबाट सिधा नेपालको उडान भएको हुँदा नेपालीहरु आफ्नै देशको ध्वजाबाहक विमानमा जान रुचाउछन तर एयरलाईन्सको लापरबाही हो या प्राविधिक गडबढी हो तोकिएको समयमा नेपालीहरु यूएईबाट नेपाल फर्कन पाइरहेका छैनन् ।
(more…)

परिवर्तन नेपाल, January 7, 2007 9:02 am

अनेसास यूएई च्याप्टरद्वारा देउराली पाक्षिक खबर पत्रिका प्रकाशन

जनवरी १, २००७ मा नेपाली समाज क्षेत्रीय समिति मुसाफाहाले आयोजना गरेको फुटबल कार्यक्रममा प्रमुख अतिथि यूएईका लागि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले देउराली खबर पत्रिकाको पहिलो नमूना अंक विमोचन गर्नुभयो ।

(more…)

परिवर्तन नेपाल, January 3, 2007 1:15 pm

प्रवाशको भूमिमा फूटवल खेल

फूटबल भन्दा साथ मेरो मन फूटबल जस्तै उप्रिmन थाल्छ । करिव १३ बर्षभयो फूटवल खेल खेल्न छोडेको । स्कुलमा पढ्दा साथीहरुले मलाई गोल रक्षक राख्दथे कैयौ गेममा हामीले प्रथम् स्थान पनि हासिल गरेका थियौ । साथीहरुले मलाई जहाँ गए पनि गोल रक्षकको लागिनै चुन्दथे र सफलता पनि हासिल गर्दथ्यौ । प्रवाशको भूमिमा पहिलो पटक फूटवल खेलको नजर गर्ने मौका पाएको थिए ।

यो मौका मलाई नेपाली समाज मुसाफाह क्षेत्रिय समितिले उपलब्ध गरायो । नयाँ बर्ष२००७ साल तथा मुस्लिमहरुको बकरिद इदको पावन अवसरमा आयोजना भएको यू.र्एर्.इ ब्यापी खुल्ला फूटबल प्रतियोगिता केहि कुराहरुको कमि कमजोरी भएतापनि अतिनै भब्यताका साथ सपल भयो । यू.र्एर्.इका सातवटार् इमिरेटसबाट खेलाडीहरु तथा दर्शकहरुको ओईरो लागेको थियो ।


(more…)

परिवर्तन नेपाल, December 20, 2006 5:51 am

ठुलो दुघटनाबाट जोगियौ

यू.ए.इ आएको आज ४ महिना पुरा भईसकेको थियो । सबै कुराको ब्यवस्था भए पनि कोठाबाट अफिसमा जाँदा यातायातको अति ठुलो समस्या थियो । हामी बसेको कोठाबाट अफिस लगभग २० कि.मी टाढा रहेको हुनाले र एकान्तमा भएकोले भाडाका ट्याक्सीहरु जान नमान्ने गईहाले पनि आते जातेको भाडा दिनु पर्ने त्यसैले एक जना अफिसमा काम गर्नेर् इण्डियन डर््राईभरसँग हामी आउने जाने गर्दथ्यौ । हामी एउटै देशका नभए पनि अति मिल्ने गर्दथ्यौ ।

डिसेम्वर २०, २००६ का दिन बिहान करिब ८१५ बजे यू.ए.इ.को अबुधावी र्एयपोर्ट रोडमा ५ जना अफिसको लागि आउदै थियौ । सबै आ-आफ्नै तालमा थियौ । म र एक जना र्राई भाइ सँगै बसेका थियौ । गाडी तेज गतिले गुड्दै थियो । अगाडी सिङ्गल देखउँदै थियो गाडीको ब्रेक घ्याच्च लाग्यो तर पछाडी यति ठुलो आवाज दियो कि हामी पनि एक पटक हृवात्त अगाडी आयौ । पछाडी फर्केर हर्ेदा त अर्को ट्याक्सीले हाम्रो गाडीलाई ठोकिसकेको रहेछ । डर पनि लाग्यो मुटुले ठाउँ छोड्यो तर त्यति ठुलो दर्ुघटना भएन सबै सकुशलनै रहयौ । सबै जना बाहिर निस्केर पुलीसको प्रतिक्षामा बस्यौ एकै क्षणमा पुलिस आयो । ट्याक्सीको अगाडी भाग सबै क्षत बिक्षत भएको थियो भने हामी चढेको गाडीको पछाडी भागमा केहि क्षति भएको थियो । घडीले त्यहि साढे आठ बजाईसकेको थियो । म र र्राई भाइ हतार हतार गर्दै अर्को ट्याक्सी चढेर अफिस आयौ । केहि क्षण पछि अन्य तिनजना पनि अफिसमा आईपुगे । हामी आज ठुलो दर्ुघटनाहुन बाट जोगियौ ।

हाम्रो गाडीलाई पछाडीबाट ठक्कर दिएको ट्याक्सी ।


दर्ुघटना भएको स्थान

परिवर्तन नेपाल, January 8, 2006 4:44 am

साउदी अरबमा काम गर्न आउने विश्वका कुनै पनि राष्ट्रका कामदारहरुले जान्नु पर्ने कुराहरु

विशेष गरेर साउदी अरबमा तेल ग्यास प्लान्टहरुमा काम गर्दा सेफ्टिको बारेमा ज्ञान लिनु अति महत्वपर्ुण्ा हुन्छ । सेफ्टि बिना काम गर्न दिईदैन । प्लान्ट एरियामा काम गर्दा अनिवार्य टाउकोमा हेलिम्याट, सेफ्टि जुत्ता, चस्मा र एक प्रकारको कपडा जसलाई कभरल भन्छ तल देखी माथी सम्म लगाई काममा जानु पर्ने हुन्छ । प्लान्ट एरियामा अनुमति बिना कुनै सवारी साधनहरु लान दिईदैन । एउटा निश्चित एरियामा बाहेक जहाँ पायो त्यहि धुम्रपान गर्न मनाहि छ । प्लान्ट एरिया तथा साउदी आरामको अफिसहरु भित्र क्यामरा लान सक्त मनाहि छ । विशेष गरेर नयाँ कामदाहरुले सेफ्टिको बारेमा जानकारी लिएर मात्र काममा जानु उचित हुन्छ । साउदी अरामको तेल ग्यास प्लान्टहरुमा विश्वका विभिन्न देशका नागरीकहरु विभिन्न ट्रेडमा कार्यरत छन् । ति प्लान्टहरुमा नेपालीहरु पनि कार्यरत छन् । नेपालीहरु प्राय सुपरभाईजर, फोरम्यान, पर्मिट रिसिभर , वेल्डर, स्काफोल्डर, पेन्टर, कार्पेन्टर, र लेवर पदमा कार्यरत रहेको पाईन्छ भने साउदी आरामको अफिसमा भनर्ेर् इन्जिनियर, सेक्रेटरी, कम्प्यूटर अपरेटर, अफिस ब्वाई, क्लिनर, आदिमा कार्यरत हुन्छन् । साउदी अरामको अफिसमा कार्यरत कामदारहरुलाई भन्दा प्लान्टमा कार्यरत कामदारहरुलाई सेफ्टिको बढि ज्ञान हाशिल गर्नु पर्ने हुन्छ ।















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker